मुख्य समाचार

गण्डकी प्रदेश सभाको बजेट अधिवेशन शुरु

पाेखरा, १६ जेठ । गण्डकी प्रदेश सभाको आठौंँ अधिवेशन बजेट अधिवेशन आजदेखि शुरु भएको छ । अधिवेशनअन्तर्गत आजको पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका तर्फबाट सदस्यले समसामयिक राजनीति, केन्द्र सरकारले घोषणा गरेको बजेटलगायतमा आआफ्ना धारणा राखे । जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्तिका लागि भएका सबै किसिमका आन्दोलनका जगमा प्राप्त उपलब्धिलाई जोगाउनुपर्ने आवश्यकतामा जोड दिए । राष्ट्रिय जनमोर्चाका पियारी थापाले राजनीतिक विकृतिको महासंकटको भुमरीमा देश परेको बताइन । नेकपा -माओवादी केन्द्र_का हरिबहादुर चुमानले संघीय लोकतान्त्रिक… पुरा पढौ

बजेटमा लुम्बिनी प्रदेश : पूर्वाधार विकास र पर्यटनलाई प्राथमिकता

रुपन्देही, १६ जेठ। नेपाल सरकारले प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका पूर्वाधार विकास र पर्यटन प्रवर्धनलाई प्राथमिकता दिइएको छ । बजेटमा लुम्बिनीका राष्ट्रिय गौरवका योजनाहरु, लुम्बिनी विकास गुरुयोजना र अन्तराष्ट्रिय गौतमबुद्ध विमानस्थलका साथै अन्य महत्वपूर्ण आयोजना समावेश भएका छन् । लुम्बिनी प्रदेशको रुपन्देहीबाट प्रतिनिधिसभामा निर्वाचित अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रदेशमा भौतिक पूर्वाधार, पर्यटन, उद्योग, स्वास्थ्य, पूर्वाधार, खानेपानी, खेलकुदलगायतका क्षेत्र समेटेर बजेट विनियोजन गरेका छन । अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८-७९ का लागि शनिबार प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशमा बुद्ध जन्मस्थलको बृहत्तर विकासका… पुरा पढौ

बजेटबारे पोखराकाे निजी क्षेत्र के भन्छ ?

पोखरा, १६ जेठ । सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि शनिबार सार्वजनिक गरेको बजेटबारे पोखराको निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएको छ । बजेटले धेरै विषय समेटेको भए पनि कार्यान्वयनमा निजी क्षेत्र चुनौती देख्छ । प्रस्तुत छ, केही प्रतिनिधिमूलक धारणा: – बजेट प्रस्तुत गर्नुमात्र हैन, कार्यान्वयन ठूलो होआनन्दराज मुल्मीपूर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ कुनै पनि कुरा नछुटोस् भनी सबैलाई प्रिय बनाउने किसिमले सरकारले बजेट ल्याएको छ । ठूलो आकारको बजेट ल्याएर सरकारले आफ्नो एक्सेस देखाउन खोजेको पाइन्छ । यथार्थ धरातलमा… पुरा पढौ

निषेधाज्ञाबीच शेयर बजारमा आयाे चमक, कारोबार १७ अर्ब नाघ्याे

काठमाडौं, १६ जेठ । एकातिर मुलुकभर निषेधाज्ञा जारी छ । अर्काेतिर शेयर बजारमा चमक देखिने र नयाँ नयाँ रेकर्ड बन्ने क्रम निरन्तरता पाइरहेकाे छ । साताको पहिलो दिन आइतबार शेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ । नेप्से दोहोरो अंकले बृद्धि भएको छ भने कारोबार रकम १७ अर्ब माथि पुग्दै हालसम्मकै उच्च रेकर्ड बनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १२.५४ अंकले बृद्धि भएर २८२७.९३ विन्दुमा पुगेको छ । आज नेप्से ०.४५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ… पुरा पढौ

ग्राण्डीमा पिसिआर परिक्षण ल्याब सञ्चालनमा, ६ घण्टाभित्र रिपोर्ट पाइने

काठमाडौं, १६ जेठ । काठमाडौँको टोखामा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पिसिआर परीक्षण ल्याब सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै कोरोना परीक्षणका लागि ग्राण्डीले पिसिआर परीक्षण ल्याब सञ्चालनमा ल्याएको बताएकाे छ । अत्याधुनिक मेसिन जडान गरी पिसिआर परीक्षण ल्याब सञ्चालनमा ल्याएको अस्पतालका महाप्रबन्धक विकासमान सिंहले जानकारी दिए । यहा जडिट ‘धर्मफिसर क्वान्ट स्टुडियो फाइभ’ नामक मेसिनबाट एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न मिल्नेछ । उक्त मेसिन जडानका लागि ग्राण्डीले रु एक… पुरा पढौ

बजेटमा चितवनका निजी क्षेत्रको कस्ताे छ प्रतिक्रिया ?

