मुख्य समाचार

विपद् व्यवस्थापनका लागि राष्ट्रिय रणनीति निर्माण प्रक्रिया शुरू

काठमाडाैं, ४ माघ । सरकारले विपद्का बेलामा हुने क्षति रोक्न र घटना भए पनि पुनःस्थापन एवं पुनःनिर्माणका कार्यक्रम सञ्चालनका गर्न आइपर्ने वित्तीय स्रोत व्यवस्थापनका लागि राष्ट्रिय रणनीति निर्माण गर्ने भएको छ । गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वित्तीय व्यवस्थापन राष्ट्रिय रणनीति निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । उक्त रणनीतिको मस्यौदामाथि अहिले छलफल चलिरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । कुनैपनि विपद्का घटना हुँदा त्यसको व्यवस्थापनमा प्रथमतः आर्थिक विषय महत्वपूर्ण… पुरा पढौ

प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि सुनुवाइ हुने

काठमाडाैं, ४ पुस । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आजदेखि विषयवस्तुमा प्रवेश गरेर बहस शुुरु हुनेछ । उक्त विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गत पुस २२, २९ गते हुँदै यही माघ १ गते संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएको हो ।… पुरा पढौ

प्रधानमन्त्री ओलीको प्रश्न ‘निर्वाचनबाट किन डराउने ?’

काठमाडौं, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं १ को आज काठमाडौंमा उपलब्ध कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको स्पष्ट गरे । आफूमाथि ‘हँसाउने कुरा मात्रै गरेको’ भन्ने टिप्पणीतर्फ सङ्केत… पुरा पढौ

केयुमा उपकुलपति बन्न ४४ जनाले बुझाए व्यक्तिगत विवरण

काठमाडौं, ३ माघ । काठमाडौँ विश्वविद्यालय (केयु)मा धेरै प्राज्ञिकले नेतृत्वको इच्छा व्यक्त गर्नु सकारात्मक सन्देश भएको बताइएको छ । केही दिनअघि उपकुलपति नियुक्त गठन गर्न सिफारिस समितिले व्यक्तिगत विवरण बुझाउन सार्वजनिक अपिल गरेपछि केयुको उपकुलपति बन्न ४४ जनाले आफ्नो व्यक्तिगत विवरण बुझाएका थिए। केयु प्राध्यापक सङ्घले विश्वविद्यालयको नेतृत्वमा उत्रेका उहाँहरुमध्ये ३७ प्राज्ञिक व्यक्तित्वले प्रतिस्पर्धा गर्नु सकारात्मक सन्देश भनेको छ । “धेरै प्राज्ञिक व्यक्तित्वले केयुको नेतृत्वको इच्छा व्यक्त गर्नु सकारात्मक सन्देश भएको छ हामीले नेतृत्व गर्न चाहने आकाङ्क्षीसँग आजैदेखि छलफल शुरु… पुरा पढौ

‘घुमौ सौराहा’ : आकर्षण बढ्याे पर्यटकका लागि ‘सेल्फी प्वाइन्ट’

चितवन, ३ माघ । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण विदेशी पर्यटक आउन छाडेपछि व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धनमा लागेका छन् । ‘घुमौ सौराहा’ अभियानसँगै व्यवसायीले आएका पर्यटकलाई अधिकतम मनोरञ्जन दिन विभिन्न क्रियाकलाप थपेका छन् । सौराहा पुगेका पर्यटकलाई त्यहाँको पहिचान झल्किने गरी तस्वीर खिच्न ‘सेल्फी प्वाइन्ट’ निर्माण गरिएको छ । राप्ती नदी किनारमा रहेको सनसेट भ्यू रेष्टुरेन्ट परिसरमा सेल्फी प्वाइन्ट स्थापना गरिएको हाे । सो सेल्फी प्वाइन्टले त्यहाँ पुग्ने जोसुकैलाई आफ्नोतर्फ ध्यान केन्द्रित गर्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटकमध्ये… पुरा पढौ

मुनाल सहकारी आजबाट तेह्रौ वर्षमा प्रवेश, बहुउद्देश्यीय सामाजिक भवन निर्माणलाई आर्थिक सहयोग

