मुख्य समाचार

राष्ट्रिय मेयर सम्मेलन, ६ बुँदे पोखरा घोषणापत्र जारी

पोखरा, २ वैशाख । पोखरामा स्थानीय तहका प्रमुखहरूको प्रथम राष्ट्रिय मेयर सम्मेलन भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा २ दिनसम्म भएको सम्मेलनले १६ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनपछिको अवधिका सिकाइ, समस्या र आगामी योजनाबारे छलफल गरी आगामी दिनमा के–कस्ता रणनीतिहरू अपनाउने भन्ने विषयमा घोषणापत्र जारी गरिएको पोखरा महानगर प्रमुख मानबहादुर जिसीले बताए । उनका अनुसार सम्मेलनबाट जारी घोषणापत्र देशका ७५३ वटै पालिकामा इमेलमार्फत पठाएर सुझाव सङ्कलन गरी वैशाख १० गते अन्तिम… पुरा पढौ

सातै प्रदेशमा ५० चार्जिङ स्टेशन : एडिबिले ३७ करोड ७९ लाख लगानी गर्दै

काठमाडौं, २ वैशाख । एशियाली विकास बैंकको ३७ करोड ७९ लाख रुपैयाँ लगानीमा देशका ७ वटै प्रदेशका ५० स्थानमा चार्जिङ स्टेशन निर्माण गर्न लागिएको छ । विद्युतीय सवारी साधनहरूमा चार्जिङका लागि चार्जिङ स्टेशन स्थापन गर्न विद्युत प्राधिकरणले चाईनिज कम्पनी वानव्याङ डिजिटल इनर्जीसंग ठेक्का सम्झौता गरेकाे छ । प्राधकिरणका अनुसार देशमा विद्युत उत्पादनको परिमाण बढ्न लागेको र सरकारले विद्युतीय सवारी साधन चलाउनका लागि प्रोत्साहन गरेकोले नेपाल विद्युत प्राधिकरणले चाईनिज कम्पनीसंग चार्जिङ स्टेशन निर्माणको लागि सम्झौता गरेको हो । चार्जिङ स्टेशन प्रदेश… पुरा पढौ

मुन्धुम ट्रेल अवलोकनमा पुगिन स्वीस राजदूत एलिजावेथ

खोटाङ, २ वैशाख । नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकन गर्न स्वीस राजदूत एलिजावेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका पुगेकी छन् । पूर्वका चार जिल्ला खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभाको रमणीयस्थलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माणको काम शुरु गरिएको मुन्धुम ट्रेल अवलोकन गर्न स्वीस राजदूत एलिजावेथसहितको टोली खोटाङको साकेला गाउँपालिका गएकाे हो । साकेला–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङलाई मुन्धुम ट्रेलको शुरु विन्दु (प्रवेशद्वार) मानिएकाले राजदूत एलिजावेथ खोटाङ पुगेकाे गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए । “स्वीस… पुरा पढौ

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले शुक्रबार विश्वासको मत लिने

कर्णाली, २ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । उनले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै नेपालको संविधानको धारा १८८ को (२) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरे । कर्णाली प्रदेशसभामा ठूलो दल नेकपा एमालेले नेकपा (माओवादी केन्द्र) नेतृत्वको प्रदेश सरकारलाई यसअघि दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिनुपर्ने बाध्यता आइपरेको हो । एमाले संसदीय दलको बैठकले यही चैत ५ गतेदेखि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता… पुरा पढौ

