मुख्य समाचार

नेपालमा हाइड्रोजन इन्धन उत्पादन, कति सम्भव ?

काठमाडौं २१ माघ । नेपालमा हाइड्रोज इन्धन उत्पादन हुने भएको छ । खेर गइरहेको बिजुली प्रयोगरी हाइड्रोजन इन्धन बनाउन लागिएको हो । नेपालका लागि हाइड्रोजन इन्धन नौलाे हो । तर यूरोप तथा अमेरिकामा यसको परीक्षण उत्पादन तथा प्रयोग सुरु भइसकेको छ । नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालय (केयू)को सहकार्यमा नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्ने कार्य सुरु भएको छ । यो विषयमा निगम र केयूबीच इन्धन र ऊर्जा क्षेत्रमा सहकार्य गरी हालै द्विपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा केयूका तर्फबाट… पुरा पढौ

संवैधानिक आयोगका प्रमुख तथा सदस्यकाे शपथ

काठमाडौं, २१ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीको समुपस्थितिमा नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष तथा सदस्यलाई राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथग्रहण गराइएको हो । उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलको पनि सहभागिता थियो । संवैधानिक निकायका प्रमुख आयुक्त र अध्यक्षलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले र सदस्य तथा आयुक्तलाई सम्बन्धित निकायका प्रमुख… पुरा पढौ

महानगरले क्रिकेट संघलाई रु ५० लाख सहयोग गर्ने

काठमाडौं, २१ माघ । काठमाडौं महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट संघलाई रु ५० लाख सहयोग गर्ने भएको छ । यसका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । पत्रमा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र संघका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरे । कामपाले यसअघि पनि ए डिभिजन फुटबल क्लबलाई जनही रु १० लाख, बी डिभिजनलाई जनही रु छ लाख र सी डिभिजनलाई रु चार लाख सहयोग गरिसकेको छ । महानगरसँगै देशको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन यसप्रकार… पुरा पढौ

लगानी डाईभर्ट गर्ने एनआईसी एशिया बैंकको योजना, ३ कम्पनीको संस्थापक शेयर बिक्री गर्दै

काठमाडौं, २१ माघ । एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न ३ कम्पनीहरुको संस्थापक शेयर लिलाममा बिक्री गर्दैछ । बैंकले सूर्या लाईफ इनस्योरेन्स, नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हो । बैंकले सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ७३ हजार ८४४ कित्ता शेयर न्युनतम शेयरमूल्य प्रतिकित्ता ३७८ रुपैयाँ, नागरिक लगानी कोषको १ लाख ८२ हजार ५६० कित्ता शेयर न्यूनतम शेयरमूल्य प्रतिकित्ता १ हजार ६२३ रुपैयाँ र नेशनल लाइफ इन्स्योरेन्सको ९२ हजार २६६ कित्ता शेयर… पुरा पढौ

शुक्रबारदेखि ग्रीनलाइफ हाइड्रोपावर आईपीओ खुल्ने

काठमाडौं, २१ माघ । आगामी शुक्रबारदेखि नै ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्दैछ भने २८ माघदेखि महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्दैछ । ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर निष्कासन गर्न लागेको हो । उक्त सेयर निष्कासनको बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेडले लिएको छ । उक्त सेयर निष्कासन गर्न लागिरहेको ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको साधारण सेयरको निष्कासन गर्नका लागि केयर रेटिङ्ग नेपाल लिमिटेडले केयर(एनपी बी प्लस ९आईएस० रेटिङ्ग प्रदान गरेको छ… पुरा पढौ

वोमी लघुवित्त वित्तीय संस्थाको नाफा २७.६७ प्रतिशत बढ्यो

काठमाडौं, २१ माघ । वोमी लघुवित्त वित्तीय संस्थाले यो आर्थिक वर्षमा अघिल्लो वर्षको भन्दा २७.६७ प्रतिशत बढी नाफा कमाउन सफल भएको छ । यस वर्षको दोश्रो त्रैमासमा संस्थाले ५ करोड ३१ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको हो । संस्थाको खुद ब्याज आम्दानी २०.५९५ बढेर ११ करोड ६८ लाख ६८ हजार पुगेको छ । अघिल्लो वर्षको खुद ब्याज आम्दानी ९ करोड ६९ लाख १३ हजार रहेको थियो । वोमी लघुवित्तको संचालन नाफा पनि बढेर ८ करोड ४३ लाख ३६… पुरा पढौ

