मुख्य समाचार

नक्कली नेपाली नोटसहित २ जना पक्राउ

कञ्चनपुर, १८ माघ । सशस्त्र प्रहरीले कञ्चनपुरकाे बेलौरी नगरपालिका– ८ बाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामाग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी नायब निरीक्षक केशवबहादुर चन्दको कमाण्डमा रहेको टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट नक्कली नोट बनाउने कागज २०० , नक्कली नोट हजार दरको पाँच… पुरा पढौ

आशा लघुवित्तले कमायो ७ करोड १६ हजार नाफा

काठमाडौं, १८ माघ । आशा लघुवित्तले ७ करोड १६ हजार रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । संस्थाले यस आर्थिक वर्षको दोश्रो त्रैमासमा उक्त मुनाफा कमाएको जनाएको छ । गएको वर्ष संस्थाले २ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु वर्षको नाफालाई हेर्दा आशा लघुवित्तले १५८.५६ प्रतिशतले नाफा कमाएको देखिन्छ । संस्थाको खुद ब्याज आम्दानी ४१.३५ प्रतिशत रहेको छ भने संचालन मुनाफा ५९१.९६ प्रतिशत रहेको छ । गएको वर्षमा संस्थाले ८ करोड २६ लाख खुद ब्याज आम्दानी… पुरा पढौ

गोरखा मिलन समाजको अध्यक्षमा कपिल पोखरेल चयन

पोखरा, १८ माघ । गोरखा मिलन समाज पोखराको अध्यक्षमा कपिल पोखरेल निर्वाचित भएका छन् । समाजको २१ औं साधारणसभा तथा ११ औं अधिवेशनबाट पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको हो । अध्यक्षमा निर्वाचित पोखरेल चरक मेमोरियल हस्पिटल पोखराका प्रबन्ध निर्देशक पनि हुन् । समिति उपाध्यक्षमा कोपिला श्रेष्ठ, महासचिव अग्रिम श्रेष्ठ, सचिव सन्तबहादुर लामिछाने, कोषाध्यक्ष शीतल श्रेष्ठ र सहकोषाध्यक्षमा गीता खनाल चयन भए । सदस्यमा शेरबहादुर राना, धीराज श्रेष्ठ, उमेशचन्द्र देवकोटा, दीपक भण्डारी, पूनम गुरुङ श्रेष्ठ र अनुप पाण्डे चयन भए। अध्यक्ष… पुरा पढौ

नेपाल फर्निचर तथा फर्निसिङ संघकाे अध्यक्षमा जोशी, वार्षिक ४० अर्बको कारोबार

काठमाडौं, १८ माघ । नेपाल फर्निचर तथा फर्निसिङ संघमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन भएको छ । संङको २१औँ साधारणसभा तथा अधिवेशनले कार्यसमितिका सबै पदाधिकारी सर्वसम्मत चयन गरेको छ । संघको अध्यक्षमा सुभेन्द्र जोशी चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा दिनेश अग्रवाल, उपाध्यक्षमा मनीष अग्रवाल र अरुण चौधरी, महासचिवमा अर्जुन घिमिरे र सचिवमा सञ्जय लामा रहेका छन् ।यस्तै कोषध्यक्षमा सुष्मा लम्साल र सहकोषध्यक्षमा केदारनाथ बस्ताकोटी चयन भएका छन्हुर ।सदस्यमा योगेन्द्र कार्की, रमिला श्रेष्ठ, दिलविक्रम श्रेष्ठ, भोला योञ्जन, सम्यकमान सिंह, डम्बर पराजुली… पुरा पढौ

देशको अर्थतन्त्रलाई उकास्ने निर्यात व्यवसायीको प्रतिबद्धता

काठमाडौं, १८ माघ । निर्यात व्यवसायी महासंघ नेपालले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गरी देशको अर्थतन्त्रलाई उकास्ने प्रतिबद्धता व्यक्त गरेको छ । महासंघको प्रथम वार्षिकोत्सवमा उक्त संस्थाले निर्यातमैत्री वातावरण बनाउन सम्बद्ध पक्षसँग आग्रह गर्दै राष्ट्रिय अर्थतन्त्रको उन्नयनका लागि नीति निर्माणमा विशेष ध्यान दिन सरकारसँग अनुरोध पनि गरेको छ । महासंका अध्यक्ष रामबहादुर गुरुङले आगामी तीन वर्षभित्रमा निर्यात व्यापारलाई देशको अर्थतन्त्रको खम्बाको रुपमा स्थापित गर्दै राष्ट्रको आर्थिक–सामाजिक अवस्था सुधार गर्ने रणनीति प्रस्तुत गरे । उनले आर्थिक कूटनीतिको प्रभावकारी सञ्चालनबाट नेपाली उत्पादनहरूलाई… पुरा पढौ

