मुख्य समाचार

चार देशमा उडान खुला,विदेशबाट आउने यात्रु १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडाैं, २० जेठ । सरकारले चार देशमा उडान खुला गरेकाे छ । याे समयमा विदेशबाट नेपाल आउने यात्रु तथा पर्यटकहरू अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नु पर्ने भएकाे छ । उनीहरूलाई लक्षित गर्दै सरकारले पर्यटन विभागमा दर्ता भएका ७८ वटा होटललाई क्यारेन्टिन होटलको रुपमा सूचिकरण गरेको छ । भारत लगायत तीन गन्तव्यको उडानबाट नेपाल आउने यात्रुका लागि ७८ वटा होटललाई क्वारेन्टिन होटल बनाइएको हाे । पर्यटन विभागले पर्यटकदेखि पाँचतारे स्तरसम्मका ७८ वटा होटलको नाम क्वारेन्टिन होटलको रुपमा सार्वजनिक गरेको हो ।… पुरा पढौ

विरोध भएपछि सरकारले भन्यो- चुरे संरक्षणमा प्रतिबद्ध छौं

काठमाडौं, २० जेठ। व्यापार घाटा कम गर्न भन्दै चुरे दोहनको कार्यक्रम बजेटमार्फत ल्याएकोमा चौतर्फी विरोध हुन थालेपछि सरकारले ध्यानाकर्षण भएको जनाएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेटको ११९ बुँदामा ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ। निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुल छुट दिने व्यवस्था गरिएको छ’ भनिएको छ। यहि बुँदामा चौतर्फी विरोध भएपछि अर्थ मन्त्रालयले ध्यानाकर्षण भएको भन्दै सम्बन्धित निकायसँग छलफल… पुरा पढौ

नासाले शुक्रग्रहबारे अध्ययन गर्ने

अमेरिकी अन्तरिक्ष निकाय नासाले शुक्रग्रहबारे अध्ययन गर्ने भएको छ । शुक्रग्रहको वातावरण र भौगोलिक अवस्थाबारे नासाले अध्ययन गर्ने भएको हो । त्यसको लागि दुई वटा अभियान सुरु गर्न लागेको नासाले जनाएको छ । पाँच सय मिलियन डलरको सहयोगमा सन् २०२८ देखि २०३० सम्म अध्ययन हुनेछ । नासाका प्रशासक बिल नेल्सनले यो अध्ययनले ३० वर्षपछि पहिलो पटक शुक्रग्रहको अनुसन्धान गर्ने मौका मिल्ने बताए । यसअघि सन् १९९० तिर अध्ययन भएको थियो । शुक्रग्रह सूर्यभन्दा दोस्रो तातो ग्रह हो । यसको सतही… पुरा पढौ

स्वास्थ्य संस्थामा बिरामी नआएपछि घरघरमै उपचार शुरु

जाजरकोट, २० जेठ । स्वास्थ्य संस्थामा उपचार गर्न सर्वसाधारणले आनाकानी गरेपछि जाजरकोट र डोल्पाका केही स्थानीय तहले घरघरमा गएर उपचार शुरु गरेका छन् । बारेकोट गाउँपालिकाले कोरोना सङ्क्रमित खोज्न र कोरोनाबाट बच्न सचेतना जगाउँदै स्वास्थ्यकर्मीको टोलीसहित घरदैलोमा हिँडेको बताएको छ । सबै वडाका टोलटोलमा सङ्क्रमित खोज्न जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए । पालिकाको वडा नम्बर १, ६, ७, ८ र ९ का घरघरमा पुगेर उपचार भइसकेको र अन्य वडामा घरदैलो जारी रहेको छ ।… पुरा पढौ

विश्वकप छनाेट : आज नेपाल र ताइपेई खेल्दै

काठमाडौं, २० जेठ । विश्वकपको एसियाली छनौट अन्तर्गत नेपालले आज (बिहीबार) चाइनिज ताइपेईसँग खेल्दै छ। सन् २०२२ मा कतारमा हुने विश्वकपको एसियाली छनौट अन्तर्गत नेपालले आज चाइनिज ताईपेइसँग खेल्न लागेको हो। खेल कुवेतको जाबेर अल अहमेद स्टेडियममा नेपाली समय अनुसार राति पौने १० बजे शुरु हुनेछ। नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ। तर बाँकी खेलमा जित निकाले एसिया छनोटको तेस्रो चरणमा भने नेपालले स्थान बनाउने छ। समूह ‘बी’मा रहेको नेपाल ५ खेलबाट ३ अंक जोडेर चौथो स्थानमा… पुरा पढौ

