मुख्य समाचार

सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धता,संयुक्त आयोगको बैठक सम्पन्न

काठमाडौं, ३ माघ । सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक सम्पन्न भएको छ । दुवै देशका परराष्ट्रमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलस्तरीय आयोगको बैठकमा सिमानाका बारेमा छलफल भएको र त्यससम्बन्धमा बाँकी रहेको खण्डको काम शीघ्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नयाँदिल्लीमा भएको बैठकमा दुई मुलुकबीच भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धि, प्रबुद्ध व्यक्ति समूह (इपिजी) प्रतिवेदनको प्रस्तुतीकरण, हवाई प्रवेश मार्ग, कोभिड–१९ विरुद्धको खोप, सीमा तथा सिमाना व्यवस्थापन, सम्पर्क… पुरा पढौ

देशभरका थप २० स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण

काठमाडौं, ३ माघ । गोरखा भूकम्पपछि देशका विभिन्न बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरिएको छ । विसं २०७२ वैशाख १२ मा गएको गोरखा भूकम्पपछि मापनका लागि विभिन्न देशको सहयोगमा जोखिममा रहेका नेपालका बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरिएको हो । सरकारले भूकम्पको जोखिमलाई दृष्टिगत गरी चीन सरकारको सहयोगमा १०, जापान सरकारको सहयोगमा आठ र थाइल्याण्डको रायम्स कम्पनीको सहयोगमा दुई स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरेको हो । चीन सरकारको सहयोगमा सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ, मुस्ताङ, डोल्पा, मुगु, बाजुरा, दार्चुलालगायत… पुरा पढौ

वार्ताको माध्यमबाटै सीमा समस्या समाधान गर्ने नेपालको चाहना

काठमाडौं, २ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा आँच पु¥याउने सिमानासम्बन्धी समस्या वार्ताको माध्यमबाटै समाधान गर्न सहमत नेपाल र भारतले एउटा क्षेत्रको मतभिन्नताका बाबजुद पारस्परिक सम्बन्धका समग्र आयामलाई निरन्तर गति दिइरहेका बताएका छन् । भारतीय विश्व सम्बन्ध परिषद्ले आज नयाँ दिल्लीमा आयोजना गरेको प्रवचनमा उनले नेपाल र भारतबीचको एक हजार आठसय किलोमिटर अन्तर्राष्ट्रिय सिमानामध्ये केही किलोमिटर खण्डको मात्र सिमाङ्कनको काम बाँकी रहेको यथार्थ सुनाउँदै त्यसको पूर्णताका निम्ति संवाद गर्न नेपाल तयार रहेको तथा निष्कर्षमा पुग्न विश्वास र… पुरा पढौ

सरकारले दियाे भारतमा उत्पादन गरेकाे ‘कोभिसिल्ड’ खोपलाई अनुमति

काठमाडाैं, २ माघ । सरकारले कोभिड–१९ विरुद्धको आपतकालिन खोप प्रयोगका लागि नेपालमा अनुमति दिएको छ । औषधि व्यवस्था विभागले भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोप नेपालमा आपतकालिन प्रयोग गर्न अनुमति दिएको हो। विभागको आज बसेको बैठकले आपत्कालीन प्रयोगका लागि भारतीय कम्पनीले तयार पारेको खोप खरिद गर्ने निर्णय गरेको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । उनका अनुसार सरकारले पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप प्रयोगको अनुमति दिएको हो । सिरम इन्ष्टिच्यूट कम्पनीले एस्ट्राजेनेकासँगको सहकार्यमा बेलायतको अक्सफोर्ड विश्वबिद्यालयद्वारा… पुरा पढौ

जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा रु. १० अर्ब ८८ करोड ऋण लगानी

काठमाडाैं, २ माघ । जलविद्युत् लगानी तथा विकास कम्पनीले ४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा रु १० अर्ब ८८ करोड ऋण लगानी गरेको जनाएको छ । कम्पनीले नवौं वार्षिक साधारणसभाका अवसरमा सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीले लगानी गरेका आयोजनामध्ये ९०.६ मेगावाट क्षमताका चार आयोजना सञ्चालनमा आइसकेको उल्लेख छ । चालु आर्थिक वर्षभित्रै कूल १८२ मेगावाट क्षमताका थप चार आयोजना सम्पन्न हुने तथा अन्य पाँच आयोजना निर्माणाधीन अवस्थामा छन् । कम्पनीको स्वपूँजीतर्फ कूल एक हजार ५४० मेगावाट क्षमताका पाँच आयोजना तथा… पुरा पढौ

