मुख्य समाचार

महासंघकाे घरेलु तथा साना उद्योग समितिकाे सभापतिमा बस्नेत

काठमाडौं, २१ माघ । नेपाल उद्योग वाणिज्य महासंले घरेलु तथा साना उद्योग समिति विस्तार गरेको छ । महासंघको कार्यकारिणी समिति सदस्य डिबी बस्नेतकोे सभापतित्वमा गठित समितिको सह–सभापतिमा महासंको कार्यकारिणी समितिका सदस्य किशोर आचार्य चयन भएका छन् । समितिको सदस्यमा महासंको कार्यकारिणी समिति सदस्य तारानाथ घिमिरे, विजयकुमार साह, सहनलाल प्रधान, शोभाकान्त पराजुली, जमशेर मिया, लालीमान बुढा र पुष्पराज कु“वर रहेका छन् । समितिका विशेष आमन्त्रितमा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरे, दोलखा उद्योग वाणिज्य संका सल्लाहकार पृथ्वीबहादुर श्रेष्ठ, सिन्धुली उद्योग… पुरा पढौ

हिमालयन बैंककाे मोबाइल बैंकिङ सेवाबाट राजस्व भुक्तानी प्रणाली शुरुआत

काठमाडौं, २१० माघ । हिमालयन बैंकले आफ्नो मोबाइल बैंकिङ सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी हुने प्रणाली शुरुआत गरेको छ । याे सेवाको शुरुआतसँगै बैंकका ग्राहकले अब सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाइल बैंकिङ एप्सबाट सजिलै भुक्तानी गर्न सक्ने भएका छन् । बैंकले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेसमार्फत नै थप सेवाको रुपमा यसलाई विस्तार गरेको हो । यस्तै, मोबाइल बैंकिङको एनपीआइमार्फत सरकारी भुक्तानी गर्ने व्यवस्था गर्ने हिमालयन बैंक पहिलो बैंक भएको छ । बैंकले पहिलेदेखि नै आफ्नो मोबाइल बैंकिङ च्यानलबाट कनेक्ट… पुरा पढौ

अग्रज प्रकृति संरक्षणकर्मीका नामबाट सात तलाउको नामाकरण

सिद्धार्थनगर, २१ माघ । विश्व सिमसार दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका विभिन्न सात तलाउको नामकरण गरिएको छ । अग्रज प्रकृति संरक्षणकर्मीका नामबाट ती तलाउको नामाकरण गरिएको विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिए । पानी, सिमसार र जीवनबीचको सम्बन्धबारे प्रकाश पार्दै उनले प्रकृति संरक्षणको क्षेत्रका विद्वानहरूको स्मृतिमा सातवटा सिमसारको नामाकरण गरेको घोषणा गरिएको बताए । उनका अनुसार प्रकृतिविद् स्व हर्क गुरुङ, डा चन्द्र गुरुङ, डा मिङ्मा नर्बु शेर्पा, हरिशरण नेपाली काजी, डा तीर्थमान मास्के, डा जर्ज अर्चिबल्ड र डा… पुरा पढौ

राष्ट्रपति भण्डारीबाट वाङ्मय शताब्दी पुरुषको तस्वीराङ्कित टिकटमा टाँचा प्रदान

काठमाडौं, २० माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेकी छन् । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले जोशीको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा प्रदान गरेकी हुन् । जोशीको तस्वीराङ्कित रु १० को हुलाक टिकट १० लाख थान छापिएको हुलाक टिकट व्यवस्थापन कार्यालयले जनाएको छ । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शताब्दी पुरुष जोशीको तस्वीराङ्कित छपाइ भइआएको हुलाक टिकट प्रकाशन गर्न स्वीकृत… पुरा पढौ

शेयर बजारमा दोहोरो अंकले वृद्धि, ८ अर्ब ५९ करोड बढीको कारोबार

काठमाडौं, २० माघ । साताको तेश्रो दिन मंगलबार आज शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक आज ६५.४९ अंकले बढेको छ । यसरी बढेको नेप्से २४७३.७३ अंकमा पुगेको छ । नेप्से २.७२ प्रतिशतले बढेको छ । सेन्सेटिभ परिसूचक १४.१० अंकले बढेर ४५१.३८ अंकमा रोकिएको छ । आज २०१ कम्पनीको १ करोड ५३ लाख २५ हजार ६२३ कित्ता शेयर खरिदबिक्री भएको छ । खरिदबिक्रीबाट ८ अर्ब ५९ करोड ३४ लाख ७२ हजार ९८७ रुपैयाँ बराबरको कारोबार भएको छ… पुरा पढौ

