मुख्य समाचार

विद्युत् डिमान्ड शुल्कमा आजदेखी छुट, कस्ता उद्योगले पाउछन यो सहुलियत ?

काठमाडाैं, ५ माघ । सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा आजदेखि छुट दिने भएको छ । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन आग्रह गर्दै आएका थिए । व्यवसायीको आग्रहअनुसार नै आजदेखि सो शुल्कमा छुट दिन लागिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुको बन्दाबन्दीको अवधिभरको विद्युत् डिमान्ड शुल्क छुट आजदेखि कार्यान्वयन हुने भएको छ ।” अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा… पुरा पढौ

महासङ्घले गठन गर्यो रोजगारदाता परिषद्

काठमाडाैं, ५ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घले रोजगारदाता परिषद् गठन गरेको छ । एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र सङ्घाईको अध्यक्षतामा महासङ्घको रोजगारदाता परिषद् गठन गरिएको हो । परिषद्को उपसभापतिमा महासङ्घको कार्यकारिणी समितिका सदस्य प्रवलजङ्ग पाण्डे चुनिएका छन् । परिषद्का सदस्यमा एशोसिएट समूहबाट महासङ्घको कार्यकारिणी समिति सदस्य कृष्णलाल महर्जन, महासङ्घको पूर्व कार्यकारिणी समिति सदस्यमा विनोद ढकाल, विराट थापा, नेपाल जुट उद्योग सङ्घका राजकुमार गोल्छा र प्रतिनिधि डाबर नेपाल चुनिएका छन् । त्यसैगरी वस्तुगत सङ्घ समूहबाट परिषद्को सदस्यहरूमा महासङ्घको कार्यकारिणी समिति सदस्य अरनिको… पुरा पढौ

दुगड प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार नियुक्त

काठमाडौं, ५ माघ । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा पूर्वराज्यमन्त्री मोतीलाल दुगड नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिशमा मन्त्रिपरिषद्ले उनलाई नियुक्त गरेको हो । सल्लाहकार दुगडले मङ्गलबारदेखि सिंहदरबारमा आफ्नो कार्यभार सम्हाल्ने भएका छन् । उनी यसअघिका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडाको स्थानमा नियुक्त भएका हुन । मुलुकमा विद्यमान आर्थिक अनियमितता हटाउँदै आर्थिक समृद्धि गर्ने विषयमा आफूले प्रधानमन्त्रीलाई सिफारिस गर्ने विशेष आर्थिक सल्लाहकार दुगडले सफल आवाजलाई बताए । “औद्योगिकीकरणमार्फत आर्थिक गतिविधि बढाउँदै बेरोजगारी हटाउने, आयात निर्यातमा सन्तुलन कायम गर्ने, व्यापार घाटा… पुरा पढौ

बैंकिङ कसुरमा संलग्न तीनजना पक्राउ

काठमाडौं, ४ माघ । बैंकिङ कसुरमा संलग्न रही फरार भएका तीनजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) बाट खटिएको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुरका रामबहादुर अधिकारी, काठमाडौंको चन्द्रागिरिका सुवास थापा र गोरखाको गण्डकी नगरपालिकाका विष्णु अम्गाईं रहेका प्रहरीले जनाएको छ । झण्डै तीन करोड ३२ लाख ठगी गरेको प्रमाणित भई उच्च अदालत पाटनबाट कैद र जरिवाना तोकिएर फरार हुँदै आएकालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज अदालतमा पेश गरिएको सिआइबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।… पुरा पढौ

शेयर बजार २८.४६ अंकले बढ्यो, ६ अर्ब ३७ करोडको कारोबार

काठमाडौं, ४ माघ । साताको पहिलो दिन आयतबार शेयर बजार हरियाली देखिएको छ । शेयर कारोबरा मापक नेप्से परिसूचक २८.४६ अंकले उकालो लागेको छ भने नेप्सेमा कारोबार हुने अधिकांश समूह बढेर हरियाली देखिएका छन् । कारोबार रकम ६ अर्ब ३७ करोड रुपैयाँ भन्दा धेरै पुगेको छ । नेप्सेमा कारोबार हुने मध्ये जलविद्युत समूह ७.२ अंकले ओरालो लागेको छ । अन्य समूह भने सबै बढेका छन् । बैंकिङ १ अंक मात्रैले बढ्दाखेरी व्यापार समूह भने सबै भन्दा धेरै बढेको छ ।… पुरा पढौ

दशजोड दुईका विद्यार्थीकाे दशजोड दुई उत्तीर्ण प्रअ ?

