मुख्य समाचार

द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा : मन्त्री वेइ

काठमाडौं, १४ मंसिर । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट पारे। चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ… पुरा पढौ

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौं, १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल बिजयी भएका छन् । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्दी किशोर  प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । आइतबार बिहानको मतपरिणाम अनुसार चन्द्र ढकालले कुल मतभारमा ५४.२६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी किशोर प्रधानलले समग्र ४५.७४ मत मात्र ल्याउन सके । एशोसियटमा ढकालले ५२२ र प्रधानले ३७५, बस्तुगतमा ढकालले ५९ र प्रधानले ३९ तथा जिल्लानगरतर्फ ढकालले ५२ र प्रधानले ५३ मत ल्याएका छन्… पुरा पढौ

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने विश्वास

काठमाडौं, १४ मङ्सिर । चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहेको आज हुन लागेको एकदिवसीय कार्यगत भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भई द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ । तत्कालीन रक्षामन्त्रीको निमन्त्रणामा हुन लागेको यो भ्रमण शताब्दीऔं पुरानो समस्यारहित नेपाल–चीन सम्बन्ध परिवर्तित वर्तमान सन्दर्भमा अर्थपूर्ण मानिएको छ । नेपालबाट दुईपटक रक्षामन्त्रीको चीन भ्रमण भएकाे छ ।बेइजिङबाट पनि रक्षामन्त्रीको भ्रमण हुनुलाई असामान्य मान्नुपर्दैन । एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौं आइपुग्ने चिनियाँ… पुरा पढौ

एशाेसियट उपाध्यक्षमा ढकाल समूहका रामचन्द्र निर्वाचित

काठमाडौ, १४ मंसिर । नेपाल उद्योग बाणिज्य महासंघकाे एशाेसियट तर्फ उपाध्यक्षमा ढकाल समूहले जित हासिल गरेकाे छ । काठमाडौमा अाइतबार रातिकाे मतगणनाअन्तर्गत ढकाल प्यानलका रामचन्द्र संघाईले २१ मत अन्तरले साैरभ ज्याेतिलाई हराउँदै चुनाव जितेका हुन् । विजय रामचन्द्रले कुल मतकाे ४५५ मत ल्याउँदा उनका प्रत्यासि प्रधान प्यानलका साैरभ ज्याेतिले ४३४ मत ल्याएका छन्। १ मत मात्र बदर भएकाे थियाे । चुनावमा प्रधान प्यानलले जिल्ला नगर उपाध्यक्ष तथा बस्तुगत उपाध्यक्ष जित्दै अधिकांश पदमा जित हासिल गरेकाे छ । पुरा पढौ

जिल्ला नगरमा किशोर प्रधान समूहकाे वर्चश्व

काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको आज सम्पन्न निर्वाचनको जिल्ला नगरकाे मत परिणाम हेर्दा किशाेर प्रधान समूहकाे वर्चश्व देखिएकाे छ । १८ सदस्यका लागि ३८ जनाले उम्मेदवारी दिएकाेमा ११ जना किशोर प्रधान समूह र ७ जना चन्द्रप्रसाद ढकाल समूहबाट विजयी भएका छन् । प्रधान समूहबाट विजयी हुनेमा राजन श्रेष्ठ ७९, तारानाथ घिमिरे ७२ मत, शोभाकान्त पौडेल ७० मत, कमल कुमार श्रेष्ठ ७० मत,  गजेन्द्र कुमार भगत ६८ मत, चक्र बहादुर अधिकारी ६७ मत, अरुणराज सुमार्गी ६६ मत, देव… पुरा पढौ

जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी

काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन् । बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधान समूहबाट जिल्ला नगर उपाध्यक्षमा उम्मेदवार बनेका श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले ५८ मत ल्याएर चन्द्र ढकाल समूहका गुणनिधी तिवारीलाई पराजित गरेका छन् । तिवारीकाे मत ४७ रहेकाे छ । पुरा पढौ

उद्योग वाणिज्य महासंघमा बस्तुगततर्फ दुवै प्यानलका ७/७ जना विजयी, उपाध्यक्षमा अञ्जन श्रेष्ठको जित

काठमाडौं, मंसिर १३ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । पछिल्लो क्रममा बस्तुगत तर्फको नतिजा प्राप्त भएको छ । वस्तुगततर्फ उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ प्रधान समूहका हुन् । श्रेष्ठले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई हराएका हुन । श्रेष्ठले ६२ मत ल्याए भने उमेशलाल श्रेष्ठले ३७ मत ल्याए । बस्तुगततर्फ दुवै प्यानलका सात-सात जना सदस्य विजयी भएका छन् । विजयी हुनेहरूमाः ढकाल समुहबाट नरेश लाल श्रेष्ठ ७२, सुमित कुमार केडिया ६६, आकाश अधिकारी… पुरा पढौ

उद्योग वाणिज्य महासंघमा प्रदेशतर्फ को को भए विजयी ?

काठमाडौं, १३ मंसिर । नेपाल उद्योग बाणिज्य महासंघमा केन्द्रीय सदस्य पदमा गण्डकी प्रदेशबाट बाबुराम गिरि निर्वाचित भएका छन् । महासंघको ५४ औं साधारणसभा तथा अधिवेशनअन्तर्गत शनिबार काठमाडौंमा भएको मतदानमा गिरिले आफ्ना प्रतिद्वन्द्वी बागलुङका निर्माण श्रेष्ठलाई मात्र ३ मतले पराजित गरेका हुन् । कुल १५ मतदातामध्ये विजयी गिरिले ९ मत प्राप्त गरेका थिए । महासंघको गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा १५ वटा जिल्ला नगर उद्योग बाणिज्य संघका अध्यक्षहरुले भोट गर्न पाउने व्यवस्था भएअनुरुप सत्प्रतिशत १५ मत खसेको थियो । गिरि लेखनाथ उद्योग… पुरा पढौ

नेपाल उद्याेग वाणिज्य महासंघकाे आज सम्पन्न निर्वाचनको मतगणना भइ रहेको स्थलकाे दृश्य

काठमाडाैं, १३ मंसिर । नेपाल उद्याेग वाणिज्य महासंघकाे आज सम्पन्न भएकाे निर्वाचनकाे मतगणना भइरहेको स्थल प्रज्ञा भवन हलकाे दृश्य ।फाेटाेःसफल आवाज पुरा पढौ

उद्योग वाणिज्य महासंघमा ढकाल समूहले खोल्यो खाता, संस्थापक संघतर्फबाट दामु विजयी

पोखरा, १३ मंसिर । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको शनिबार भएको निर्वाचनमा पोखराका दामु अधिकारी संस्थापक संघतर्फबाट विजयी भएका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष अधिकारीले चितवनका उत्तमलाल चुकेलाई मात्र २ मतले पराजित गरेका हुन् । विजयी अधिकारीले ७ मत प्राप्त गरेका हुन् । उनको जितसँगै महासंघका वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल प्यानलले खाता खोलेको छ । महासंघको शनिबार भएको मतदान प्रक्रियामा सतप्रतिशत मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । मतगणना जारी छ । पुरा पढौ