मुख्य समाचार

चितवन निकुञ्जमा भाले गैँडा मृत फेला

नवलपुर, ८ साउन । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको निकुञ्जको अनुमान छ । मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए। योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८÷७९ मा तीन वटा भाले गैँडाको मृत्यु भएको छ । पुरा पढौ

प्रदेश योजना आयोग सदस्यमा माया तिम्सिना नियुक्त

पोखरा, ७ साउन । गण्डकी प्रदेश नीति तथा योजना आयोग सदस्यमा माया तिम्सिना नियुक्त भएकी छन् । तिम्सिनाको नियुक्तिसँगै आयोगले पूर्णता पाएको छ । नवनियुक्त सदस्य तिम्सिनालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा आयोग उपाध्यक्ष डा. रघुराज काफ्लेले पद तथा गोपनीयताको सपथ गराए । उक्त अवसरमा मन्त्रीहरु कुमार खड्का, हरिशरण आचार्य, प्रदेश सभा सदस्य ओमकला मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, प्रमुख सचिव डा. दामोदर रेग्मी सहभागी थिए । सपथपछि मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धिका लागि अनुभव प्रयोग गर्न आग्रह गरे । संघ… पुरा पढौ

असारमा १६२ मानव अधिकार उल्लङ्घनका घटना : इन्सेक

काठमाडौं, ७ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असारमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका १६२ घटना भएको जनाएको छ । इन्सेकले असारको तथ्याङ्क आज सार्वजनिक गर्दै एक महिनामा १०८ महिला र ५४ पुरुष गरी १६२ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाबाट पीडित भएको जनाएको छ । इन्सेकका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ४६, प्रदेश २ मा ४४ जना, लुम्बिनी प्रदेशमा २१ जना, प्रदेश १ मा २० जना, गण्डकी १५, कर्णाली प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा चार जना… पुरा पढौ

नेप्से पुग्यो ३००० विन्दु माथि, ११ अर्ब ११ करोड माथिको कारोबार

काठमाडौं, ७ साउन । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । सबैभन्दा बढी म्युचुअल फण्ड उपसमूहतर्फ आकर्षण देखिएको छ । यो उपसमूहको ५.२७ प्रतिशतले मूल्य बढेको छ । यस्तै बैंकिङ उपसमूहको १.७२ प्रतिशतले बढेको छ । नेप्से परिसूचक १८.७५ अंकले बढेर ३००४.३१ विन्दुमा पुगेको छ । नेप्सेले ३००० को विन्दु पार गरेपछि लगानीकर्तामा उत्साह जागेको छ । नेप्से ०.६३ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ४.०६ अंकले बढेर ५६२.२४ विन्दुमा पुगेको छ । कुल २२२… पुरा पढौ

विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज खोप लगाइयो

बाल्टिमोर,मेरील्याण्ड, ७ साउन । विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ४७ करोड ९५ लाख २ हजार ८२९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४१ करोड ७८ लाख ५१ हजार १५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड ८० लाख २५ हजार ९५० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ८९ लाख… पुरा पढौ

यातायात व्यवसायी आन्दोलनमा, भाडा समायोजनको माग

काठमाडौं, ७ साउन । मध्यम र छोटो दूरीका सवारीसाधनमा भाडा समायोजन गरिनुपर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । चक्रपथका विभिन्न स्थानमा जम्मा भएर उनीहरुले सङ्घीय सरकारले लामो दूरीको सवारीसाधनमा भाडा समायोजन गरेकाले छोटो र मध्यम दूरीका सवारीसाधनमा पनि भाडा समायोजन गर्न माग गरेका हुन् । व्यवसायीहरुले सबै यातायात मजदूरलाई कोभिड विरुद्धको खोप लगाउर्ने पनि माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सङ्घीय सरकारले भाडा समायोजन गरेकै आधारमा प्रदेश र स्थानीय तहले पनि समायोजन गर्नुपर्नेमा… पुरा पढौ

चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः शुरु

चितवन, ७ साउन । चितवन मेडिकल कलेजले मुटुको शल्यक्रिया पुनः शुरु गरेको छ । विगत केही वर्षअघि मुटुको शल्यक्रिया शुरु गरेको कलेजले केही समय बन्द गरेको थियो । सेवा शुरु गरेसँगै कलेजले एउटा शल्यक्रियासमेत गरेको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेका अनुसार अब कलेजमा नियमित शल्यक्रिया हुनेछ । यस विभागको नेतृत्व प्रा डा अनिल आचार्यले गरेका छन् । दश वर्ष काठमाडौँको गङ्गालाल हृदयरोग केन्द्र र तीन वर्ष मेडिसिटी हस्पिटलमा काम गरिसकेका आचार्यको नेतृत्वमा यस कलेजमा सेवा… पुरा पढौ

नेपालमा बैंकिङ सिष्टम ह्याक प्रकरण

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ । बुधबार साँझ इमेल आए तापनि बिहीबार बिहानै सिष्टम ह्याक गरी रकम निकाल्ने म्यासेज आएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख एवं प्रवक्ता देवकुमार ढकालले जानकारी दिए। उनका अनुसार आफूलाई ह्याकर बताउने समूहले राष्ट्र बैंकसहित १५ वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज… पुरा पढौ

एनआईसी एशिया बैंक २४ वर्षमा प्रवेश, प्रण गर्यो अझैं पहिलो रोजाईको बैंक बन्ने

काठमाडौं, ७ साउन । एनआईसी एशिया बैंक साउन ७ गते, बिहिबारबाट २४ औं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्ना प्रिय ग्राहकप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनका लागि महत्वपूर्ण संकल्प गरेको जनाएको छ । २४ वर्ष अघि आजकै दिन सबैको पहिलो रोजाईको बैंक बन्ने संकल्पका साथ शुरु भएको अतुलनिय सहयात्राको फलस्वरुप आज देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशिल, विश्वसनिय र उत्तरदायी बैंक भएका छौं, बैंकले आफ्नो हार्दिक अभार तथा संकल्पमा उल्लेख गरेको छ । बैंकका नायब प्रमुख… पुरा पढौ

जनस्वास्थ्यको मापदण्ड पालना गरी मध्य तथा लामो दुरीका गाडी चलाऊः गृह

काठमाडौं, ७ साउन । गृह मन्त्रालयले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न परिपत्र गरेको छ। ७७ जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर गृहले मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न निर्देशन दिइएकाे गृहका शाखा अधिकृत रामबहादुर केसीले बताए। परिपत्रमा त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकोले देशका विभिन्न भागबाट परीक्षार्थीहरूको आवागमन समेतलाई ध्यानमा राखेर जनस्वास्थ्यका मादपण्डको पूर्ण पालना गरेर मध्यम र लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न निर्देशन दिइएको… पुरा पढौ