काठमाडौं, १८ जेठ । आइएमई ग्रुपद्वारा संचालित नाफारहित संस्था आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि नेपाल सरकारलाई करिब ३ करोड मूल्य बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले आज मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय हृदयेश त्रिपाठीलाई संयुक्त रुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका थिए । फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल, पोखरा, कास्की, लुम्बिनी प्रादेशिक…
पुरा पढौ