मुख्य समाचार

पर्यटन व्यवसायीले मागे पहिलो चरणमा तत्काल पाँच हजार खोप

पाेखरा, १३ साउन । पोखराका पर्यटन व्यवसायीले पर्यटनसम्बद्ध मजदुर एवं व्यवसायीका लागि तत्काल पाँच हजार मात्रा खोपको माग गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई नेतृत्वको टोलीले गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’लाई भेट गरी थलिएको पर्यटनलाई चलायमान बनाउनका लागि तत्काल खोपको व्यवस्था गर्नुपर्ने माग गरेको हो । परिषद्का अध्यक्ष भट्टराईले हाल पहिलो चरणमा होटल तथा रेष्टुराँसहितका मजदुर एवं व्यवसायीलाई लक्षित गरी पाँच हजार कोरोनाविरुद्धको खोप आवश्यक भएको बताए । पोखरामा पर्यटन व्यवसायीका लागि भने २० हजार मात्रा… पुरा पढौ

राष्ट्रपति भण्डारीले युद्ध सङ्ग्रहालयको उद्घाटन गर्ने

सिन्धुली, १३ साउन । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माणकार्य सम्पन्न भएको छ । युद्ध सङ्ग्राहलयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तयारी गरिएकाे छ । नेपाली सेनाले करिब रु सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएको छ । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन÷सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । भवनको डिजाइनर आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फ्रास्ट्रक्चर प्रालि धुलिखेलले गरेको छ । सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्रहरु,… पुरा पढौ

जीवन विकास लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, कारोबार आजबाट शुरू

काठमाडौं, १४ साउन । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएपछि बिहिबारबाट काराेबार शुरू हुँदैछ । संस्थाको ६० लाख ८४ हजार १०० कित्ता सर्वसाधारण शेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको हो । संस्थाले शुरुको कारोबारका लागि प्रतिशेयर मूल्य न्युनतम ३०५ रुपैयाँ २७ पैसा र अधिकतम ९१५ रुपैयाँ ८१ पैसाको रेञ्ज पाएको छ । दोश्रो बजारको कारोबारको लागि कम्पनीले जेबिएलबि (JBLB) संकेत पाएको छ । शेयर सूचीकृत भईसकेकोले बिहबार साउन १४ गतेदेखि कम्पनीको शेयर कारोबार… पुरा पढौ

गण्डकीमा गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा शेचरन सिफारिस

काठमाडौं, १२ साउन । सरकारले पृथ्वीबहादुर गुरुङलाई गण्डकी प्रदेश प्रमुखमा सिफारिस गरेको छ । यस्तै लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गरेको छ । आज वालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी र लुम्बिनी प्रदेश प्रमुखको पदका लागि राष्टपति विद्या भण्डारी समक्ष सिफारिस गरेको हो । गुरुङको नियुक्तिसंगै गण्डकीमा सीता पौडेल र शेरचनको नियुक्तिसंगै लुम्बिनी प्रदेशमा धर्मनाथप्रसाद साह पदमुक्त हुँदैछन् । यसअघि शेरचन नेकपाको सरकार हुँदा गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्वमा हुँदा उनलाई… पुरा पढौ

देशले हठी सरकारबाट मुक्ती पायाे : डा.डिला संग्राैला

काठमाडाैं, १२ साउन । नेपाली कांग्रेसका सांसद डा.डिला संग्रौलाले देशले अक्रमणीय र हठी सरकारबाट मुक्ती पाएको बताएकि छन् । प्रतिनिधि सभाकाे आजकाे बैठकमा बाेल्दै संग्राैलाले १६५ जना सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति विश्वास जनाएकाे बताईन । जनताले यो सरकारबाट ठूलो अपेक्षा गरेका छन् । अब प्रधानमन्त्री देउवाले नेतृत्व गरेको सरकारले जनअपेक्षा पूरा गर्न कुनै कसर बाँकी राख्नु हुँदैन । डा.संग्राैलाले भर्खरै सत्ताबाट बाहिरएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले (ओली निकट) ले देउवा सरकार जनताको जनादेश हैन्, सर्वोच्चको परमादेश हो भनेर दिग्भ्रमित… पुरा पढौ

