मुख्य समाचार

यस पटक सगरमाथा आरोहण गर्दै बहराइनी राजकुमार हमाद मोहम्मद

काठमाडौं, २१ फागुन । बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले सगरमाथा आरोहण गर्ने भएको छ । यस वर्षको वसन्तकालीन याममा सर्वाेच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली आगामी चैत २ गते नेपालमा विशेष विमानबाट आउने तयारी गरेको बहराइन, मनामास्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ । नेपालका लागि बहराइनका राजदूत पदम सुन्दाससँग बिहीबार उनकै कार्यकक्षमा सो आरोहण दलका केही सदस्यले भेट गर्दै उक्त जानकारी गराएका हुन्… पुरा पढौ

नेपाल शान्तिको नयाँ युगमा प्रवेश: प्रधानमन्त्री ओली

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहको विश्वासले आजको ऐतिहासिक दिन आएको बताएका छन् । सरकार–विप्लव समूहबीच शुक्रबार ऐतिहासिक सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले विप्लवले शान्तिपूर्व राजनीतिमा आएर ऐतिहासिक काम गरेको भन्दै प्रशंसा गरे । नेपाली जनताले चाहेको राष्ट्रियताको रक्षा, अखण्डता, स्वाधिनता, लोकतन्त्रको रक्षा, सुदृढिकरण, सामाजिक न्याय, समानता, शान्तिपूर्ण बाँच्न पाउने कुरा नेपाली जनताको चाहनालाई पूरा गर्न, साझा आकांक्षा समृद्ध नेपाल, सुखी नेपाली बनाउन लोकतान्कि प्रणाली चाहिने उनले बताए… पुरा पढौ

सहमतिभित्र देश बनाउने महान आकांक्षा छ: विप्लव

काठमाडौं, २१ फागुन । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले सहमति पार्टी र केही नेताहरुको सहमति मात्रै नभइ यसभित्र देश बनाउने महान आकांक्षा रहेको बताएका छन् । शुक्रबार सरकारसँग ऐतिहासिक सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै नेता चन्दले सो कुरा बताएका हुन् । उनले भने, समृद्ध जीवनको चाहना जोडिएको छ । आज सन्दर्भको दिन हो । एउटा अध्याँरो समयमा, परिवेशमा उज्यालो सपना देखेर झापाको सुखानीमा आफ्नो जीवनलाई गुमाएको दिनमा भएको समहति शहिदले देखेको सपना साकार पार्न, नयाँ भविष्यको लागि जोडिएको दिन… पुरा पढौ

सरकार-विप्लव पक्षबीच ऐतिहासिक सहमतिमा हस्ताक्षर

काठमाडौं, २१ फागुन । नेपाल सरकार र नेकपा विप्लव समूहबीच ऐतिहासिक सहमति भएको छ । शुक्रबार काठमाडौंमा दुवै पक्षबीच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो । दुवै पक्षको वार्ता टोलीका संयोजक रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । दुवैपक्ष बीच प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि चलाउने र सरकारका तर्फबाट पार्टीका नेताकार्यकर्ता रिहाइलगायत तीनबूँदे सहमति भएको थियो । सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव… पुरा पढौ

कोभिडविरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ देखि

काठमाडौं, २१ फागुन । सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको बताए । माघ र फागुनमा पहिलो मात्रा लगाएको आठ हप्ता पुगेपछि सबैलाई वैशाख ७… पुरा पढौ

मुख्यमन्त्री गुरुङद्वारा गण्डकी प्रदेशस्तरीय कोरोना खोप भण्डारगृह शिलान्यास

पाेखरा, २१ फागुन । पोखरामा कोभिड–१९ विरुद्धको खोप भण्डारगृह निर्माण हुने भएको छ । पोखरा महानगरपालिका–१२ रामघाटस्थित गण्डकी प्रदेश स्वास्थ्य तालीम केन्द्रको परिसरमा निर्माण हुने भण्डारगृहको आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरे । सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीको रु ७५ लाख तीन हजार ५७३ (भ्याट बाहेक) लागतमा खोप भण्डारगृह आगामी विसं २०७८ वैशाख १७ गतेभित्रमा निर्माण गरी सक्ने गरी यही फागुन १७ गते न्यू केपी कन्स्ट्रक्सन काठमाडौँसँग ठेक्का सम्झौता गरिएको प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काले जानकारी… पुरा पढौ

७ अर्ब दुई करोडमा हेटौंडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्याे

बागमती, २१ फागुन । सङ्घीय सरकारले बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको छ । सङ्घीय सरकारले करिब रु सात अर्ब दुई करोड ३४ लाखको अनुमानित लागतमा औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको हो । सरकारले हेटौँडा उपमहानगरपालिका वडा १३ र १४ मा पर्ने औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको छ । नयाँ औद्योगिक क्षेत्रको पूर्वमा मयुरधाप, पश्चिममा कालापानी, उत्तरमा रातोमाटे डाँडा र दक्षिण उत्तरपानी चुरे वन क्षेत्र पर्दछ । यो औद्योगिक क्षेत्र हेटौँडा बजारभन्दा… पुरा पढौ

सेती जलाशययुक्त आयोजनाले नौ सय घरधुरीमा असर पर्ने

डोटी, २१ फागुन । बोगटान फुड्सिल गाउँपालिकामा निर्माण गरिन लागेको जलाशययुक्त सेती आयोजनाले डोटी र अछामका गरी कम्तीमा पनि ८८४ घरधुरीमा असर पर्ने भएको छ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग सानोगौचरण काठमाडौँले जिल्लाको बोगटान फुड्सिलमा गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सो कुराको जानकारी दिइएको हो । कूल ३०८ मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको उक्त आयोजना पूर्णरूपमा सम्पन्न गर्नका लागि रु ९१ अर्ब लगानी लाग्ने भएको छ । आयोजनाबाट सबैभन्दा बढी डोटीकोे बोगटान फुड्सिलमा क्षति हुने… पुरा पढौ

ज्योति लाइफको आईपीओ आजबाट खुल्यो

काठमाडौं, २१ फागुन । आजदेखि ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्काशन हुने भएको छ । सर्वसाधारणका ज्योति लाइफ इन्स्योरेन्सले आजदेखि आईपीओ जारी गर्न लागेको हो । आज १० बजेदेखि लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । यस अघि आइतबारदेखि निष्काशन हुने भनिए पछि मंगलबार मिति परिवर्तन गर्दै शुक्रबारदेखि आईपीओ जारी हुने जानकारी गराइएको थियो ।। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको छ ।लगानीकर्ताले… पुरा पढौ

चैत ६ देखि २९ करोड बराबरको आईपीओ जारी गर्दै सिंगटी हाइड्रो

काठमाडौं, २१ फागुन । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ जारी गर्ने मिति तय भएको छ । कम्पनीको आईपीओ आगामी ६ चैतदेखि निष्काशन हुने भएको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताहरुले बाँकी २६ लाख ९७… पुरा पढौ