पोखरा, ३ माघ । पोखरा नयाँबजारको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको बाह्रौं वर्ष पुरा गरी आज माघ ३ गतेबाट तेह्रौं वर्षमा प्रवेश गरेको छ । आफ्नो तेह्रौं वार्षिक उत्सवको अवसरमा संस्थाले नयाँबजारमा निर्माणाधिन शिव सरस्वती मन्दिर बहुउद्देश्यीय सामाजिक भवनलाई आर्थिक सहयोग प्रदान गरेको छ । शिव सरस्वती मन्दिर बहुउद्देश्यीय सामाजिक भवनको निर्माण सहयोगार्थ रु पच्चीस हजार आर्थिक सहयोग प्रदान गरिएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले बताए । सहकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग प्रदान गरिएको बताएको छ… पुरा पढौ

साझा विषयमा संघीय कानून नबनेकोले प्रदेशमा कानून बनाउन सकिएन : मुख्यमन्त्री गुरुङ

काठमाडौं, ३ माघ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले साझा विषयमा संघिय कानून नबनेकोले प्रदेशमा कानून बनाउन नसकिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ४८ औं बैठकमा मुख्यमन्त्री गुरुङले मुख्य ६ बुँदा तथा सहायक बुँदाहरुमा समस्या समाधानका विषयहरु प्रस्तुत गरेको उनका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिएका छन् । बुँदा नं १ मा संघियता कार्यान्वयनमा जोड दिईएको छ । संविधानका कतिपय साझा सूचीका विषयमा संघीय कानून नबनेकोले प्रदेशमा त्यससम्बन्धी कानून बनाउन नसकिएको,… पुरा पढौ

पाम आयलमा प्रतिबन्ध, नेपाली उद्योग धराशायी हुँदै

वीरगञ्ज, ३ माघ । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी भएको हो । पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको ठूलो लगानी जोखिममा परेको छ । पाम आयलको माग भारतमा उच्च छ । नेपालबाट निकास हुने प्रमुख वस्तुमध्ये एक पाम तेल नै हो । आर्थिक वर्ष २०७६/७७ मा निकासीको सूचीमा रहेको प्रशोधित पाम आयल चालु आर्थिक वर्षको… पुरा पढौ

काठमाडौं-ढाका बस तथा विराटनगर-बङ्गलादेश हवाई सेवा चाँडै शुरु गरिने

काठमाडाैं, ३ माघ । बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले दुई देशबीच कूटनीतिक, जनताजनताबीचको सम्बन्ध, शिक्षा, स्वास्थ्य, व्यापार, यातायात(हवाई सडक) सम्बन्ध बढाउने काम भइरहेको बताएका छन् । नेपाल बङ्गलादेश मैत्री सङ्घको आयोजनामा नेपाल बङ्गलादेश सम्बन्ध र व्यापार विषयमा भएको भर्चुअल मिटिङमा उनले काठमाडौं–ढाका बस सेवा तथा विराटनगर–बङ्गलादेश हवाई सेवा चाँडै शुरु गरिने जानकारी दिए । बङ्गलादेशका प्रा शेख महमुन्द एलोनले शिक्षा र स्वास्थ्यको विकासमा दुवै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । डा जहरुल इस्लामले नेपाली विद्यार्थी मेहनती र… पुरा पढौ

जनधनको क्षति न्यूनीकरण गर्न सम्पूर्ण मुलुक एक ढिक्का भएर लागाैंः प्रधानमन्त्री

काठमाडाैं, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा आउन सक्ने भूकम्पलगायत कुनै पनि विपद्का कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सम्पूर्ण मुलुक एक ढिक्का भएर लाग्न आह्वान गरेका छन् । उनले यसका लागि विपद् जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई संस्थागत रुपमा दिगो र परिणाममुखी बनाउन सरकारका तर्फबाट योजनाबद्ध प्रयत्न गरिने बताए । ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित ऐतिहासिक एवं धार्मिकस्थल कुमारी मन्दिर परिसरमा आयोजित २३ औँ राष्ट्रिय भूकम्प… पुरा पढौ