मुख्य समाचार

कुरा “कोरोना” को

अहिलेको सन्दर्भमा “कोरोना” तोतेबोली बोल्ने दाँत नै आइनसकेका बालकदेखि सबै दाँत झरिसकेका जेष्ठ नागरिकसम्मले पनि थाहा पाएको चर्चित शब्द भएको छ । २ बर्षअघिसम्म नामै नसुनेको यो बिनासकारी रोगबाट अहिले विश्वका लाखौं व्यक्तिले दुखद मृत्युबरण गरिसकेका छन । कत्तिले आफ्ना परिबार, साथीभाई गुमाए भने धैरै नागरिक यो रोगको शिकार भइरहेका छन्। कैयौं उपचारको क्रममा छन् । बाँकी जनता डराएर घरभित्र बस्न बाध्य छन् । कोरोनाले न धन हेर्छ, न उमेर । जात, लिङ्ग, देश, शक्ति,प्रतिष्ठा केही पनि हेर्दैन । जसले… पुरा पढौ

प्रभु सेलेक्ट फण्डमा लगानीकर्ताकाे उत्साहप्रद सहभागिता देखिएको छ

नेपाली पूँजीबजारमा सबैभन्दा ठूलो मर्चेन्ट बैंकिंङ र व्यवसाय विस्तारको क्षेत्रमा कार्य गर्ने अग्रणी संस्था हो, प्रभु क्यापिटल । संस्थाले हाल व्यवसाय विस्तारकै क्रममा एट टु एट सेवा, ग्राहक सेवा केन्द्र तथा डिपिमा अनलाइन प्रणालीको व्यवस्था गरी समग्र मर्चेन्ट बैंकिंङ क्षेत्रमै उदाहरणीय तथा ग्राहकहरुको लागि विश्वासिलो बन्न सफल भएको छ । यसैक्रममा प्रभु क्यापिटलले प्रभु म्युचुअल फण्ड अन्तरगत पहिलो योजना प्रभु सेलेक्ट फण्ड जेठ ५ गतेबाट निष्कासन गरेको छ । निष्कासन शुरु भएको पहिलो दिनमै प्रभु सेलेक्ट फण्डप्रति ग्राहकहरुको उत्साहप्रद सहभागिता… पुरा पढौ

लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का, अझै पटकपटक जाने क्रम जारी

लमजुङ, ६ जेठ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा यतिका सङ्ख्यामा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२… पुरा पढौ

उपनिर्वाचनको मतदान नतिजा आजै बेलुकासम्म आउने

काठमाडौं, ६ जेठ । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान बिहान ९ बजेदिख हुँदैछ । मतदान दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ । शान्तिसुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८… पुरा पढौ

एचडियु र अक्सिजनसहितको आइसोलेशन सञ्चालन

म्याग्दी, ६ जेठ । म्याग्दीको बेनी अस्पतालले कोरोना सङ्क्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडियु) र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेशन कक्ष शुरु गरेको छ । एचडियुलाई मिनी आइसीयु पनि भनिन्छ । बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको रु पाँच÷पाँच लाख सहयोगमा अस्पतालको निर्माणाधीन भवनको पाँच कोठामा आइसोलेशन सञ्चालन गरिएको हो । तीन कोठा बिरामी राख्न र दुई कोठा स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि तयार पारिएको छ । निर्माणाधीन भवनका कोठा रङरोगन, पार्टिसन, शौचालय निर्माण, पानी र विद्युत् जडान गरेर… पुरा पढौ

वाग्मती प्रदेश : राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आज मतदान

काठमाडौं, ६ जेठ । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता कायम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । मतदाताको निर्वाचनमण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुरुप… पुरा पढौ

स्पेनबाट स्वास्थ्य सामग्री लिएर विशेष विमान आज काठमाडौं आउँदै

काठमाडौं, ६ जेठ । भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर तथा व्यक्तिगत सुरक्षा उपकरणलगायत सामग्रीसहित स्पेनले पठाएको विशेष विमान आज काठमाडौं आउँदैछ । स्पेन सरकारका तर्फबाट ती सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्न त्यहाँका अन्तरराष्ट्रिय विकास सहयोग नियोग (एइसिआइडी)का निर्देशक माग्दे मार्टिन्ज सोलीमान सोही विमानमा नेपाल आउँदै छन् । यसैबीच स्पेनले नेपाललाई द्विपक्षीय तह, युरोपेली सङ्घमार्फत र अन्य माध्यमबाट सघाउने बताएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्पेनका बाह्य मामिला, युरोपेली सङ्घ तथा सहायतामन्त्री अरञ्चा गोञ्जालेज लायाबीच भएको टेलिफोन वार्तालापमा स्पेनले नेपाललाई निरन्तर सहयोग… पुरा पढौ

दुई कोरोना सङ्क्रमित मिर्गौला पीडितको डायलासिस

दमौली, ६ जेठ । तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा दुई कोरोना सङ्क्रमित मिर्गौला पीडितको डायलासिस गरिएको छ । व्यास र म्याग्देका दुई कोरोना सङ्क्रमित मिर्गौला पीडितको दोस्रो पटक डायलासिस गरिएको हो । दुवै मिर्गौला पीडितले विगतदेखि नै यहीँ डायलासिस गराउँदै आएका थिए । कोरोना सङ्क्रमित भएपछि व्यासका मिर्गौला पीडितले गत शुक्रबार र म्याग्देका मिर्गौला पीडितले आइतबार पहिलो पटक डायलासिस गराएका थिए । दुवैजनाको बुधबार राति दोस्रो पटक डायलासिस गरिएको मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए ।… पुरा पढौ

प्रमले विश्वासको मत लिनु नपर्ने, संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको बाटो खुला

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलाइ ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनको लागि बाटो खुलेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय समेत गरेको छ । सोको लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले उपधारा ४ बमोजिम एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्छ । विश्वासको मत… पुरा पढौ

निषेधाज्ञामा कर नबुझाएका व्यवशायीसँग जरिवाना नलिन सर्वोच्चकाे आदेश, व्यवशायीलाई राहत

काठमाडौँ, ५ जेठ । सर्वोच्च अदालतले निषेधाज्ञा लागू भएको समय अवधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेका व्यवशायीसँग जरिवाना नलिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञा खुलेपछि बाटाेको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सकिने व्यवस्था गर्न सरकारका नाममा आज आदेश जारी गरेको हो । आदेशमा बाटाको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न अर्थ मन्त्रालयलाई भनिएको छ । अधिवक्ता सिर्जना अधिकारीले सरकारको आन्तरिक राजश्व विभागको वेबसाइटमा कर विवरण… पुरा पढौ