मुख्य समाचार

१० नगरपालिका र ८१ गाउँपालिकामा राष्ट्रिय प्रशारण अझै पुगेन

काठमाडौं, ७ माघ । नेपाल सरकारको राष्ट्रिय प्रसारण लाइनको विद्युत् अझै सहज रुपमा सबै स्थानीय सरकारको पहुँचमा पुग्न सकेको छैन । ति १० नगरपालिका र ८१ गाउँपालिकाका गरीब, सिमान्तकृत वर्ग, विपन्न परिवारकाे दैलाे कहिले उज्यालाे हुने हाे ? पर्खनु परिरहेकाे अवश्था छ । देशभर कुल ७५३ स्थानीय सरकार रहेका छन् । उनीहरूमध्ये अझै १० नगरपालिका र ८१ गाउँपालिकामा राष्ट्रिय प्रशारणको लाइन नपुग्नु भनेकाे देशका करीब चार प्रतिशत जनसङ्ख्या विद्युतकाे पहुँचभन्दा बाहिर परिरहेका छन् र उनीहरू सेवाबाट बिमुख छन् भन्ने हाे… पुरा पढौ

कृषि क्षेत्र ‘स्मार्ट’ बन्दै, शुरु भयो किसान क्रेडिट कार्ड

काठमाडौं ७ माघ । किसानहरुका लागि किसान क्रेडिट कार्डको शुभारम्भ भएको छ । कृषि विकास बैंकले आजबाट किसान क्रेडिट कार्ड र किसान एप शुभारम्भ गरेको हो । कृषि विकास बैंकको ५४ औं वाषिर्कोत्सवको अवसरमा बुधबार अर्थमन्त्री विष्णु पौडेलले किसान क्रेडिट कार्ड र एपको शुभारम्भ गरे । किसान क्रेडिट कार्ड र किसान एप एकअर्कामा अन्तरसम्बन्धित हुन्छन् । किसानले बैंकबाट ऋण स्वीकृत गराएपछि ऋणको निश्चित रकम कार्डमा लोड गरिन्छ भने किसान एपमा किसानको प्रोफाइल तयार हुन्छ । कृषि कर्म गर्नका लागि देशभरका… पुरा पढौ

चालु आवमा ६९ पूर्वाधार सम्पन्न

काठमाडौं, ७ माघ । काडमाडौं महानगरपालिकाले आर्थिक वर्षको पहिलो छ महिनामा ६९ पूर्वाधार निर्माणका योजना सम्पन्न गरेको जनाएको छ । यस अवधिमा कामपाको अघिकार क्षेत्रभित्र पर्ने २३ किलोमिटर सडक कालेपत्र र ३४ हजार १६५ वर्गमिटर सडक मर्मत गरिएको छ । चार वडा भवन, दुई अन्य भवन र दुई आकाशे पुल निर्माण सम्पन्न गरिएको कामपाले जनाएको छ । त्यसैगरी तीन किलोमिटर सडक ढलान गरिएको छ । नौ सय ७२ मिटर ढल राख्ने र ८६० मिटर ब्लक छाप्ने काम सकिएको कामपाका प्रवक्ता… पुरा पढौ

४ चिनी उद्योगले किसानलाई दिएनन ८ करोड, कुन- कुन हुन भुक्तानी नगर्ने उद्योग ?

काठमाडाैं, ७ माघ । विभिन्न चार चिनी उद्योगले उखु किसानलाई रु आठ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । रु ६५ करोड बक्यौता रकममध्येमा तीन उद्योगले किसानलाई रु आठ करोड एक लाख भुक्तानी गर्न बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सरकार र उखु किसानबीच गत पुस १३ गते भएको सहमति अनुसार २१ दिनभित्र बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो । सहमतिअनुसार २१ दिन सोमबार सकिएपछि अझै तीन चिनी उद्योगीले उक्त रकम… पुरा पढौ

बाइडेन आइपुगे वासिंङ्टन, डेलावरमा भावुक बिदाई, बुधबार सपथ लिंदै

बोस्टन, अमेरिका, , ७ माघ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन मंगलबार दिउसो राजधानी वासिंङ्टन डिसी आइपुगेका छन् । बाइडेन आफ्नो परिवारसहित गृह राज्य डेलावरबाट दिउसो बिदाई भएका हुन् । बिदाई समारोहमा बाइडेनले भावुक सम्बोधन गरेका थिए । गत नोभेम्बर ३ को निर्वाचनमा राष्ट्रपतिका रुपमा चुनिएका पूर्वउपराष्ट्रपति बाइडेनले बुधबार अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा सपथ लिंदैछन् । बाइडेनसँगै अमेरिकी इतिहासमै पहिलो महिला उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसको उदय हुँदैछ । बाइडेन इतिहासकै अँध्यारो र गम्भिर क्षणमा राष्ट्रपतिका रुपमा ह्वाइट हाउस छिर्न… पुरा पढौ

