मुख्य समाचार

गण्डकी, लुम्बिनी र सुदुरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडाैं, ७ सउन । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । हाल देशभर सामान्य देखि पुर्ण बदली रहि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आगामी तीन दिनको मौसम पूर्वानुमान साउन ७ गते  दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साउन ८ गते  दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी तथा बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राती: देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  साउन ९ गते  दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  राती: देशभर सामान्यतया बदली रही थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  बागमती, गण्डकी,… पुरा पढौ

मुक्तिनाथकाे ऋणपत्रमा आजदेखि आवेदन

काठमाडौं, ७ साउन । मुक्तिनाथ विकास बैंक लिमिटेडको वार्षिक ८.७५ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने भएको छ। बैंकले आजदेखि ८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५ निष्काशन तथा बिक्री खुला गरेको हो। सो ऋणपत्रको अवधि ७ वर्ष रहनेछ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ७५ करोड रुपैयाँ बराबरको ७ लाख… पुरा पढौ

संक्रमण घटेसँगै आन्तरिक पर्यटक बढे

डोटी, ७ साउन । कोभिड–१९ को सङ्क्रमण दर घटेसँगै अहिले डोटी जिल्लामा आन्तरिक पर्यटक बढेका छन् । यहाँको खप्तडलगायत अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका हुन् । लामो समयसम्म कोरोना महामारीका कारण सुनसान रहेको यो क्षेत्रमा पर्यटक भित्रिन थालेपछि व्यापार व्यवसाय पनि बढ्दै गएको पाइएको छ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा नेपाली र भारतीय पर्यटक प्रतिदिन बढ्न थालेका छन् । खप्तड पर्यटन विकास क्षेत्रका अनुसार पछिल्ला हप्तामा कोरोनाका सङ्क्रमित घटेर निषेधाज्ञा खुकुलो भएसँगै खप्तड क्षेत्रमा पर्यटक भित्रिन… पुरा पढौ

महामारी प्रभावित उद्योग-व्यवसाय बचाउन राहत ‘प्याकेज’ ल्याउने प्रमको घोषणा

काठमाडौं, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण प्रभावित उद्योग–व्यवसायलाई बचाउन राहत ‘प्याकेज’ ल्याइने घोषणा गरेका छन् । नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले निजी क्षेत्रका सबै उद्यमी–व्यवसायी र सम्बन्धित क्षेत्रका विज्ञसँगको परामर्शमा महामारी प्रभावित उद्योगधन्दालाई उकास्ने प्याकेज ल्याउने सोचमा आफू रहेको बताए । सबै नागरिकका लागि कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउनु आफ्नो पहिलो प्रथमिकता भएको स्पष्ट गर्दै प्रधानमन्त्रीले आर्थिक विकास र लगानी प्रवद्र्धनलाई पनि उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जानकारी गराए… पुरा पढौ

पोखरा महानगरका मेयर जिसीको स्वास्थ्यमा सुधार हुँदै, भए आफन्तलाई चिन्न र बोल्न सक्ने

काठमाडौं, ६ साउन । पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीको स्वास्थ्यमा क्रमिक रुपले सुधार भईरहेको छ । काठमाडौं बाँसवारीस्थित न्युरो अस्पतालमा उपचार गराईरहेका जिसी उपचारको छैटौं दिन बुधबारबाट ह्वील चियरमा बस्न सक्ने भएका छन् । मेयर जिसी आफुलाई भेट्न आउने आफन्तलाई चिन्न सक्ने र बोल्न सक्ने भएका छन् । उनलाई पाईपबाट जाउलो दिईएको छ । अस्पतालका डा.सागर कोईरालाले मेयर जिसी अब मुखबाट जाउलो खाने अवस्थामा फर्किन लागेको बताएका कार्यबाहक उपमेयर मञ्जुदेवी गुरुङ र छोरी मञ्जु जिसीले बताएका छन् । छाति… पुरा पढौ

