मुख्य समाचार

स्ट्याण्डर्ड चार्टर्ड र सेञ्चुरीले बढाउन सकेनन् मूनाफा, अधिकांश सूचक गिरावट

काठमाडौं, २८ कात्तिक । विदेशी लगानीको स्टाण्डर्ड चार्टड बैंक र सेञ्चुरी कमर्शीयल बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यि बैंकहरूकाे नाफा घटेकाे हाे ।स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले पहिलो त्रैमासको अन्त्यसम्ममा ४० करोड १३ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ करोड २७ लाख रुपैयाँ अर्थात ३७।६८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज… पुरा पढौ

हिमालयन र नेपाल एसबीआईले घटाए आम्दानी,धेरै सूचकहरु कमजोर

काठमाडौं, २८ कात्तिक । शुक्रबार वित्तीय विवरण सार्वजनिक गरेका दुई बैंक हिमालयन बैंक र नेपाल एसबीआई बैंकको प्रगति कमजोर देखिएको छ । नाफा घटाएका यि बैंकहरुको अन्य सूचकहरु पनि कमजोर देखिएका छन् । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको आम्दानीसँगै खुद नाफा पनि घटेको देखिएको छ।बैंकले ३६ करोड ५९ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२ करोड ८३ लाख रुपैयाँ… पुरा पढौ

चिज उद्योगमा काेराेनाकाे असर, व्यवसायी मारमा

मङ्गलबारे, २८ कात्तिक । कोरोना महामारीको असर चिज उद्योगमा समेत परेको छ । महामारीका कारण बाहिरी देश निर्यात हुने चिज निर्यात हुन नसक्दा व्यवसायी मारमा परेका छन् । विदेशी पर्यटकको मुख्य रोजाइमा पर्ने चिज निर्यात नहुँदा व्यवसायीहरु गोदाममा थन्क्याएर राख्न बाध्य भएको सूर्योदय नगरपालिकामा रहेको लक्की डेरी उद्योगका प्रोप्राइटर तुलु तामाङले बताए । नेपालका मुख्य बजारहरुमा कोरोनाका सङ्क्रमितहरु बढ्दै जान थालेपछि इलाममा करोडौँ रुपैयाँ भित्र्याउने चिज उद्योगले असर भोगिरहेको छ । लकडाउन र महामारीको शुरुआती अवस्था अर्थात चार महिना खासै… पुरा पढौ

अर्थ मन्त्रालयले बनायाे सार्वजनिक खर्चकाे मापदण्ड

काठमाडौं, २८ कात्तिक । कोरोनाका कारण मुलुकको अर्थतन्त्र समस्यामा परेको ठहरसहित अर्थ मन्त्रालयले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड अगाडि सारेको छ । कोरोनाका कारण व्यापार–व्यवसायमा समस्या परेको, पर्यटन क्षेत्र उठ्नै नसक्ने गरी जटिलतामा फसेको छ । अर्थतन्त्रलाई सबल बनाउने र खर्च घटाउने ध्येयका साथ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त मापदण्ड तयार पारेका हुन । मापदण्डअनुसार अब सबै सार्वजनकि निकायमा कठोरताका साथ खर्च कटौती गरिनेछ । अर्थमन्त्रालयले तयार पारेको मापदण्डअनुसार सार्वजनिक निकायले वार्षिक स्वीकृत कार्यक्रममा परेको बाहेक आर्थिक दायित्व सिर्जना हुने… पुरा पढौ

बैतडीमा बस दुर्घटना : नौको मृत्यु, ३४ घाइते

बैतडी, २८ कात्तिक । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । मृतकहरुको सनाखत हुन बाँकी छ । मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन् । दुर्घटनामा परी घाइते… पुरा पढौ

देशकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह पोखरामा बन्दै

पोखरा, २७ कात्तिक । नेपाल आयल निगमले मुलुककै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह पोखराको गगनगौंडामा निर्माण सुरु गरेको छ । ७७ करोड रुपैयाँ लागतमा आगामी २ वर्षभित्र निर्माण सम्पन्न हुने सो परियोजनाको बिहीबार एक समारोहबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरे । कार्यक्रममा मन्त्री भट्टले काेरोना महामारीले कमजोर बनाएको अवस्थामा अर्थतन्त्र सुदृढ बनाउन सरकार कटिबद्ध रहेको बताए । उनले आगामी दिनमा पेट्रोलियम पदार्थ आपूर्तिमा कुनै कमजोरी हुन नदिने बताए । नाकाबन्दी, विनासकारी भूकम्प लगायत विषम परिस्थितिको बेला नेपाली… पुरा पढौ

खतिवडा अमेरिकाको राजदूत बन्ने पक्का,संसदीय समितिबाट अनुमोदन

काठमाडौं, २७ कात्तिक । प्रस्तावित तीन राजदूतहरुको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । बिहीबार लामो छलफल पछि समितिले पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिका, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस अनुमोदन गरेको हो । गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले उनीहरुलाई राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो । संसदीय सुनुवाइ समितिका अनुसार खतिवडाविरुद्ध ३ वटा र रेग्मीविरुद्ध एउटा उजुरी तोकिएको समयभित्र परेका थिए । अर्को एउटा उजुरी तोकिएको समयपछि… पुरा पढौ

कसरी भयाे ११ अर्ब बेरुजु ?

काठमाडौं, २७ कात्तिक । आर्थिक वर्ष २०७६/७७ काे सरकारी खर्चमा कूल ११ अर्ब ३९ करोड ९५ लाख बेरुजु देखिएको छ।आन्तरिक लेखापरीक्षणमा देखिएको उक्त बेरुजु समेटिएको प्रतिवेदन महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक मधुकुमार मरासिनीले बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएका हुन्। प्रतिवेदन अनुसार बेरुजु रकम कूल बजेट निकासा र खर्चको तुलनामा १.०४५ देखिएको छ । आव २०७६-०७७ मा नेपाल सरकारका कूल तीन हजार १७६ कार्यालयको विभिन्न १४ हजार ३६८ कार्यक्रमको आन्तरिक लेखापरीक्षणको कार्य सम्पन्न गरिएको छ । एकीकृत प्रतिवेदन अनुसार कूल निकासा… पुरा पढौ

नेप्से दोहोरो अङ्कले वृद्धि, कारोबार रकम झण्डै पाँच अर्ब

काठमाडौं, २७ कात्तिक । साताको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेको नेप्सेमा आज झण्डै ११ अङ्कको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १०.८२ अङ्कले वृद्धि भई एक हजार ७१८.४९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.२७ विन्दुले उकालो लागेर ३३८.८९ मा पुगेको छ । कूल १९८ कम्पनीको एक करोड ३८ लाख ८९ हजार १८९ कित्ता शेयर रु चार अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५५१ मूल्यमा खरिद… पुरा पढौ

एनआईसी एशियाको साधारण सभा बोलाईयो, बुक क्लोज कहिले ?

काठमाडौं, २७ कात्तिक । एनआईसी एशिया बैंकको २३ औं साधारण सभा मंसिर २१ गते हुने भएको छ । साधारण सभा बैंकको रजिष्टर्ड कार्यालय, थापाथलीमा बिहान ९ वजे बोलाईएको हो । सभामा बैंकले २० प्रतिशत लाभांंश वितरणको प्रस्ताव गर्नेछ । कात्तिक २६ गते बसेको संचालक समितिको बैठकले साधारण सभा मंसिर २१ मा बोलाउने निर्णय गरेको थियाे । बैंकले मंसिर १० देखि २१ गतेसम्म बुक क्लोज गर्ने बताएको छ । बैंकले आर्थिक वर्ष २०७६- २०७७ बाट १९ प्रतिशत बोनश शेयर र १… पुरा पढौ