मुख्य समाचार

दुई देशबीच समझदारी गरेर रेल चलाउन सकिने

काठमाडाैं, ६ साउन । जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । हिजोआज नै रेल सञ्चालन गर्ने गरी तयारी गरिएकामा सरकार परिवर्तन भएकाले केही दिन लम्बिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए। उनका अनुसार आजभोलि नै भारत सरकारले हस्तान्तरण गर्ने गरी कार्यक्रम राखिएको थियो । अहिले मन्त्रालयस्तरमा सल्लाह गरेर केही कागजात आदानप्रदान र हस्तान्तरण… पुरा पढौ

एक हजार व्यापारिक फर्म कारवाहीमा,२ करोड ३९ लाख बढी राजश्व सङ्कलन

काठमाडाैं, ६ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आवमा एक हजारभन्दा बढी फर्म तथा कम्पनीलाई कारवाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७७/७८ मा गरेको बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलापमा संग्लन भएका एक हजार ३५ व्यापारिक फर्म, कम्पनी तथा उद्योग कारवाहीमा परेका हुन् । एक वर्षको अवधिमा विभागले दुई हजार ९४७ फर्मको अनुगमन गरेको थियो । तीमध्ये ६६ फर्म सामान्य अवस्थामा रहेका, एक हजार ५९७ फर्मलाई सामान्य सुधार, ३९७ फर्मलाई आवश्यक कागजात तथा स्पष्टीकरण सोधिएको… पुरा पढौ

मैलुङ खोलाकाे आईपीओ साउन १४ देखि

काठमाडौं, ६ साउन । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर निष्काशन गर्नेछ। निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। सर्वसाधारणले… पुरा पढौ

सुदृढ एकताले राष्ट्रिय भावनालाई अझ बलियो बनाउँछ : राष्ट्रपति

काठमाडौं, ६ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास लिएकि छन् । मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली मुसलमानमा सुख, शान्ति, समृद्धि तथा दीर्घायुका लागि शुभकामना व्यक्त गरेकि छन्र्दैर । आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवद्र्धनका… पुरा पढौ

राष्ट्रिय एकतामा चाडपर्वको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री पोखरेल

पोखरा, ६ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन् । मुस्लिम समुदायको पर्व बकर ईद (इदुल जोहा) को उपलक्ष्यमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले यो पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भातृत्व, प्रेम र एकताको भावना बढाइ समुन्नत, शान्त रसमृद्ध मुलुक बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् । बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक… पुरा पढौ

पहिलो वर्षको अनुभूति : समाचारमा सिधा कोण

सफल आवाज डटकम गौरवमय पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गर्दा यसरी सम्पादकीय कलम चलाउन पाउनुभन्दा बढी खुसी केले दिन सक्ला र ? अनलाइन न्यूज पोर्टलको बाढी आइरहेको बेला हामी पनि त्यही बाढीमा मिसिँदा वर्षभरको हाम्रो यात्रा कस्तो होला ? भन्ने विषयले सुरुका दिनमा हामीलाई निकै असहज बनायो । समाचार शीर्षक तोडमोड गरेर पाठकको क्लीक संकलन गर्न मरिमेट्ने कैयन अनलाइन पत्रिकाबीच प्रतिस्पर्धा गरेर हामीले आफूलाई निष्पक्ष, तथ्यपरक र हरेक समाचारको केन्द्रबिन्दुमा पुगेर हाम्रा पाठक वर्गलाई समाचार सुनिश्चित गरि सु–सूचित… पुरा पढौ

विप्लवको भेटवार्ता : वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?

काठमाडौं, ५ साउन । मिति २०७८ असार ३० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता । मिति २०७८ असार ३१ गते नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेट, लगत्तै नेपाल र प्रचण्डसँग संयुक्त भेटवार्ता भयाे । मिति २०७८ साउन १ गते जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईसँग भेटवार्ता भयाे। मिति २०७८ साउन २ गते आफ्ना राजनीतिक गुरु एवं नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यसँग भेटघाट भयाे । मिति २०७८ साउन ३ गते… पुरा पढौ

लगातार लयमा फर्किएको नेप्सेमा सामान्य करेक्सन, मंगलबार ९.०१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, ५ साउन । केहि दिनदेखि सकारात्मक लयमा देखिएको नेप्सेमा मंगलबार भने करेक्सन भएको छ । सूचकहरुकासाथै कारोबार रकममा पनि गिरावट आएको छ । आईतबार ९७ अंकभन्दा माथि रहेको थियो । सोमबार १३.९७ अंकले बृद्धि भएको थियो । दुबै दिनको अंकलाई हेर्दा दुई दिनमा १११ अंकको बृद्धि भएकाे थियो । तर यसको तुलनामा आज फेरि बजार केहि सुस्ताए पनि आउँदा दिनको सकारात्मक पखाईमा रहनु पर्ने भएको छ । शेयर बजारमा छिनछिनमा स्वरुप फेरिएको पनि देखियो । सचूकहरु तलमाथि भईरहेका थिए… पुरा पढौ

भारतमा थप ३० हजार नयाँ संक्रमित, ४१ करोडलाई खोप

काठमाडाै, ५ साउन । भारतमा कोरोनाभाइरसबाट नयाँ ३० हजार ९३ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । सोमबार भएको सङ्क्रमितको यो संख्या गएको १ सय २५ दिनमा सबभन्दा कम भएको बताइएको छ । भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या ३ करोड ११ लाख ७४ हजारभन्दा बढी पुगेको छ । भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ४ लाख ६ हजार १ सय ३० रहेको अधिकारीले जनाएका छन् । पछिल्लो १ दिनमा कोरोनाभाइरसका कारण… पुरा पढौ

प्रधानमन्त्री देउवा र नेताहरुसँग प्रचण्डको भेट

काठमाडौं, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका छन् । उनले सरकारलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन छलफल थालेका हुन् । त्यस क्रममा अध्यक्ष दाहालले सरकारको साझा न्यूनतम् कार्यक्रम बनाएर अगाडि बढ्ने विषयमा छलफल गरेका थिए। उनीहरुबीच गठबन्धनमा सहभागी दलको भावनाअनुसार साझा न्यूनतम कार्यक्रम बनाएर सरकारलाई गतिदिने विषयमा छलफल भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। देउवासँगको भेटअघि अध्यक्ष दाहालले नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार… पुरा पढौ