ग्रीनलाईफ हाइड्रोको आइपीओ माघ २३ गतेदेखि निष्काशन हुँदै

काठमाडौं, १८ माघ । ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको आइपीओ माघ २३ गतेदेखि निष्काशन हुने भएको छ । ग्रीन लाईफले १९.४२ प्रतिशत शेयर निष्काशन गर्ने स्वीकृति पाएसंगै ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको रुपैयाँ १०० अंकित ३४ लाख ९६ हजार ४०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । कम्पनीले १ लाख ७४ हजार ८२० कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएको छ । यस्तै ६९ हजार ९२८ कित्ता शेयर कर्मचरीहरुका लागि र ३२ लाख ५१… पुरा पढौ

सिभिल बैंककाे साधारण सभा फागुन ९ मा, के छन् एजेण्डा ?

काठमाडौं, १७ माघ । सिभिल बैंकको साधारण सभा फागुनको ९ गते बोलाईएको छ । बैंकको १० औं साधारण सभा सुन्धारास्थित केन्द्रीय कार्यालयमा अनलाइनमार्फत बोलाईएको बैंकले जनाएको छ । सभा फागुन ९ गते पूर्वान्ह ११ वजे शुरु हुनेछ । साधारण सभामा संचालक समितिले प्रस्ताव गरेको गत वर्ष बैंकले आर्जन गरेको मुनाफाबाट ८ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगदसहित लाभांश वितरणको प्रस्ताव पारित गरिने भएको छ । यस्तै सभामा कुनै बैंक तथा वित्तीय संस्थासंग मर्जर तथा एक्वीजिसनम जाने भए… पुरा पढौ

ढुक्क भएर ‘कोभिशिल्ड’ खोप लगाउन मन्त्रालयकाे अनुरोध

काठमाडौं, १७ माघ । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिए । उनका अनुसार ती व्यक्तिमा देखिएको असर केही समयपश्चात् आफैं हराएर जाने गरेको बताए । खोप लगाएको ठाउँ रातो हुने, सुन्निने, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर देखिएको छ । “आजसम्म खोप लगाएका व्यक्तिमा सामान्य असर देखिएका छन् । ती सबै व्यक्तिमा देखिएका असर केही समयपश्चात् आफैं निको भएको… पुरा पढौ

निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृतिपछि दल दर्ता नै पहिलो काम: निर्वाचन आयोग

काठमाडौं, १७ माघ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम अब छिट्टै ल्याउने तयारी गरेको छ । आयोगका अनुसार, निर्वाचन आचारसंहिताको मस्यौदा तर्जुमा भएको छ भने निर्वाचन कार्यक्रम कार्यातालिका बन्ने क्रममा छ । निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृत भएसँगै आगामी निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको ढोका खुल्नेछ । निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग आयोगले परामर्श गर्न बाँकी नै छ । दलसँगको छलफल र परामर्शपछि आचारसंहिता स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी… पुरा पढौ

६७९ मेगावाट क्षमताकाे तल्लो अरुण जलविद्युत् परियोजनाका लागि एएसजेभिएन छनोट

काठमाडौं, १७ माघ । तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत ढाँचामा विकास गर्न भारतको एएसजेभिएन लिमिटेड छनोट भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीकाे अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा भएको बोर्डको ४६ औँ बैठकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचीकृत भएका कम्पनीको मूल्याङ्कन गरी सो निर्णय गरेको हो । कूल क्षमता ६७९ मेगावाट रहेको सो परियोजना प्रदेश नं १ को सङ्खुवासभा र भोजपुर जिल्लामा अवस्थित रहने छ । विसं २०७५ चैतमा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनको अवसरमा नेपाल सरकारले सो परियोजना… पुरा पढौ