शिक्षा ऐन आठौं संशोधनले विद्यालाय तहको शिक्षालाई आधारभूत र माध्यमिक गरी दुई तहमा बाँडे पनि शिक्षकहरू भने बालकक्षा, प्राथमिक, निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक गरी चार तहका छँदैछन् । तहअनुसारको शैक्षिक योग्यता र तलबमान पनि तोकिएकै छ । अनि प्रअ छनौटको आधार पनि शिक्षा नियमावलीको अनुसूचीमा स्पष्ट तोकिएकै छ । यस क्रममा कक्षा ११–१२ सम्म चलेको विद्यालयको प्रअ वा प्राचार्य बन्न मात्र होइन, कक्षा लिनसमेत स्नातकोत्तर गरेको हुनुपर्ने भन्ने मागका साथ २०५७ सालको रिट नं ३६२६ अन्तर्गत सर्वोच्चमा दर्ता… पुरा पढौ

बीमा समितिको अध्यक्ष नियुक्तिमा बार्गेनिङ शुरु, कसले रिझाउला शक्तिकेन्द्रलाई ?

काठमाडौं, ४ माघ । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिको अध्यक्ष नियुक्तिका लागि बार्गेनिङ शुरु भएको छ । बीमा समितिको अध्यक्ष पद पुस अन्तिम सातादेखि रिक्त छ । २४ पुसमा कार्यकाल सकिने भएपछि १९ पुसदेखि नै तत्कालिन अध्यक्ष चिरञ्जीवि चापागाईं बिदा बसेका थिए । समितको अध्यक्ष नै कार्यकारी भूमिकामा रहने भएका कारण चाडै नियुक्त गर्नुपर्ने भए पनि सरकारले अझै नियुक्त गर्न सकेको छैन । अर्थमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गर्नसक्ने कानूनी व्यवस्था रहेको छ । चार वर्ष अघि तत्कालिन… पुरा पढौ

डिम्याट खाता खोल्ने २५ लाख नाघे, इन्फ्रास्ट्रक्चरको आईपीओले नयाँ रेकर्ड बनाउने पक्का

काठमाडौं, ४ माघ । डिम्याट खाता खोल्ने २५ लाख भन्दा धेरै पुगेका छन् । शेयर बजारका लगानीकर्ताहरुको सम्पूर्ण लेखाजोखा राख्ने सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार अहिलेसम्म डिम्याट खाता २५ लाख ३ सय ४५ पुगेका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो परिमाणको आईपीओ निष्काशन शुरु गरेको छ । यो आईपीओको आकर्षणले गर्दा पनि धेरै डिम्याट खाताहरु खुलेका हुन् । सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पुर्णप्रसाद आचार्य अहिले सेयर बजारमा जागरण आएको बताउछन् । सफल आवाजसँगको… पुरा पढौ

अब शेयर कारोबार २ दिनमै राफसाफ, आगामी सातादेखि ‘टी प्लस टू’

काठमाडौं, ४ माघ। अब शेयर कारोबार २ दिनमै राफसाफ हुने भएको छ । शेयर लगानीकर्ताहरुको माग अनुसार सीडीएस एण्ड क्लियरिङ लिमिटेडले ‘टी प्लस टू’ अनुसार २ दिनमै राफसाफ हुने व्यवस्था मिलाएको हो । सीडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यका अनुसार आगामी ११ गतेदेखि यो व्यवस्था लागु हुनेछ । सीडीएस एन्ड क्लियरिङ र ब्रोकर कम्पनीहरुबीच भएको सहमति अनुसार आगामी माघ ११ गतेदेखि टि प्लस टु लागु हुने भएको हो । ‘टी प्लस टु’ लागू भएपछि शेयर खरीदबिक्री गरेपछिको अर्को २… पुरा पढौ

आयोजना प्रभावितका लागि सिंगटी हाइड्रोको आईपीओ खुल्यो

काठमाडौं, ४ माघ । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले आज आइतबारबाट आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड ५० लाख रुपैयाँबराबरको १४ लाख ५० हजार कित्ता आईपीओ स्थानीयहरुलाई बिक्री गर्न लागेको हो । कम्पनीले निष्कासन गर्न लागेको आइपीओमा स्थानीयले छिटोमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त अवधिमा सबै शेयर… पुरा पढौ