मुख्य समाचार

बालाचतुर्दशी पर्व, पशुपतिमा महादीपदान नहुने

काठमाडौं, २७ मङ्सिर । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदैछ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौं भक्तजन आउने गरेकामा यसवर्ष पशुपतिनाथमा भने मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बाला चतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यसवर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए । आज दीपदान… पुरा पढौ

मेलम्ची खानेपानी आयोजनाको सुरुङको अध्ययन गरिँदै

काठमाडौं, २६ मङ्सिर । मेलम्ची खानेपानी आयोजनाको सुरुङकाे द्वार पुनः हाल्ने कामसँगै त्यहाँका सबै पूर्वाधार ठीक छ-छैन भनी अध्ययन शुरु भएको छ । दातृ निकायले चारजनाको टोली पठाएको सुरुङमा गेटसँगै अरू पूर्वाधारको अध्ययन अघि बढाइएको हो । सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पठाइएकाेमा असार ३० मा दुर्घटना भएको थियो । त्यसपछि उक्त द्वार निर्माण गर्ने कम्पनीले त्रुटि सच्याउने काम गरिरहेको छ । सुरुङमा पुनः पानी पठाएर परीक्षण गर्नु पहिले दातृ निकायले त्यसको अवस्थाको अध्ययन गर्न थालेको… पुरा पढौ

जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउन छलफल

काठमाडौं, २६ मंसिर । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप ल्याउने कार्यको प्रगतिका विषयमा विभिन्न मन्त्री र सचिवसँग आज छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मन्त्री पोखरेलले आज गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन तथा सङ्घीय मामिला, स्वास्थ्य तथा जनसङ्ख्या र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री, मुख्यसचिव र सचिवसँग जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउनेबारे सरकारका निर्णय र त्यसमा भइरहेको प्रगतिबारे छलफल गरेका हुन् । “समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको हो”, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का… पुरा पढौ

नेपालमा कोभिड-१९ निको हुने दर ९४ प्रतिशत बढी

काठमाडौं, २६ मङ्सिर । नेपालमा कोभिड–१९ निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ । विश्वमा ६ करोड ९२ लाख ५४ हजार ३०० सङ्क्रमित भएका अवस्थामा चार करोड ८० लाख नौ हजार ४३७ जना निको भएका छन् । बिहीबारसम्मको तथ्याङ्कानुसार नेपालमा दुई लाख ४५ हजार ६५० सङ्क्रमितमध्ये दुई लाख ३१ हजार ६०१ जना निको भई घर फर्किसकेका… पुरा पढौ

अरुणभ्याली हाईड्रोपावरको शेयर कारोबार आईतबारबाट

काठमाडौं, २६ मंसिर । अरुणभ्याली हाईड्रोपावर कम्पनीको शेयर कारोबार आईतबारबाट खुला हुँदैछ । नेप्सेमा कम्पनीको शेयर मूल्य समायोजन भएपछि शेयर कारोबार खुला हुन लागेको हो । नेप्सेमा अरुण भ्याली हाईड्रोपावरको ५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको छ । समायोजनपछिको मूल्य २३४ रुपैयाँ कायम गरिएकाे छ । साधारण सभाको प्रयोजनार्थ आजबाट बुक क्लोज भएको छ । अरुणभ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको २३ औं साधारण सभा पुस ८ गते डाकिएको छ । कोभिड १९ को संक्रमणको कारण साधारण सभा भर्चुअल हुने भएको… पुरा पढौ

तीन करोड ५० लाखको लगानीमा कस्तूरीको प्रजनन केन्द्र बन्दै

जाजरकोट, २६ मङ्सिर । व्यावसायिकरूपमा कस्तूरी पाल्न जाजरकोटको बारेकोट गाउँपलिकाको सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाको काम तीव्ररूपमा अगाडि बढेको छ । रु तीन करोड ५० लाखको लगानीमा राष्ट्रिय प्रकृति संरक्षण कोषले काम अगाडि बढाएको छ ।अघिल्लो आर्थिक वर्षदेखि शुरु गरिएको काम अहिले तीव्ररूपमा अगाडि बढेको छ । कस्तूरी मृग पाल्न चाहनेलाई बीउ प्राणी उपलब्ध गराउन सरकारले जाजरकोट सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाका लागि काम जारी राखेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए । अहिले प्रजनन केन्द्रका लागि… पुरा पढौ

डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकासमा राष्ट्र बैंक प्रतिबद्ध छ : गभर्नर अधिकारी

काठमाडौं, २६ मङ्सिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवद्र्धनका लागि नेपाल राष्ट्र बैंकले योजनाबद्ध प्रयास गरिरहेको बताएका छन् । सिङ्गापुर फिन्टेक महोत्सव–२०२०’ लाई श्रव्यदृश्यका माध्यमबाट आज सम्बोधन गर्दै उनले ‘डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकासमा राष्ट्र बैंक प्रतिबद्ध’ रहेको बताए । संयुक्त राष्ट्रसङ्घीय पूँजी विकास कोष र सिङ्गापुर मनिटरी अथोरिटीले यही मङ्सिर २२ गतेदेखि उक्त महोत्सवको आयोजना गरेको हो । कृषि र खाद्य प्रणालीमा डिजिटल बैंकिङले पु¥याउन सक्ने सहयोग’ विषयमा… पुरा पढौ

महुली लघुवित्तको शेयर काराेबार आइतबारदेखि शुरू हुने

काठमाडौं, २६ मंसिर । महुली लघुवित्तको ६ लाख ४२ हजार २०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । अब आइतबारदेखि शेयरकाे काराेबार पनि शुरू हुने भएकाे छ । नवकिरण लघुवित्त र महुली लघुवित्त एकापसमा गाभिएपछि नवकिरण लघुवित्तकाे शेयर महुलीको नामबाट सूचीकृत भएको हो । शेयर नेप्सेमा सुचिकृत भएपछि अब नवकिरणका शेयरधनीले महुली लघुवित्तको नामबाट शेयरकाे कारोबार गर्नेछन् । दुवै लघुवित्त एकापसमा गाभिएपछि उनीहरूकाे एकिकृत काराेबार मंसिर ८ बाट शुरू भएको थियाे । मर्जकाे कारण राेकिएकाे महुलीकाे शेयर काराेबार आइतबारदेखि खुला… पुरा पढौ

कोरोना बीमा : १७ हजार बढीको कागजात पूरा

काठमाडाैं, २६ मंसिर । कोरोना बीमामा बीमकले रकम नपाएको भन्दै गुनासो आएपछि सरकारको निर्देशनअनुसार नै बीमा समितिले थप सहजीकरण गरिरहेको छ । समितिले पछिल्लो विवरणबारे जानकारी दिँदै कूल १७ हजार २३५ बराबरको दाबीमा कागजात पूरा भएको जनाएको छ । यस्तै भेरीफिकेशनका लागि स्वास्थ्य सेवा विभागमा चार हजार १५२ दाबी पठाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट भेरिफिकेशन भएर आएका सङ्ख्या भने दुई हजार ४९३ रहेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना बीमामा व्यापक गुनासो आएपछि दुईपटक समितिलाई सहजीकरणका लागि निर्देशन… पुरा पढौ

डिआइजी पोखरेल एआइजीमा बढुवा

काठमाडाैं, २६ मंसिर । सरकारले प्रहरी नायब महानिरीक्षक(डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को हिजाेकाे बैठकले उनलाई एआइजीमा बढुवा गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । सरकारले केही समयअघि नेपाल प्रहरीको सङ्गठनमा पाँच प्रहरी नायब महानिरीक्षक( डिआइजी) र एक एआइजीको दरबन्दी थप गरेको थियो । अघिल्लो हप्ता गृह मन्त्रालयले एआइजीमा बढुवाका लागि डिआइजी पोखरेलको नाम सिफारिस गरेको थियो । पुरा पढौ