नेप्से पुग्यो अहिलेसम्मकै उच्च ३०७९.६७ विन्दुमा, १५ अर्ब बढीको कारोबार

काठमाडौं, १२ साउन । साताको तेश्रो दिन मंगलबार शेयर बजारले नयाँ उचाई कायम गरेको छ । यो नेप्सेले कायम गरेको अहिलेसम्मकै उच्च रेकर्ड हो । यसअघि नेप्सेको रेकर्ड ३०५८.६३ विन्दु कायम भएकाे थियो । नेप्से ३०७९.६७ विन्दुमा पुगेपछि लगानीकर्ताहरु निकै उत्साहि भएका छन् । उत्पादन र हाइड्रोपावरमा बढी आकर्षण देखिएको छ भने कारोबार रकममा पनि बढोत्तरी देखिएको छ । मंगलबारको कारोबार नयाँ आर्थिक वर्ष शुरु भएपछिको सबैभन्दा धेरै काराेबार हो । नेप्से परिसूचक २९.२४ अंकले बढेर अहिलेसम्मकै उच्च ३०७९.६७ विन्दुमा… पुरा पढौ

पाडाजुगी-उर्लाबारी प्रसारण लाइन निर्माणमा अवरोध

काठमाडौं, १२ साउन । झापाको पाडाजुगीबाट मोरङको उर्लाबारीसम्मको प्रसारण लाइन निर्माणमा स्थानीयवासीले अवरोध गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पाडाजुगी–उर्लाबारी ३३ केभी प्रसारण लाइन निर्माणमा आज अवरोध भएको छ । उर्लाबारी नगरपालिका–८ स्थित अठियाबारीका बासिन्दाले बत्ती बाल्नका लागि लाइन हुँदाहुँदै अर्को लाइन किन तानेको भन्दै निर्माणमा अवरोध गरेका हुन् । सो प्रसारण लाइनको लम्बाइ १६ किलोमिटर छ । आन्दोलनरत पक्षले लाइन नै तान्न नदिने अडान लिएका कारण त्यस क्षेत्रमा ३०० मिटर लाइन तान्न नसकिएको प्राधिकरणले जारी गरेको… पुरा पढौ

सातै प्रदेशका प्रदेश प्रमुख हटाउने सरकारको तयारी

काठमाडौं, १२ साउन । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने भएको छ । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ७ प्रदेश प्रमुख हटाएर गठबन्धनका तर्फबाट भागबण्डामा नियुक्त गर्ने सहमति शीर्ष नेताहरूबीच भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख पदमुक्त र नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार केहीलाई तत्कालै हटाउने तयारी छ । गठबन्धनका नेताहरूबीच सातमध्ये कांग्रेसले २, माओवादीले २, एमालेको माधव नेपाल पक्षले २ र जसपाले एकजना प्रदेश प्रमुख पाउने समझदारी बनेको छ । नेपालले नाम तत्कालै… पुरा पढौ

चितवनमा एक हजार सात सय कृषि उद्योग दर्ता

चितवन, १२ साउन । गत आर्थिक वर्षमा जिल्लामा एक हजार ७०२ कृषिजन्य उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा वर्ष भरमा दुई हजार ३९२ उद्योग दर्ता भएकामा सबैभन्दा बढी कृषिजन्य उद्योग दर्ता भएका हुन् । कार्यालयका लेखा अधिकृत नारायण लम्सालले कृषिक्षेत्रमा सरकार र वित्तीय संस्थाको समेत प्राथमिकताको क्षेत्र परेकाले कृषिजन्य उद्योगको सङ्ख्या अन्य क्षेत्रको भन्दा बढी भएको जानकारी दिए । पछिल्ला वर्षमा त्यस्ता उद्योग दर्ता हुने क्रम बढ्दो रहेको उनको भनाइ छ । त्यस्ता उद्योगमा अनुदान र… पुरा पढौ

दुई कानून संशोधन गर्न कानून समितिको निर्देशन

काठमाडौं, १२ साउन । संसद्को कानून, न्याय तथा मानवअधिकार समितिले मुलुकी अपराधसंहिता, २०७४ को गर्भ संरक्षण विरुद्धको कसुर परिच्छेद खारेज गर्न निर्देशन दिएको छ । समितिमा भएको छलफलका क्रममा सभापति कृष्णभक्त पोखरेलले संहिताको सो परिच्छेद सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को परिभाषा, परिच्छेद ४ र कसूर र सजाय परिच्छेदमा संशोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएका हुन । बैठकमा सांसद लक्ष्मणलाल कर्ण, शेरबहादुर तामाङ, मीनबहादुर विश्वकर्मा, स्वास्थ्य सचिव डा रोशन… पुरा पढौ