जनउत्थान सामुदायिक लघुवित्तद्वारा ५२ प्रतिशत लाभांश घाेषणा

काठमाडौं, २० माघ । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्थाले आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट शेयरधनीहरुलाई ५२ प्रतिशत लाभांश वितरण गर्ने जानकारी गराएको छ । संस्थाको सोमबारको १६४ औं बैठकले चुक्ता पूँजी ७ करोड ९२ लाख को ४९.४० प्रतिशतले हुन आउने रकम ३ करोड ९१ लाख २४ हजार ८०० रुपैयाँ बराबरको बोनस शेयर तथा उक्त शेयर भुक्तानी गर्दा लाग्ने कर वापत २.६० प्रतिशतले हुन आउने रकम २० लाख ५९ हजार २०० नगद लाभांशसहित ५२.०० प्रतिशत लाभांश वितरणको लागि राष्ट्र बैंकसंग स्वीकृतिको… पुरा पढौ

बीबीए र बीबीए-बीआई पढ्न नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज उत्कृष्ट

पोखरा, २० माघ । ब्याचलर्स इन बिजनेस एड्मिनिस्ट्रेसन (बीबीए) र व्याचलर अफ विजनेस एड्मिनिस्ट्रेसन इन बै‌किङ एण्ड इन्स्योरेन्स (बीबीए बीआई) व्यवस्थापकीय क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रभावकारी कोर्स हो । विश्व भूमण्डलीकरणले संसारलाई सानो गाउँका रुपमा परिणत गरिदिएको छ । जानकारहरुका अनुसार हरेक क्षेत्रका लागि कुशल व्यवस्थापक उत्पादन गर्ने एउटै कोर्स हो–ब्याचलर इन बिजनेस एड्मिनिस्ट्रेसन (बीबीए) र व्याचलर अफ विजनेस एड्मिनिस्ट्रेसन इन बै‌किङ एण्ड इन्स्योरेन्स (बीबीए बीआई) । नेपाल टुरिजम एण्ड होटल मेनेज्मेन्ट कलेजका प्राचार्य प्रकाश रेग्मी व्यवस्थापन क्षेत्रमा काम… पुरा पढौ

नारायणी आयुर्वेद औषधालयमा औषधि अभाव

वाग्मती, २० माघ । नारायणी आयुर्वेद औषधालयमा औषधिको अभाव भएको छ । पछिल्लो समय रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आयुर्वेदिक औषधि अत्यन्त उपयोगी मानिएको छ । साथै यसको उपचार गराउने बिरामीकाे सङ्ख्या वृद्धि भए पनि औषधि अभावले स्वास्थ्य सेवा प्रभावित हुन पुगेको छ । औषधालयमा उपचार तथा परामर्श लिनेका सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । आवश्यकता अनुसार सेवाग्राहीलाई औषधि उपलब्ध गराउन नसकिएको औषधालयका प्रमुख डा सृष्टि श्रेष्ठले जानकारी दिइन । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको सो औषधालयमा आवश्यक औषधि, जनशक्ति… पुरा पढौ

‘पानी, सिमसार र जीवन’ नाराका साथ सिमसार दिवस मनाइँदै

काठमाडौं, २० माघ । प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि ‘पानी, सिमसार र जीवन’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको सिमसार दिवसको राष्ट्रिय कार्यक्रम वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विभिन्न कार्यक्रम गरी मनाएका छन् । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । विश्वव्यापीरूपमा सिमसार क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि १९७१) १९७१ फेबु्रअरी २ मा इरानको… पुरा पढौ

पूर्व सचिव सिलवाल बीमा समितिको अध्यक्षमा नियुक्त

काठमाडौं, २० माघ । सरकारले बीमा समितिको अध्यक्षमा पूर्व सचिव सूर्यप्रसाद सिलवाललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उद्योग मन्त्रालयमा सचिव तथा गृहसचिवको अनुभव बटुलेका सिलवालको बीमा क्षेत्रको अनुभव भने पहिलो हुने भएको छ । सिलवाललाई बीमा समितिको अध्यक्षका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रिपरिषदमा सिफारिस गरेपछि उनलाई समितिको अध्यक्ष बनाउने निर्णय भएको हो ।पुस महिनाबाट चिञ्जीवी चापागाईको कार्यकाल सकिएपछि उक्त पद खालि रहेको थियो । अध्यक्षका लागि ४ बढी… पुरा पढौ