मुख्य समाचार

सर्वोच्चले संसद विघटन सदर गरे चुनाव निर्धारित मितिमै हुन्छ: तिमिल्सिना

पोखरा, २ माघ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बहुमतको सरकार देशमा ५ वर्ष पनि नटिक्नु विडम्बना भएको बताएका छन् । उनले अहिलेको परिस्थितिमा यदि सर्वोच्च अदालतले संसद विघटन सदर गर्‍यो भने चुनावमा जानैपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ कस्की शाखाकोे शुक्रबार १५ औं साधारण सभाको उद्घाटन तथा पुरस्कार एवं सम्मान समारोहमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सो कुरा बताएका हुन् । उनले भने, ‘संसद विघटनको मुद्दा हाल विचाराधीन रहेकोले चुनाव हुन्छ वा हुँदैन भनी अनावश्यक प्रचारवाजी गर्नु हुँदैन ।… पुरा पढौ

नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे ८ अर्ब रुपैयाँको आइपीओ आज निष्काशन हुँदै

काठमाडौं, २ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आजबाट सर्वसाधारणका लागि शेयर (आइपीओ) निष्काशन गर्दैछ । बैंकले निष्काशन गर्न लागेको आइपीओ अहिलेसम्मकै ठूलो हो । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता शेयर निष्काशन गर्न लागेको हो । चुक्ता पूँजी २० अर्बको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको प्रतिशेयर रुपैयाँ १०० अंकित दरले ८ करोड कित्ता शेयरमा ०.२० प्रतिशतले हुने १ लाख ६० हजार कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको छ । ५ प्रतिशतले हुने ४० लाख कित्ता शेयर… पुरा पढौ

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडाैं, २ माघ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो । यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते… पुरा पढौ

ट्रम्पविरुद्धको महाअभियोग हाउसबाट पारित

बोस्टन, अमेरिका, २ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चार वर्षे अवधिमा दुईपल्ट महाअभियोग लागेको पहिलो राष्ट्रपति बनेका छन् । कार्यकाल एक साता मात्र बाँकी रहेका ट्रम्प जाँदाजाँदै महाअभियोगको दाग बोकेर बाहिरिने भएका छन् । हिंसालाई प्रश्रय दिएको गम्भिर आरोप लागेका ट्रम्पविरुद्धको महाअभियोग अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट बहुमतले पारित भएको हो । बुधबार हाउसमा भएको मतदानमा महाअभियोगको पक्षमा २३२ र विपक्षमा १९७ मत परेको थियो । ट्रम्पलाई महाअभियोग लगाउन उनकै पार्टी रिपब्लिनकका १० सांसदले समेत मत दिएका… पुरा पढौ

प्रतिनिधिसभा विघटनको सिफारिश गर्दा राजनीतिक विषयका रुपमा व्याख्या गर्न नहुने जिकिर

काठमाडौं, २ माघ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश, संवैधानिक कानूनका जानकार, वरिष्ठ अधिवक्तालगायतले प्रतिनिधिसभाको विघटन संविधानको अक्षर र मर्मविपरीत रहेको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल बुद्धिजीवी सङ्गठनले अयोजना गरेको कार्यक्रममा उनीहरुले संविधानको कुनै पनि धारामा बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने जिकिर गरे । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्रलाल दासले प्रधानमन्त्रीले संविधानको जुन धाराको आधार टेकेर प्रतिनिधिसभा विघटनको सिफारिश गर्नुभयो, सोही धाराले वर्तमान अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नसकिने स्पष्ट व्यवस्था गरेको छ भने । प्रधानमन्त्रीले हुँदै नभएको अधिकार प्रयोग गरेको… पुरा पढौ

पर्यटनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक

काठमाडौं, १ माघ । कोभिड–१९ महामारीपछिको पर्यटन सेवालाई स्वास्थ्य, स्वच्छता र गुणस्तरीय बनाउन सेवा सञ्चालनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी निर्देशिका (एचएचएक प्रोटोकल म्यानुअल) सार्वजनिक गरिएको छ । पर्यटन पुनरोत्थान कार्यदल ‘टुरिजम रिकोभरी टास्कफोर्स’ नेपाल (टिआरटिएफ नेपाल)ले जीआइजेडको प्राविधिक सहयोग र गेट फाउण्डेशनको सहकार्यमा पर्यटन सेवा सञ्चालनका लागि सुरक्षा मापदण्ड बनाएको हो । उक्त संस्थाको भर्चुअल रुपमा आयोजित कार्यक्रममा नेपालस्थित जर्मन राजदूतावासका विकास सहायता विभागका प्रमुख डा स्टेफेन रोसेक र कार्यदलका संयोजक तथा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत… पुरा पढौ

नेपालमा विकसित योग अन्तर्राष्ट्रियकरण भएकाे छःप्रम ओली

काठमाडाैं, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिबाट विकसित योग अहिले अन्तर्राष्ट्रियकरण भएको बताएका छन् । राष्ट्रिय योग दिवस मूल समारोह समितिकाे आयोजनामा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले शरीरलाई चुस्तदुरुस्त राख्न र प्रतिरोधी क्षमता तथा बहन गर्न एवं सहन शक्तिको विकास गरी गतिवान् जीवन पद्धतिका लागि नेपालका पूर्वजले विकास गरेको योग नै अन्तर्राष्ट्रियकरण भएको स्पष्ट गरे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावका आधारमा सन् २०१४ देखि हरेक जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने… पुरा पढौ

परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने

काठमाडौं, १ माघ । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज बिहान भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । आजैदेखि प्रारम्भ हुने उक्त बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयका साथै व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुने छ । मन्त्री ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री जयशङ्कर सुब्रमहण्यमले बैठकको सहअध्यक्षता गर्नेछन् । नयाँदिल्लीमा रहँदा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र… पुरा पढौ

भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु

काभ्रेपलाञ्चोक, १ माघ । बनेपा नगरपालिका–१० भैँसेपाटीमा अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को निर्माणार्थ प्रक्रिया थालिएको छ । यसका लागि वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) र इआइए बोलपत्रको प्रक्रिया शुरु गरिएको चलचित्र विकास बोर्डले जनाएको छ । बनेपास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’ निर्माणको प्रक्रियागत काम शुरु भएको बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिए। “भैँसेपाटीमा सबैभन्दा पहिला सुटिङका लागि एउटा भवन निर्माण हुनेछ, त्यसपछि क्रमशः सुटिङका लागि आवश्यकीय भवनलगायतका संरचना बन्दै जानेछन्”, उनले भने । उनका अनुसार ‘आउटडोर’ र यहाँबाट देखिने वातावरणीय… पुरा पढौ

काठमाडौंकाे ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान हुँदै

काठमाडौं, १ माघ । काठमाडौं महानगरपालिकाले उज्यालो काठमाडौं कार्यक्रमअन्तर्गत करिब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पुर्रयाएको छ । यसअन्तर्गत करिब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिने बत्ती (हाइमास्ट लाइट) जडान गर्नेलगायतका केही महत्वपूर्ण कामलाई द्रुतगतिमा अघि बढाइएको छ । यातायात व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न, सामाजिक सुरक्षालगायतका सेवा सुविधालाई चुस्तदुरुस्त राख्न र शहरी सौन्दर्य अभिवृद्धि गर्न मुख्य–मुख्य सडकमा करिब एक हजार ७५० आधुनिक बत्ती जडान गर्ने काम बोलपत्र आह्वानको चरणमा पुगिसकेको कामपाले जनाएको छ… पुरा पढौ