चितवन, १६ जेठ । सरकारले आर्थिक वर्ष २०७८-७९ का लागि ल्याएको बजेटमा चितवनका निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन् । बजेटले सबै क्षेत्रलाई छोएको भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उनीहरूको टिप्पणी छ । उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेलले बजेटले सबै क्षेत्रलाई समेट्ने प्रयत्न गर्न खोजेको भन्दै स्रोत जुटाउन असम्भव हुने बताउछन । अहिलेको विषम परिस्थितिमा रु १० खर्ब २४ अर्ब राजश्व सङ्कलन गर्न सम्भावना देखिँदैन ।” साधारण खर्चका लागि समेत रु ४३ अर्बले नपुग्ने भन्दै पौडेलले अनुदानमा ठूलो अपेक्षा… पुरा पढौ

देश र जनतालाई असर गर्ने काम नगर्न सरकारलाई विपक्षीको चेतावनी

काठमाडौं, १६ जेठ । विपक्षी गठबन्धनले देश र जनतालाई दीर्घकालिन असर गर्ने काम नगर्न चेतावनी दिएको छ । आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभाको पुन:स्थापना र प्रतिनिधि सभाका १४९ सदस्यको हस्ताक्षरमा विकल्प प्रधानमन्त्रीका रुपमा विधिवत दाबी प्रस्तुत गरिसकेको भन्दै देश र जनतालाई दीर्घकालिन असर गर्ने काम नगर्न सरकरलाई चेतावनी दिएको हो । कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र… पुरा पढौ

विद्युतीय सामानमा प्रोत्साहन, पेय पदार्थमा कडाइ

काठमाडौं, १६ जेठ । सरकारले करदातालाई राहत र सहुलीयतलाई प्राथमिकतामा राखेर राजश्व नीति र करको दायरा निर्धारण गरेको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले शनिबार सरकारले मानव स्वास्थ्य र आर्थिक संकटबाट र्सिजित प्रतिकूल अवस्थामा करदातालाई राहत र सहुलीयतसहित राजश्व नीति र करको दायरा निर्धारण गरेका हुन्। सरकारले कोरोना महामारीबाट प्रभावित होटल, ट्राभल, ट्रेकिङ, यातायात, हवाइ सेवा, चलचित्र उद्योग र सञ्चार गृहको कर योग्य आयमा एक प्रतिशत मात्रै आयकर लाग्ने व्यवस्था गरेको छ। सरकारले अघिल्लो आर्थिक… पुरा पढौ

बजेटका १० प्राथमिकता : कुन क्षेत्रमा कति ? स्रोत के हो ?

काठमाडौं, १६ जेठ। सरकाले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत् बजेट ल्याएर सबैको मन जित्ने कोशिस गरेका छन्। बजेटप्रति सधै असन्तुष्ट रहने निजी क्षेत्रलेसमेत बजेट सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। प्रतिपक्षी दलले भने चुनावमा मतका लागि रकम वितरण गरिएको भन्दै बजेटप्रति असन्तुष्टी व्यक्त गरेका छन्। कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको आगामी आर्थिक वर्षको बजेट अघिल्लो आर्थिक वर्षको भन्दा करिब दुई खर्ब ठूलो हो। बजेटको आधार बढ्दा स्रोत जुटाउन कठिन हुने… पुरा पढौ

तीन अन्तर्राष्ट्रिय र अन्य विमानस्थलका लागि रु २० अर्ब ३१ करोड बजेट विनियोजन

काठमाडाैं, १६ जेठ । आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि सरकारले तीन अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न रु २० अर्ब ३१ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेकाे बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सौन्दर्यीकरण, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय र पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि करीब रु १९ अर्ब बजेट विनियोजन गरिएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न रु ८ अर्ब ५० करोड विनियोजन गरिएको छ । त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन, ट्याक्सी… पुरा पढौ