मुख्य समाचार

कुनै विकल्प नभएपछि भारी मनले ताजा जनादेश लिने निर्णय भयाे : प्रधानमन्त्री ओली

काठमाडौं, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको भविष्य जोगाउने अरु कुनै विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको बताएका छन् । विघटित प्रतिनिधिसभाका सदस्यको आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्नेक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले मुलुकको उन्नतिका लागि गरिएका हरेक काममा अवरोध आएको तथा पार्टीका एकथरी नेताले जनादेश बिर्सेर सधैंँ सरकारका काममा अवरोध मात्रै आएको जनाउँदै पार्टीको आन्दोलन र भविष्य जोगाउन अरु कुनै विकल्प नभएपछि जनतामा जाने निर्णय गर्नुपरेको स्पष्ट गरे… पुरा पढौ

४२ मेगावाट क्षमताको मिस्ट्रीखोलाको विद्युत उत्पादन एक महिनाभित्र

म्याग्दी, ६ पुस । म्याग्दीको अन्नपूर्ण–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजनाले अबको एक महिनाभित्र उत्पादन शुरु गर्ने तयारी गरेको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीको बाँध, सुरुङ, क्यानल निर्माण, पेनस्टक पाइप र विद्युत्गृहमा उपकरण जडान सकिएको छ । निर्मित संरचना र जडान भएका उपकरणको परीक्षण शुरु गरिएको आयोजनाका परामर्शदाता इञ्जिनीयर दिवाकर खड्काले बताए। संरचना बनाउने र उपकरण जोड्ने काम सकिएको छ”, उनले भने “बनाएका र जोडिएका संरचना ठीक भए नभएको परीक्षणको चरणमा छौँ ।”… पुरा पढौ

हल्लाको पछि नलागौं, शेयर बजारले गति लिन्छ: सभापति पौडेल

काठमाडौं, ६ पुस । नेपाल उद्योग वाणिज्य महासंघको हालै गठित मुद्रा तथा पुँजी बजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलले शेयर बजारले आज भोलि नै गति लिने बताएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमको असर आइतबारको शेयर बजारमा देखिएको उनले बताए । आइतबार शेयर बजारमा ९६ अंकको भिषण पहिरो नै गएकाे थियाे । प्रतिनिधिसभा विघटन भएपछि लगानीकर्ताहरु आत्तिएको अवस्था छ । बेच्नेहरुको भीड देखिदा आइतबारको बजारमा निकै ठूलो नकारात्मक असर पर्यो । तर सधै यस्तो नहुने सभापति पौडेलको तर्क छ । सफल आवाजसँगको… पुरा पढौ

करिब १४ हजारले लिए १ अर्ब ३५ करोड कोरोना बीमा भुक्तानी

काठमाडौं, ६ पुस । करिब १४ हजार कोरोना संक्रमितले कोरोना बीमा वापतको रकम भुक्तानी पाएका छन् । पछिल्लो समय बीमा कम्पनीहरुले भुक्तानीको दर बढाएका हुन् । आइतबार साझसम्म १३ हजार ८ सय ४८ जनाले भुक्तानी पाइसकेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । कार्यकारी निर्देशक पौडेलका अनुासर २ हजार ४ सय ३३ जनाले पनि आज र भोलिमा नै पाउने गरी काम भइरहेको छ । हालसम्म १ अर्ब ३५ करोड १८ लाख ७५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।अन्य… पुरा पढौ

सानिमा बैंकको ऋणपत्रमा परेन पर्याप्त आवेदन, म्याद थपियो

काठमाडौं, ६ पुस । सानिमा बैंकको ऋणपत्रमा पर्याप्त आवेदन नपरेपछि म्याद थपिएको छ । माग भए अनुसारको पनि आवेदन नपरेपछि ऋणपत्रमा १५ पुससम्म आवेदन दिन सकिने गरी म्याद थपिएकोह ो । सानिमा बैंकले पुस १ गतेदेखि वार्षिक ८.५० प्रतिशत ब्याज पाइने ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन मागेको थियो । १० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ। प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यको ४ अर्ब… पुरा पढौ

ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध उनकै पार्टीका ९० जना बहुमत सांसदले प्रचण्डको नेतृत्वमा आईतबार अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन सिफारिस गरिएको छ । अविश्वास प्रस्तावमा संविधानको धारा १०० को उपधारा ५ बमोजिम प्रचण्डलाई प्रधानमन्त्री बनाउन सिफारिस गरिएको छ । अविश्वासको प्रस्तावमा प्रधानमन्त्री ओली प्रधानमन्त्री भईरहँदा संविधानमाथि प्रहार भईरहने तथा त्यसबाट देशले क्षति व्यहोर्ने उल्लेख गरिएको छ । धारा १०० को उपधारा ५ मा यस्तो लेखिएको छ : केहि समय अगाडीदेखि नेकपाका… पुरा पढौ

प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन

काठमाडाैं, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर मुलुकको सुरक्षा चुनौतीका विषयमा छलफल गर्दै उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएका छन् । छलफलमा प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको सहभागिता थियो । यसैबीच संसद् विघटनपछि मुलुकमा उत्पन्न परिस्थितिका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने निष्कर्षका साथ नेपाल प्रहरीले मातहतका कार्यालयलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ । नेपाल प्रहरीका… पुरा पढौ

अमेरिकामा अहिलेसम्मकै ठूलो साइबर हमला

बोस्टन, अमेरिका, ६ पुस । अमेरिकी सरकार मातहतका निकायहरुमा अहिलेसम्मकै ठूलो साइबर हमला भएको छ । यहाँको वाणिज्य मन्त्रालय र उर्जा मन्त्रालयमा साइबर हमला भएको हो । यद्यपी यस्तो हमलाको क्षतिबाट ठूलो असर भने नपरेको अमेरिकी दावी छ । ऊर्जा मन्त्रालयले साइबर हमला भए पनि परमाणु हतियार सम्बन्धमा कुनै असर नपरेको बताएको छ । ऊर्जा मन्त्रालयले अमेरिकाका सबै परमाणु हतियारको रेखदेख गर्ने उच्च निकाय हो । “अमेरिकी सरकारका कुनै निकायमाथि अहिलेसम्मकै ठूलो साइबर हमला भएको छ । यद्यपी यसबाट परमाणु… पुरा पढौ

प्रधानमन्त्री ओलीको कित्तामा बलियाे भएर उभिए गृहमन्त्री थापा र उद्योग मन्त्री भट्ट

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको विपक्षमा उभिदैं ७ जना मन्त्रीहरुले पदबाट सामुहिक रूपमा राजिनामा दिए पनि प्रधानमन्त्री ओलीका केहि प्रभावशाली मन्त्रालय सम्हालेका मन्त्रीहरु ओलीकै कित्तामा उभिएका छन् । गृहमन्त्री रामबहादुर थापा वादल तथा उद्योगमन्त्री लेखराज भट्ट तत्कालिन माओवादी एकिकरणपछि बनेको माओवादी केन्द्र र अहिलेको नेकपाका प्रभावशाली नेता र मन्त्री हुन । दुवैजना प्रचण्डको कार्यशैलीलाई त्यति नरुचाएका नेताहरु हुन । जो अहिले प्रधानमन्त्री ओलीको पक्षमा दरिलो भएर उभिएका छन् । उता प्रचण्ड र माधव नेपाल पक्षधर… पुरा पढौ

सरकारलाई आवश्यक साथ चाहिएको हो, अनावश्यक होईन : प्रधानमन्त्री ओली

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धक्क भएर निर्वाचनको तयारीमा लाग्न निर्वाचन आयोगका आयुक्तहरुलाई निर्देशन दिएका छन् । सरकारलाई आवश्यक साथ चाहिएको हो, अनावश्यक होईन, प्रधानमन्त्री ओलीले भने, सरकार निर्वाचनमा गराउने बाटोमा लागेकोले आयोगको ध्यान निर्वाचनमा केन्द्रीत हुनुपर्छ । छलफलका क्रममा प्रधानमन्त्री ओलीले भने, लोकतन्त्र पक्षधरहरुले निर्वाचनको विरोध गर्दैनन्, विरोध गर्नेहरु लोकतन्त्रका पक्षधर हुन सक्दैनन् । निर्वाचनका लागि रकमको अभाव भए अर्थमन्त्री विष्णु पौडेल तथा सुरक्षाका काम कारबाहीको लागि गृहमन्त्री राम बहादुर थापा वादलसँग समन्वय गर्न भनेका आयोग… पुरा पढौ