मुख्य समाचार

जुम्लाको तिला गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित

खलङगा, ३१ असार । जुम्लाको तिला गाउँपालिकाले पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको छ । गाउँपालिकाको नौवटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । उनले भने, “तिला गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरुको अथक मेहनतले पालिकालाई पूर्ण खोप घोषणा गर्न सफल भएका छौँ । पालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । शिक्षा र स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसलाई निरन्तरताको खाँचो छ । गाउँपालिकाभित्रका बालबालिका खोपबाट वञ्चित हुने छैनन्… पुरा पढौ

राष्ट्रपतिद्वारा प्रज्ञालङ्कार र प्रज्ञा पुरस्कार वितरण

काठमाडाैं, ३१ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गरेकि छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुररस्कार समर्पण समारोहमा उनले नेपाल प्रज्ञालङ्कार, प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सव पुरस्कारद्वारा २१ प्रतिभालाई सम्मानित एवं पुरस्कृत गरेकि हुन् । राष्ट्रपतिले मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका प्राध्यापक वाङ हङ्वेईलाई कुलपति गङ्गाप्रसाद उप्रेतीमार्फत तीन हजार अमेरिकी डलर राशिसहितको नेपाल प्रज्ञालङ्कार पदवीबाट सम्मानित गरिन । अस्वस्थताका कारण समारोहमा अनुपस्थित वाङलाई नगद पुरस्कार उनले उपलब्ध गराएकाे बैंक… पुरा पढौ

ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति गच्छदारसंग रू १० लाख धरौटी माग

काठमाडौं, ३१ असार । विशेष अदालतले ललिता निवासको जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहनुभएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसँग रु १० लाख धरौटी माग गरेको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले थुनछेक बहसपछि उक्त धरौटी माग गर्ने आदेश गरेको हो । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार नेता गच्छदारलाई अदालतले उक्त विवादमा बयान लिएर थुनछेक बहसपछि रु १० लाख धरौटी माग गरेको थियो । उनले हिजै रु १० लाख बुझाए । बालुवाटारको… पुरा पढौ

बालकोटमा ओलीको स्वागत, माधव नेपाललाई पार्टीमा ठाउँ छैन : अध्यक्ष ओली

भक्तपुर, ३० असार । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अब एमालेमा कुनै ठाउँ नभएको बताएका छन् । आज सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेका अध्यक्ष ओलीले आफ्ना समर्थकलाई सम्बोधन गर्दै नेता नेपाललाई पार्टीमा अब कुनै ठाउँ नरहेको घोषणा गरे । ओलीले भने, “माधव नेपाललाई अब पार्टीमा कुनै ठाउँ छैन, उनका हकमा गल्ती कमजोरी स्वीकार गर्ने र आत्मालोचना गर्ने पनि ठाउँ छैन, नेपालका पछाडि लाग्ने अरु व्यक्तिले कमीकमजोरी महसुस गरेर… पुरा पढौ

राष्ट्रियस्तरका सार्वजनिक रुटहरुमा बढ्याे २८ प्रतिशतसम्म भाडा

काठमाडौं, ३० असार । सरकारले राष्ट्रियस्तरका सार्वजनिक रुटहरुमा चल्ने यातायातका साधनहरूमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको छ । २०७५ असोज ७ बाट बजारकाे अध्ययन गरेर नभई समग्रमा १० प्रतिशत भाडा बृद्धि गरी सवारी भाडा समायोजन गरिएको थियो । बिगत लामो समयदेखि बजार अध्ययन हुन नसकेको कारण बैज्ञानिक भाडादर लागू भएको थिएन । यातायात व्यवस्था विभागका अनुसार श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, संचालन खर्च, ह्रासकट्टी र संचालन मुनाफा लगायतका मुख्य सूचकहरुमा देखिएको मूल्य बृद्धिको आधारमा राष्ट्रियस्तरका सार्वजनिक यातायातका रुटमा चल्ने… पुरा पढौ