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश

काठमाडौं, २ माघ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हेर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा,न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संंवैधानिक इजलासले उक्त आदेश दिएको हो । प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७(३)बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकाले निवेदकको मागबमोजिम गर्नु परेन, कानूनबमोजिम गर्नू”, भनि आदेशमा भनिएको छ । गत पुस १७ गतेदेखि सुनुवाइ शुरु भको द्दामा वादी र सरकारका प्रतिनिधिबीच सो मुद्दा संवैधानिक इजलास वा बृहत पूर्ण इजलास कहाँ… पुरा पढौ

गरिमा विकास बैंकले बोलायो साधारणसभा, के छन् एजेण्डा ?

काठमाडौं, २ माघ । गरिमा विकास बैंकले ३० माघका लागि साधारणसभा बोलाएको छ । बैंकले होटल पोखरा ग्राण्ड, पोखरामा माघ ३० गते शुक्रबारका लागि साधारणसभा बोलाएको हो । बैंकको साधारणसभामा लाभांश पारितदेखि सहायक कम्पनी स्थापना गर्नेसम्मका एजेण्डा प्रस्तुत हुने भएका छन् । बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी १३.५ प्रतिशत अर्थात ४३ करोड ७२ लाख २३ हजार ७२ रुपैयाँ बराबरको बोनस दिने प्रस्ताव साधारण सभामा प्रस्तुत हुँदैछ । बोनश शेयर वितरण गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित… पुरा पढौ

आन्तरिक राजस्व कार्यालय विराटनगरले राजस्व सङ्कलन बढायाे, ६ महिनामा ३ अर्ब ८८ करोड ९७ लाख सङ्कलन

विराटनगर, २ माघ । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको छ महिनामा कुल रु तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु तीन अर्व ९१ करोड ५२ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले लक्ष्यभन्दा रु दुई करोड ५५ लाख ५४ हजारले कम राजस्व सङ्कलन गरेको छ । गएको वर्षमा कार्यालयले सो अवधिमा रु तीन अर्ब ५१ करोड ५३ लाख नौ हजार राजस्व सङ्कलन गरेको थियो… पुरा पढौ

सर्वोच्चले संसद विघटन सदर गरे चुनाव निर्धारित मितिमै हुन्छ: तिमिल्सिना

पोखरा, २ माघ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बहुमतको सरकार देशमा ५ वर्ष पनि नटिक्नु विडम्बना भएको बताएका छन् । उनले अहिलेको परिस्थितिमा यदि सर्वोच्च अदालतले संसद विघटन सदर गर्‍यो भने चुनावमा जानैपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ कस्की शाखाकोे शुक्रबार १५ औं साधारण सभाको उद्घाटन तथा पुरस्कार एवं सम्मान समारोहमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सो कुरा बताएका हुन् । उनले भने, ‘संसद विघटनको मुद्दा हाल विचाराधीन रहेकोले चुनाव हुन्छ वा हुँदैन भनी अनावश्यक प्रचारवाजी गर्नु हुँदैन ।… पुरा पढौ

नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे ८ अर्ब रुपैयाँको आइपीओ आज निष्काशन हुँदै

काठमाडौं, २ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आजबाट सर्वसाधारणका लागि शेयर (आइपीओ) निष्काशन गर्दैछ । बैंकले निष्काशन गर्न लागेको आइपीओ अहिलेसम्मकै ठूलो हो । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता शेयर निष्काशन गर्न लागेको हो । चुक्ता पूँजी २० अर्बको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको प्रतिशेयर रुपैयाँ १०० अंकित दरले ८ करोड कित्ता शेयरमा ०.२० प्रतिशतले हुने १ लाख ६० हजार कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको छ । ५ प्रतिशतले हुने ४० लाख कित्ता शेयर… पुरा पढौ