यी हुन हड्ताल निषेध गरिएका २५ वस्तु तथा क्षेत्र

काठमाडौं, २० जेठ । सरकारले विभिन्न २५ वटा वस्तु तथा क्षेत्रलाई बन्द, हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्रका रुपमा राखेकोे छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै उक्त क्षेत्रको नाम सार्वजनिक गरेको हो । राजपत्रको सूचनामा समावेश गरिएका उक्त अत्यावश्यक क्षेत्रका सेवामा समावेश भएका कुनै पनि सेवामा हड्ताल गर्न निषेध गरिएको छ । हड्ताल भएको अवस्थामा कारबाही हुनेछ । राजपत्रमा सूचना प्रकाशन भएका २५ वटा सेवालाई सरकारले अत्यावश्यक सेवा सञ्चार ऐन, २०१४ को दफा ३ को उपदफा (१) को अधिकार… पुरा पढौ

बाँकेमा राजस्व सङ्कलनमा वृद्धि, १७ अर्ब ८० करोड सङ्कलन

बाँके, २० जेठ । बाँकेको नेपालगन्ज भन्सार कार्यालयमा राजस्व सङ्कलन गत वर्षको तुलनामा वृद्धि भई रु १७ अर्ब ८० करोड सङ्कलन भएको छ । नेपालगन्ज भन्सार कार्यालयका बाँकेका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीका अनुसार यस आर्थिक वर्षमा सरकारले रु १८ अर्ब लक्ष्य तोकेको थियो । गत आर्थिक वर्षमा रु १५ अर्ब १८ करोड सङ्कलन भएको थियो । नेपालको सबैभन्दा बढी राजस्व सङ्कलन हुने सिमा नाका नेपालगन्ज भन्सार कार्यालय बाँके हो । यसलाई मुलुकको आयात–निर्यातहरु नियन्त्रण गर्ने अन्तराष्ट्रिय ठूलो व्यापारिक केन्द… पुरा पढौ

कोभिड-१९ युनिफाइड अस्पताल (वीर अस्पताल) सञ्चालनमा

काठमाडौं, १९ जेठ । सरकारले–युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) सञ्चालनमा ल्याएको छ । अस्पतालमा अक्सिजन जडान गरी बिरामीको उपचार शुरु गरिएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले मङ्गलबारदेखि अस्पताल सञ्चालन गरिएको बताए । उनका अनुसार अहिले अस्पतालमा ५० जना सङ्क्रमितलाई भर्ना गरी उपचार गर्न थालिएको छ । “हामीले अहिले पूर्ण रुपमा सबै शय्यामा बिरामी राखेर उपचार गरेका छैनौ”, उनले भने, “पर्याप्त मात्रामा अक्सिजन जडान गरी अस्पताललाई पूर्ण रुपमा सञ्चालन गर्ने छौ ।” अस्पतालले केही दिनमा सय शय्या… पुरा पढौ

ज्योति लाईफले ल्यायाे स्मार्ट एप्समा थप सुबिधा

काठमाडौं, १९ जेठ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले बिमित तथा अभिकर्ताहरु सबैको लागि उपयोगी स्मार्ट एप्समा थप सुबिधा ल्याएकोे छ । आफ्ना सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीद्वारा प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाई थप प्रभावकारी तथा सहज सेवा पुर्याउने उद्देश्यले सबैको लागि उपयोगी स्मार्ट एप्समा थप सुबिधा ल्याएकोे कंपनीले जनाएको छ । एन्ड्रोइड तथा आइ.ओ.एस. दुबै मोबाईल प्रविधिमा उपलब्ध रहेको र नेपाली तथा अङ्ग्रेजी भाषामा समेत उपलब्ध भएकोले यो एप्स सबै खाले प्रयोगकर्ताहरुको लागि अत्यन्तै युजर फ्रेन्ड्ली रहेको कंपनीको दाबी छ… पुरा पढौ

शेयर बजारमा आयाे चमक, सूचक र खरिदबिक्री दुबैमा उत्साह

काठमाडौं, १९ जेठ । दुई दिनपछि पुनः शेयर बजारमा चमक देखिएको छ । साताको चौथो दिन बुधबार शेयर बजार दुई दिन ओरालो हिंडेपछि आज पुनः उत्साहको लयमा फर्किएको हो । नेप्से परिसूचककासाथ कारोबारमा पनि उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से पसिूचक ५५.७६ अंकले बृद्धि भएर २८२७.१२ विन्दुमा पुगेको छ । नेप्से २.०१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ७.८३ अंकले बृद्धि भएर ५०५.१५ विन्दुमा पुगेको छ । आज २१९ कम्पनीको शेयर कारोबार भएको छ । कुल २… पुरा पढौ