मुख्य समाचार

प्रविधिको कमाल शेयर बजारमा देखियोः सीईओ साउद

काठमाडौं, १६ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पछिल्लो समय शेयर बजार बढ्नुमा प्रविधिको अहम भूमिका रहेको बताएका छन् । केहि दिन यता शेयर बजारमा दिनदिनै रेकर्ड ब्रेक भएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।‘अहिले बजारमा निकै बढिरहनुको खास कारण के होला ?’ भन्ने सफल आवाजको प्रश्नमा नेप्सेका सीईओ साउदले अनलाइन कारोबार प्रणालीका कारण शेयर बजारमा आकर्षण देखिएको बताए । देशदेखि विदेशसम्मका लगानीकर्ताहरुले कारोबार गरेका बजार उचालिएको उनको भनाई छ । ‘यो सबै प्रविधिको कमाल… पुरा पढौ

कोही गम्भीर विरामी नहुने नयाँ गुण मोडेर्नाको खोपले देखायो,प्रमुख डाक्टर किन रोए ?

बोस्टन, अमेरिका, १६, मंसिर । अमेरिकी बायोटेक कम्पनी मोडेर्नाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप सतप्रतिशतसम्म प्रभावकारी भएको नयाँ तथ्य सार्वजनिक भएको छ । यो खोपले कोरोनाबाट संक्रमित कोही पनि गम्भीर विरामी नहुने नयाँ तथ्य पत्ता लागेको हो । यस्तो दर सतप्रतिशत रहेको कम्पनीले दावी गरेको छ । हालसम्मको अनुसन्धानका क्रममा यो कम्पनीको खोप निकै प्रभावकारी र सुरक्षित रहेको ठानिएको छ । खोप विकासको पछिल्लो नतिजासगै मोडेर्नाले खोप आकश्मिक प्रयोगको अनुमतिका लागि सोमबार अमेरिकी खाद्य तथा औषधी प्रशासनसमक्ष आवेदन दिने भएको… पुरा पढौ

सजगता अपनाएर लगानी गर्न नेपाल धितोपत्र बोर्डकाे आग्रह

काठमाडौं, १६ मङ्सिर । पछिल्ला दिनमा शेयर बजारमा नेप्से लगातार उकालो लागेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले सजगता अपनाएर मात्रै धितोपत्रमा लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको छ । बोर्डका प्रवक्ता निरज गिरीले धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानको पछाडि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत सङ्गठिन संस्थाको वित्तीय अवस्थाको विश्लेषण गरेर मात्रै लगानी गर्न आग्रह गरे । बोर्डका प्रवक्ता गिरीद्वारा जारी विज्ञप्तिअनुसार संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता तथा आफ्नो लगानीको सुरक्षालाई समेत दृष्टिगत… पुरा पढौ

अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण

काठमाडौं, १६ मङ्सिर । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत विवरण सच्याइएको छ । नेपाली मूलका एक समाजसेवीको पहलमा त्यहाँको शिक्षा विभागअन्तर्गत कक्षा ६ र ९ को ‘सामाजिक शिक्षा र कला तथा प्रविधि’ कक्षा ११ र १२ को ‘विश्वव्यापी इतिहास’ विषयमा भएका ‘बुद्ध वाज बर्न इन इण्डिया’ जस्ता गलत विवरण सच्याइएको हो । समाजसेवी तथा क्विन्स कम्युनिटी वोर्ड–५ का सदस्य ज्ञानल थापाको पहलमा सो राज्यको शिक्षा विभागले त्रुटि सच्याउने… पुरा पढौ

न्याय परिषद् सदस्यमा श्रेष्ठ नियुक्त

काठमाडौँ, १५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम सुनसरी जिल्ला, धरान निवासी वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठलाई (प्रपनं ९२)लाई न्याय परिषद् सदस्यमा नियुक्त गर्नुभएको छ ।संविधानको धारा १५३ उपधारा (१)को खण्ड ङ दफाबमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । पुरा पढौ

एकै दिन २५० बढी स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास

काठमाडाैं, १५ मङ्सिर । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ३९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ । यस अनुसार आज एकै दिन २५० बढी स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास भएकाे छ । चालु आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरुप चालु आवमा ३९६ स्थानीय तहमा अस्पताल भवन निर्माण गर्न लागिएको हो । आज एकै दिन २५० बढी स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास भएको… पुरा पढौ

नेप्से २८.७९ अंकले बढ्यो,८ अर्ब ८६ करोड बढीको कारोबार

काठमाडौं, १५ मंसिर । साताको दोस्रो दिन नेप्से २८.७९ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २८.७९ अंकले बढेर १ हजार ९ सय ९७ दशमलब ५ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.६३ विन्दुले बढेर ३८५.५६ मा पुगेको छ । दिनभरमा ८३ हजार ५ सय ६७ कारोबारबाट १९८ कम्पनीका २ करोड ५१ लाख ९१ हजार ३ सय १९ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ८ अर्ब ८६ करोड ७७ लाख १४… पुरा पढौ

गण्डकीमा कोरोना संक्रमण, छैन नियन्त्रणमा

पोखरा, १५ मंसिर । गण्डकी प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै ५ हजार पुगेको छ । तीमध्ये कास्कीमै ३४ सय नाघेका छन् । प्रदेशका कुल संक्रमित ११ हजार ९ सय ६७ जना पुगेकोमा ७ हजार जना निको भएका हुन् । अस्पतालमा बेड अभावमा अधिकांश होम आइसोलेसनमै बस्न बाध्य छन् । प्रदेशमा विभिन्न जिल्लाको तुलनामा कास्कीमै ७० प्रतिशत संक्रमित छन् । प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार आइतबारमात्र प्रदेशमा ५१६ पीसीआर परीक्षणमध्ये करिब २० प्रतिशत अर्थात १०५ संक्रमित थपिएसँगै प्रदेशमा कुल संक्रमितको… पुरा पढौ

अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाईनेःअर्थमन्त्री पौडेल

काठमाडौं, १५ मङ्सिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध भएर लागिपरेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३ औं वार्षिकोत्सव तथा २२औँ वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा उनले सरकार मात्रैले कोभिडले सिर्जना गरेको चुनौतीलाई सामना गर्न नसक्ने भएकाले निजी क्षेत्रको बलियो साथ र सहयोग जरुरी रहेको बताए । सरकारको सामथ्र्यका आधारमा मुलुकका सामु देखिएको चुनौतीलाई चिरेर अगाडि जान सकिने उल्लेख गरे । उनले… पुरा पढौ

हिमालयन बैंकले २० प्रतिशत लाभांश दिने

काठमाडौं, १५ मंसिर । हिमालयन बैंकले २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर रहेको छ । ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्तापूँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । पुरा पढौ