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र बिकेन, समयावधी थपियो

काठमाडौं, २१ माघ । नेपाल इन्भेष्टमेन्ट बैंकले ऋणपत्रमा आवेदन दिने समय माघ ३० गतेसम्म थप गरिएको छ । बैंकको ऋणपत्र माघ १६ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा छोटो अवधिमा आवश्यक आवेदन नपरेपछि म्याद लम्बिएको हो । ‘नेपाल इन्भेष्टमेन्ट बैंक बोन्ड २०८४’ नामक सात बर्षे अवधिको ऋणपत्रमा हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गरिरहेको ब्याज भन्दा बढी ब्याज दिनेगरी ऋणपत्रको बिक्री खुला गरेको हो । प्रतिकित्ता एक हजार रुपैयाँ अंकित ऋणपत्र ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र बिक्री खुला… पुरा पढौ

महासंघकाे घरेलु तथा साना उद्योग समितिकाे सभापतिमा बस्नेत

काठमाडौं, २१ माघ । नेपाल उद्योग वाणिज्य महासंले घरेलु तथा साना उद्योग समिति विस्तार गरेको छ । महासंघको कार्यकारिणी समिति सदस्य डिबी बस्नेतकोे सभापतित्वमा गठित समितिको सह–सभापतिमा महासंको कार्यकारिणी समितिका सदस्य किशोर आचार्य चयन भएका छन् । समितिको सदस्यमा महासंको कार्यकारिणी समिति सदस्य तारानाथ घिमिरे, विजयकुमार साह, सहनलाल प्रधान, शोभाकान्त पराजुली, जमशेर मिया, लालीमान बुढा र पुष्पराज कु“वर रहेका छन् । समितिका विशेष आमन्त्रितमा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरे, दोलखा उद्योग वाणिज्य संका सल्लाहकार पृथ्वीबहादुर श्रेष्ठ, सिन्धुली उद्योग… पुरा पढौ

हिमालयन बैंककाे मोबाइल बैंकिङ सेवाबाट राजस्व भुक्तानी प्रणाली शुरुआत

काठमाडौं, २१० माघ । हिमालयन बैंकले आफ्नो मोबाइल बैंकिङ सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी हुने प्रणाली शुरुआत गरेको छ । याे सेवाको शुरुआतसँगै बैंकका ग्राहकले अब सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाइल बैंकिङ एप्सबाट सजिलै भुक्तानी गर्न सक्ने भएका छन् । बैंकले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेसमार्फत नै थप सेवाको रुपमा यसलाई विस्तार गरेको हो । यस्तै, मोबाइल बैंकिङको एनपीआइमार्फत सरकारी भुक्तानी गर्ने व्यवस्था गर्ने हिमालयन बैंक पहिलो बैंक भएको छ । बैंकले पहिलेदेखि नै आफ्नो मोबाइल बैंकिङ च्यानलबाट कनेक्ट… पुरा पढौ

अग्रज प्रकृति संरक्षणकर्मीका नामबाट सात तलाउको नामाकरण

सिद्धार्थनगर, २१ माघ । विश्व सिमसार दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका विभिन्न सात तलाउको नामकरण गरिएको छ । अग्रज प्रकृति संरक्षणकर्मीका नामबाट ती तलाउको नामाकरण गरिएको विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिए । पानी, सिमसार र जीवनबीचको सम्बन्धबारे प्रकाश पार्दै उनले प्रकृति संरक्षणको क्षेत्रका विद्वानहरूको स्मृतिमा सातवटा सिमसारको नामाकरण गरेको घोषणा गरिएको बताए । उनका अनुसार प्रकृतिविद् स्व हर्क गुरुङ, डा चन्द्र गुरुङ, डा मिङ्मा नर्बु शेर्पा, हरिशरण नेपाली काजी, डा तीर्थमान मास्के, डा जर्ज अर्चिबल्ड र डा… पुरा पढौ