कामना सेवा विकास बैंकले माग्यो १ अर्बको ऋणपत्र बिक्रीका लागि सेबोनसंग अनुमति

काठमाडौं, ६ साउन । कामना सेवा विकास बैंकले १ अर्ब बराबरको डिबेन्चर (ऋणपत्र) निष्काशनकाे लागि अनुमति मागेकाे छ । बैंकले ‘९ प्रतिशत केएसबीबीएल डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्काशन तथा बिक्रीका लागि ल्याउन लागेकाे हाे । ऋणपत्र निष्काशनकाे लागि लागि बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा अनुमतिको लागि निवेदन दिइसकेकाे छ । बैंकका अनुसार प्रतिइकाई रुपैयाँ १००० मूल्य दरमा १० लाख इकाई ऋणपत्र बिक्री गरिने भएको छ । कुल इकाईबाट सर्वसाधारणका लागि ४ लाख इकाई रहेको छ भने बाँकी… पुरा पढौ

सत्तामा रहँदा र नरहँदा बिपीले मुलुक र जनतालाई केन्द्रबिन्दुमा राखे : पाेखरेल

पोखरा, ६ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिपी कोइरालाको गतिशील र कालजयी विचारले गर्दा अहिले पनि नेपाली कांग्रेस मुलुकको प्रजातान्त्रिक आन्दोलन, राष्ट्रियता, विकास र स्थायित्वको पर्यायवाची शक्तिको रुपमा रहेको बताएका छन् । बिपी कोइरालाको ३९ औं स्मृति दिवसका अवसरमा बुधबार श्रद्धाञ्जली वक्तव्य जारी गर्दै मुख्यमन्त्री पोखरेलले बिपीको बिचार र सिद्धान्त जगेर्ना हामी सबैको दायित्व भएको उल्लेख गरेका हुन् । उनले भनेका छन्, ‘नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, बहुआयामिक व्यक्तित्व नेपाली राजनीतिका केन्द्रबिन्दु प्रजातान्त्रिक विचार र आन्दोलनका नायक, नेपाली… पुरा पढौ

चामेको झोलुङ्गे पुल बगायो : आवतजावतमा सकस

मनाङ, ६ साउन । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलुङ्गे पुल बगाएको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएपछि चामे र मनाङको भक्तपुर तथा माथिल्लो मनाङसँगको आवतजावतमा सकस भएको छ । गत जेठ अन्तिममा परेको वर्षाले गर्दा मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले सडक सञ्जाल बगाएर विच्छेद भएको थियो । हिजो रातिदेखि परेको अवरिल वर्षाका कारण आज चामेको झोलुङ्गे पुल पनि बगाएपछि यात्रा झन सकस बनेको हो । माथिल्लो मनाङ जोड्ने… पुरा पढौ

चौथो वेभ आएको दक्षिण कोरियामा २४ घन्टामा देखिए अहिलेसम्मकै बढी सङ्क्रमित

सोल, ६ साउन । कोरोना भाइरस कोभिड १९ को चौथो वेभ देखिएको भनिएको दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँका अधिकारीहरुले मंगलबार यहाँ धेरैजना कोरोना भाइरसका संक्रमितहरु बढिरहेको बताएका समाचारमा जनाइएको छ । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड १९ का सङ्क्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् ।दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार पछिल्लो समयमा राजधानी सोल महानगरपालिका क्षेत्रमा नै धेरै सङ्क्रमितहरु पाइएको बताइएको छ ।… पुरा पढौ

एसइईको नतिजा नआउँदै भर्ना लिन थालेपछि रोक्यो महानगरले

चितवन, ६ साउन । माध्यमिक तह उत्तीर्ण परीक्षा (एसइई) को नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा विद्यार्थी भर्ना नगर्न सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आग्रह गरेको छ । महाशाखाले सूचना जारी गर्दै केही विद्यालयहरुले कक्षा ११ को भर्ना शुरु गरिसकेको अभिभावकको गुनासो आएकाले एसइईको नतिजा प्रकाशित नभएसम्म भर्ना नगर्न आग्रह गरेको हो । नतिजा नै प्रकाशित नभइ विद्यार्थी भर्ना गर्न नपाइने भए पनि केही विद्यालयले कक्षा ११ को भर्ना सञ्चालन गरेको भन्दै नगर शिक्षा समितिले… पुरा पढौ