मुख्य समाचार

ओली पक्षले संसदीय दलको बैठक बोलायो, १७३ सांसदलाई नै सहभागी हुन सर्कुलर

काठमाडौं, २३ फागुन । नेकपा ओली समूहले संसदीय दलको अहिले बैठक बोलाएको छ । संसद बैठक सकिएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी संसदीय दलको बैठक बोलाइएको ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।  नेकपाभित्र दुई समूह रहेको बेला सर्वोच्चले पूर्ववत् अवस्थामै एमाले र माओवादी केन्द्र कायम रहनेगरी आइतबार फैसला गरेको छ । ओलीले भने  नेकपा पार्टीकै हैसियतमा सबै सांसदलाई दलको बैठकमा बोलाएका छन । सबै १७३ सांसदलाई नै बैठकमा सहभागी हुन खबर गरिएको बताइएकाे छ ।  पुरा पढौ

कांग्रेसले नाराबाजी गरेपछि १० मिनेटका लागी संसद स्थगित

काठमाडौं, २३ फागुन। नेपाली कांग्रेसका सांसदहरुले संसदमा नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले संसद १० मिनेटका लागि स्थगित गरेका छन् । कानुन मन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गरेपछि कांग्रेस सांसदहरुले रोस्टम घेराउ गरेर नाराबाजी गरेका थिए । पुरा पढौ

पुनःस्थापित प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं, २३ फागुन । पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आइतबार सुरु भएको छ । गत पुस ५ मा भंग भएको संसद सर्वोच्च अदालतले पुनस्र्थापना गर्ने फैसला गरेपछि बैठक संचालन भएको हो। संसद भवन नयाँ बानेश्वरमा सुरु भएको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएका छन् । बैठकमा सहभागी हुन ४ बजे पुगेका उनी सभामुखले समयमै सुरु नगरेपछि हिडेका हुन् । उनीनिकट सांसद सुवास नेम्वाङले पटक पटक खबर गर्दा पनि सभामुखले बैठक सुरू नगरेपछि प्रधानमन्त्री बाहिरिएको बताइएको छ । अध्यादेश नल्याउन… पुरा पढौ

हाइड्रो र होटल समूह बाहेक सबै राताम्मै, कारोबारमा निफ्रा सबैभन्दा अगाडी

काठमाडौं, २३ फागुन । आज शेयर बजार ओरालो लागेको छ । आज शेयर बजार दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्से परिसूचक आज २१.५८ अंकले घटेको छ । यसरी घटेको नेप्से २४८५.०९ विन्दुमा पुगेर रोकिएको छ । आज नेप्से ०.८६ प्रतिशतले घट्दा सेन्सेटिभ परिसूचक भने १.७८ अंकले घटेको छ । यसरी घटेको सेन्सेटिभ परिसूचक ४४९.६८ विन्दुमा गएर रोकिएको छ । नेप्सेका अनुसार आज जम्मा २११ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड १७ लाख ७८ हजार… पुरा पढौ

सर्वोच्चको फैसला ऋषि कट्टेलको पक्षमा

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो । निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा ३ जेठ २०७५ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखी निर्वाचन आयोगमा… पुरा पढौ

प्रम ओलीले लगाए कोभिशिल्ड, दोस्रो चरणको अभियान शुरु

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्यसँगै कोभिशिल्ड खोप लगाएका हुन् । उनले खोप लगाएसँगै मुलुकभर दोस्रो चरणको खोप अभियानसमेत शुरु भएको छ । उनीसँगै खोप लगाउन अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वाथ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट अस्पताल पुगेका थिए । प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिडविरुद्धको अभियान सफल पार्न सबैमा अनुरोध गरे । उनले खोप… पुरा पढौ

टोपी विनाको ‘नेपाली राष्ट्रिय परिचयपत्र’

घामपानीबाट बच्न र लाज ढाक्नका लागि कपडा लगाइन्छ । यस क्रममा पोसाक, नाम र संस्कार आ–आफ्नो होला । ढाँचा र बनावट फरक होला तर पनि शिर ढाक्ने काम संसारभरकै मानिसहरूले गर्छन्, पुरुष - महिला दुवैले । शिर वा टाउको ढाक्नु सुरक्षाका लागि पनि हो । त्यसैले, मौसम र आफ्नो रुचिअनुसार—भादगाउँले, ऊनी वा पाल्पाली ढाका जुन खालको लगाऊँ—टोपी नेपालीको पहिचान पनि हो । हिमाल, पहाड, तराई जहाँ रहे पनि वा हिन्दू, बौद्ध, क्रिश्चियन, मुस्लिम जे भए पनि टोपी पहिरिनुमा हामी गर्व… पुरा पढौ

मेलम्चीको ‘हेडवर्कस् ’ निर्माण अन्तिम चरणमा, चैत भित्रमा पानी प्रणालीमा पठाउने तयारी

काठमाडौ‌, २३ फागुन । मेलम्चीको पानी सुन्दरीजल आइपुग्दा पानी पथान्तरणका लागि बनाइएको ‘हेडवर्कस्’ को निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युतीकरणको र केही सामग्रीको जडान मात्रै बाँकी भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । हेडवर्कस् निर्माण सम्पन्न गर्ने अवधि गत डिसेम्बरमा सकिएको थियो । कोभिड–१९ का कारण गत आर्थिक वर्ष काममा बाधा पुगेको भन्दै सरकारले छ महिना अवधि थप गरेको थियो । थपिएको अवधि बाँकी हुँदैमा ‘हेडवर्कस्’ को निर्माण सकिएर सञ्चालनमा आउने आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार… पुरा पढौ

चिलिमे जलविद्युत् केन्द्रकाे विद्युत् उत्पादन बन्द

काठमाडाैं, २३ फागुन । चिलिमे विद्युत् केन्द्रमा केही उपकरण परिवर्तन गर्ने काम शुरू भएकाले उत्पादन बन्द भएको छ । २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन गर्न जडान भएका उपकरण पुरानो भएकाले नयाँ उपकरण परिवर्तन गर्नका लागि विद्युत् उत्पादन बन्द गरिएको हो । केन्द्रका प्रमुख मनिष विष्टका अनुसार प्रयोग भइरहेको उपकरण परिवर्तन गराउन द्रुतरूपमा काम अगाडि बढिरहेको र चार-पाँच दिनभित्र जडान सम्पन्न गरी पुनः यथावतरूपमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । विसं २०६० भदौ ८ गतेबाट उत्पादन शुरू भएको… पुरा पढौ

ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र चैत्र १ गतेबाट निष्काशन हुँदै

काठमाडौं, २३ फागुन । ग्लोबल आइएमई बैंकले चैत्र १ गतेबाट ऋणपत्र निष्काशन गर्न लागेको छ । बैंकले '८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७' नाममा ऋणपत्र निष्काशन तथा बिक्रीका लागि खुल्ला गर्न लागेको हो । १ हजार अंकित मूल्यको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्रीका लागि खुल्ला गर्ने भएको हो । उक्त ऋणपत्रमध्ये १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत किसिमले बिक्री गरिने भएकाे छ । सर्वसाधारणका लागि १ अर्ब २० करोड… पुरा पढौ