१.०१ अंकले बढ्यो नेप्से, कारोबारमा गोर्खाज फाइनान्स अगाडी

काठमाडौं, ३० असार । सरकार परिवर्तन भएको दिन मंगलबार हरियाली छाएको शेयर बजारमा नयाँ सरकारले काम थालनि गरेको दिनमै बुधबार शेयर बजारकाे ओरालो र उकालोको यात्रा मा परिवर्तन भईरह्यो । बजार बन्द हुँदाकाे समयमा भने नेप्से सकारात्मक लयमा देखिए पनि सेन्सेटिभ इण्डेक्समा सामान्य सुधार भयाे । नयाँ प्रधानमन्त्री शेर बहादुर देउवाको सरकार आएसंगै नेप्सेमा छाएको हरियालीले औपचारिक तथा अनापैचारिक रुपमा शेयर बजारले स्वागत गरेका कुराहरु आईरहँदा आजका सूचकहरु केहि घटेका र कारोबारमा खासै प्रगति हुन सकेन । नेप्से परिसूचक समान्य… पुरा पढौ

समृद्धि र विकासकाे कसीमा निवर्तमान प्रधानमन्त्री ओलीको कार्यकाल

काठमाडौं, ३० । समृद्ध नेपालको दीर्घकालीन सोचसहित सामाजिक न्याय, समृद्धि र विकासको यात्रा शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबारदेखि सरकारको नेतृत्वबाट बाहिरिए । कोभिड–१९ को महामारी रोकथामसँगै आर्थिक विकास, सङ्घीयताको कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण, हिंसात्मक राजनीतिमा रहेका समूहसँग वार्ता गरी मूल प्रवाहमा ल्याउने सहमति तथा राष्ट्रियताको थप सबलीकरणका क्षेत्रमा ओलीको कार्यकाल सम्झनलायक देखिन्छ । गत निर्वाचनमा वाम गठबन्धनको माध्यमबाट समृद्धि र स्थायित्वको तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको नाराका आधारमा सुविधाजनक बहुमत प्राप्त गरेर सरकारको नेतृत्वमा पुगे पनि… पुरा पढौ

कोभिड खोप किन्न ५ अर्ब बजेटको सहमति

काठमाडौं, ३० असार । अर्थ मन्त्रालयले कोभिड खोप किन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँ बजेट सहमति दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदभार ग्रहणका क्रममा ४ फाइल सदर गरेका छन् । एउटा फाइलमा खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई बजेट सहमति दिने थियो । यसबाहेक अर्थ मन्त्रालयले यसअघि खर्चको सहमति दिएका विभिन्न संघीय, प्रादेशिक, जिल्ला र स्थानीय तह स्तरका स्वास्थ्य संस्थालाई समेत अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको छ । मन्त्रालयका प्रवक्ता महेश आचार्यका अनुसार स्वास्थ्यबाट आईसीयू, एचडीयू तथा… पुरा पढौ

प्रुडेन्सियल इन्स्योरेन्सले संस्थापक र सर्वसाधारण शेयर स्वामित्व परिमार्जन गर्दै

काठमाडौं, ३० असार । प्रुडेन्सियल इन्स्योरेन्सले संस्थापक तथा सर्वसाधारणहरुको शेयर स्वामित्व परिमार्जन गर्ने बताएको छ । कम्पनीले आज सूचना जारी गरेर शेयर स्वामित्व परिवर्तन गर्दाखेरि बाँकी हुने संस्थापक समूहतर्फको शेयर सर्वसाधारणमा परिणत हुने जानकारी दिएको छ । ६०ः४० प्रतिशत रहेको संस्थापक तथा सर्वसाधारणको शेयर स्वामित्वलाई परिमार्ज गर्दै कम्पनीले ५१ः४९ प्रतिशत कायम गर्ने भएको हो । शेयर परिमार्जन भएपछि संस्थापक समूहको ५१ प्रतिशत हुने भएको छ । सर्वसाधारण समूहतर्फ ४९ प्रतिशत हुनेछ । कम्पनीको १९ औं साधारण सभामा संस्थापक तथा सर्वसाधारणको… पुरा पढौ

ओलीले छाडे बालुवाटार, माधव नेपालको चर्को बिरोध

काठमाडौं, ३० असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार छाडेर बालकोटस्थित निवास फर्किंदै गर्दा कार्यकर्ताले एमाले वरिष्ठ नेता माधव नेपालविरुद्ध चर्को नाराबाजी गरेका छन्। एमालेको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्थाको मुख्य जिम्मेवार नेता नेपाल रहेको भन्दै र्‍यालीका सहभागीहरूले माधव नेपालविरुद्ध चर्को नाराबाजी गरेका हुन् । एमाले कार्यकर्ताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध पनि नाराबाजी गरेका छन् । अविरल वर्षाका बावजुद एमाले भातृ संगठन युवा संघले बालुवाटारदेखि बालकोटसम्म मोटरसाइकल र्‍याली आयोजना गरेको छ । पुरा पढौ