गोसाइँकुण्ड केबुलकारको प्रक्रिया अगाडि बढ्ने

रसुवा, २ वैशाख । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले बहुचर्चित धुञ्चे–गोसाइँकुण्ड केबुलकार निर्माणको प्रस्ताव छिट्टै निर्णयमा पुग्ने बताएका छन् । भगवान शङ्कर गोसाइँ बाबा विराजमान भएको मानिने पवित्र तीर्थको धार्मिक यात्रा सहज पार्न धुञ्चे–गोसाइँकुण्ड केबुलकार निर्माणका लागि वातावरण विज्ञले तयार पारेको कार्यविधि प्रतिवेदन स्वीकृतका लागि छिट्टै मन्त्रिपरिषद्मा लाने तयारी भएको जानकारी दिए । समुन्द्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा अवस्थित पौराणिक धार्मिक एवं पर्यटकीयस्थलमा जिन्दगीभर एकपटक भए पनि पुग्नैपर्ने मान्यताअनुरूप भक्तजनलाई यात्रामा सहज पार्न गोसाइँकुण्ड गाउँपालिकाले केबुलकार निर्माणको प्रस्ताव… पुरा पढौ

जात्रामय बन्यो भक्तपुर र थिमि, बिस्का जात्रामा हजारौँको भीड

भक्तपुर, १ वैशाख : नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न आज विभिन्न जिल्लाबाट सर्वसाधारणको भीड लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्का जात्रा बुधबार बिहानैदेखि शुरु भएको छ । जात्रा हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायतका बिभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ । जात्राको चौथो दिन चैत ३१ गते अर्थात् पुरानो वर्षको बिदाइको पूर्वसन्ध्यामा भक्तपुर नगरपालिका–५ योसिङ्खेलमा ५५ हात लामो लिङ्गो ठड्याउने परम्परा भए पनि यसवर्ष आज दिउँसोसम्म पनि लिङ्गो उठाउन सकेको छैन । हिजो साँझदेखि… पुरा पढौ

रुरु जलविद्युत परियोजनाको आइपीओ बाँडफाँड वैशाख ३ गते हुने

काठमाडौं, १ वैशाख । रुरु जलविद्युत परियोजनाको आइपीओ वैशाख ३ गते बाँडफाँड गर्न लागिएको छ । माग भन्दा ६१ गुणा बढी आवेदन परेकोले धेरैको हात खालि हुने भएको छ । शेयर बाँडफाँड गोला प्रथाबाट हुनेछ । आइपीओमा २ अर्ब ३३ करोड ७७ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । २ करोड ३३ लाख ७७ हजार २२० कित्ता शेयरका लागि १६ लाख ६९ हजार ५६६ जनाले आवेदन दिएका थिए । जो कम्पनीले माग गरेको भन्दा ६१.६५ गुणा धेरै हो… पुरा पढौ

मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार धरापमा, राजमोकाे समर्थन फिर्ता

पोखरा, १ वैशाख । गण्डकी प्रदेश सरकारलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले दिँदै आएको समर्थन फिर्ता लिएको छ । पार्टी अध्यक्ष अध्यक्ष चित्रबहादुर केसीले बुधबार प्रेस वक्तव्य नै जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रेस वक्तव्य उल्लेख छ । जनमोर्चाले यसअघि प्रतिनिधिसभा विघटन गरेका केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको घोषणा गरे पनि गुरुङ… पुरा पढौ

जनतामा आशा जगाउने काम भएको छ: प्रम ओली

काठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतामा आशा जगाउने ढंगले काम गरिरहेको दाबी गरेका छन् । नयाँ वर्ष २०७८ को अवसरमा बुधवार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । उनले प्रतिकूलताका बावजुद विगत वर्षमा सरकारले जनताको विश्वास जितेको र नयाँ वर्षमा पनि केही उल्लेख्य काम गर्ने बताए । उनले निर्दिष्ट लक्ष र गन्तव्यका साथ काम गरिरहेको समेत बताए । ‘जनतामा आशा जगाउने काम गरेका छौं, जनतामा असन्तुष्टि भड्काउने प्रयास भएपनि सरकार त्यसबाट किँचित… पुरा पढौ

बढ्दै क्यूआर कोडमार्फत हुने कारोबार

काठमाडौं, १ वैशाख । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । गत महिनासम्म न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा रु ३४ करोड बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन २०७७ अनुसार गत माघको तुलनामा फागुनमा मात्र रु ३४ करोड ३० लाख बढीको कारोबार भएको छ । गत माघमा रु एक अर्ब ७१ करोड… पुरा पढौ