चक्रपथ विस्तार आयोजनाको समस्या समाधान गर्न निर्देशन

काठमाडाैं, ७ माघ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौं चक्रपथ विस्तार आयोजनाको समस्या समाधानका लागि अन्तर मन्त्रालय, प्रदेश, स्थानीय तहबीच समन्वय बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा चक्रपथ सुधार आयोजनाको हालसम्मको प्रगति र वाटो विस्तारका क्रममा देखापरेका चुनौती र त्यसको समाधानका निम्ति भइरहेको प्रयासका बारेमा छलफल भएको हो । कलङ्कीदेखि धोबीखोलासम्मको कूल ११.६ किलोमिटर सडकको निर्माणका क्रममा महाराजगञ्ज र स्वयम्भू क्षेत्रमा समस्या देखापरेपछि उपप्रधानमन्त्री पोखरेलले भौतिक मन्त्रालय, भूमिसुधार मन्त्रालय, पुरातत्व विभाग, काठमाडौं महानगर,… पुरा पढौ

गण्डकी प्रदेश सरकारले सुरु गर्‍यो व्यवसाय जीवन रक्षा कर्जा

पाेखरा, ६ माघ । गण्डकी प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रम शुभारम्भ गरेकाे छ। यसका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नेपाल राष्ट्र बैङ्क पोखराबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएकाे छ । काेराेना भाइरसकाे चपेटामा परेका उद्याेग व्यवसाय पुनः संचालनमा ल्याएर अर्थतन्त्रलाई चलायमान बनाउन गण्डकी प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कोष अन्तर्गत कर्जा कार्यक्रम सञ्चालनमा ल्याएकाे हाे । व्यवसाय जीवन रक्षा कर्जा अन्तर्गत सिमान्तकृत, साना उद्याेगी व्यवसायीले ५० हजारदेखि -१५ लाखसम्म निर्ब्याजी कर्जा प्राप्त गर्न सक्ने भएका छन् । राष्ट्रिय… पुरा पढौ

आईपीओ आवेदनमा इन्फ्रास्ट्रक्चर बैंकले राख्यो नयाँ रेकर्ड

काठमाडौं, ६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयरको आवेदन दिने अन्तिम दिन साँझसम्म कूल १५ लाख २६ हजार बराबरको आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले दिएको प्रारम्भिक जानकारीअनुसार कूल सात अर्ब ५८ करोडको साधारण शेयरमा झण्डै १८ अर्ब नौ करोड ८५ लाख ८० हजार बराबरको आवेदन परेको हो । बैंक तथा वित्तीय संस्थामा प्रत्यक्ष आवेदन दिनेको सङ्ख्या केही थपिन सक्ने बताइएको छ । सो बैंकको साधारण शेयरमा १५ लाख २६ हजार ५२७… पुरा पढौ

संसद् विघटन गरेर मुलुकमा राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न भयाे: प्रचण्ड

काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर मुलुकमा फेरि राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न भएको बताएका छन् । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले संसद्को अन्य गरेर मुलुकलाई निरङ्कुशता र अनिश्चयको भूमरीतर्फ धकेल्ने प्रयास भएको दावी गरे । प्रतिनिधिसभा विघटन गरेर सात दशक लामो सङ्घर्षपश्चात् जनताले प्राप्त गरेका सङ्घीय लोकतान्त्रिक गणतन्त्र, जनताको प्रतिनिधिद्वारा निर्मित संविधानलगायत उपलब्धिलाई समाप्त पार्ने प्रयास भएको जिकिर गर्दै उनले यसलाई हरहालतमा रोक्नुपर्ने बताए ।… पुरा पढौ

नेपाल एयरलाइन्सले पहिलोपटक आज राति ११ः३५ बजे मकाउमा उडान गर्दै

काठमाडौं, ६ माघ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलोपटक आज राति ११ः३५ बजे मकाउकाे लागि उडान गर्ने भएको छ । मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन निगमले मकाउमा चार्टर्ड उडान गर्न लागेको हो । नयाँ गन्तव्यको रुपमा मकाउमा पहिलोपटक चार्टर्ड उडान गर्न लागिएको निगमले जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उडान हुन लागेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए । निगमको ‘न्यारोबडी ए ३२०’ जहाजले चार्टर्ड उडान भर्नेछ । कोभिड–१९ का… पुरा पढौ