मुख्य समाचार

भाइटीकाको उत्तम साइत भोलि ११:३७ बजे

काठमाडाैं, ३० कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत भोलि बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु भयाे र त्यसै दिनदेखि यमदीप दान शुरु… पुरा पढौ

नेपाल एयरलाइन्सले भन्याे: सरकारी रिपोर्टलाई मात्र मान्यता

काठमाडौं, २९ कात्तिक । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले हङ्कङ उडानका लागि सरकारी प्रयोगशालाको पिसिआर परीक्षणको रिपोर्टलाई मात्र मान्यता दिने बताएकाे छ । सरकारी मान्यताप्राप्त प्रयोगशालाबाट ७२ घण्टा भित्र प्राप्त रिपोर्टको आधारमा यात्रा गराउदा समेत यात्रुको पुनः पोजेटिभ देखिएको चिन्ता व्यक्त गर्दै निगमले अर्को व्यवस्था नभएसम्मका लागि हङकङ उडानमा सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेको हो । निगमको महत्वपूर्ण गन्तब्य हङकङ उडानमा केही यात्रुमा बारम्बार कोरोना पोजेटिभ देखिएपछि त्यहाँको नागरिक उड्डयनले उडान प्रतिबन्ध लगाइरहेको छ ।… पुरा पढौ

सिभिल बैंकको खुद नाफा ३९.१८ प्रतिशतले कम,३ महिनामा कमायाे ९ करोड ६६ लाख ७८ हजार

काठमाडौं, २९ कात्तिक । सिभिल बैंकको अघिल्लो वर्षको भन्दा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३९.१८ प्रतिशतले कम भएको छ । सार्वजनिक गरिएको चालु आर्थिक वर्षको पहिलो त्रैमास वित्तिय विवरण अनुसार ९ करोड ६६ लाख ७८ हजार खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले १५ करोड ८९ लाख ५० हजार खुद नाफा गरेको थियो । बैकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको कारण खुद नाफा पनि घटेको छ । खुद ब्याज आम्दानी १७.४६ प्रतिशतले घटेर ४९ करोड… पुरा पढौ

थप १९४६ जनामा कोरोना संक्रमण

काठमाडौं, २९ कात्तिक । नेपालमा गएको २४ घण्टामा थप १ हजार ९ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार गएको २४ घण्टामा देशभर थपिएका संक्रमितसहित कुल संक्रमित संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ । हाल सक्रिय संक्रमित भने ४६ हजार ४ सय ५२ जना छन् । यस्तै, पछिल्लो समय २ हजार ५ सय ३ जना निको भए । हालसम्म १ लाख ७० हजार ६ सय… पुरा पढौ

१६ अर्बमा सात मुख्य बौद्धस्थल समेटेर गुरुयोजना निर्माण तयारी

कपिलबस्तु, २९ कात्तिक । कपिलवस्तुमा रहेका भगवान् गौतम बुद्धसँग सम्बन्धित पुरातात्विक स्थलहरुलाई समेटेर गुरुयोजना निर्माण हुने भएको छ । प्रदेशको महत्वपूर्ण पर्यटकीय सम्पदाका रूपमा लिइँदै आएको राजा शुद्धोदनको दरबार तिलौराकोट, हजारौँ शाक्यको सामूहिक बधस्थल सगरहवा, बुद्धले पहिलो पटक भिक्षुलाई सम्बोधन गरेको कुदान, कनकमुनि बुद्धको जन्मथलो निग्लिहवा, क्रकुच्छन्द बुद्धको जन्मथलो गोटिहवा र बौद्धकालीन स्तूप भेटिएको अरौराकोटसहितका सात मुख्य बौद्धस्थललाई समेटेर दीर्घकालीन गुरुयोजना निर्माण गर्न लागिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठीका अनुसार बृहत्तर लुम्बिनी क्षेत्र बौद्ध परिपथको योजना… पुरा पढौ

स्व. सूर्यबहादुर केसीको योगदानको स्मरण

पोखरा, २९ कात्तिक । नेपाली काँग्रेसका सहमन्त्री डा. प्रकाशशरण महतले अहिलेको सरकार अराजकता, बेइमानी, कुशासनतर्फ उन्मुख भएको आरोप लगाएका छन् । उनले कोभिड–१९ संक्रमण व्यवस्थापनमा सरकारले बेवास्ता गर्दै आएको भन्दै उनले यो सरकारको स्वास्थ्य क्षेत्रप्रतिको उदासिनता हो भने । प्रतिनिधिसभा सदस्य एवं काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका पोखराका वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीको स्वर्गारोहणको आज १३ औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधनमा बोल्दै डा. महतले सो कुरा बताएका हुन् । उनले लकडाउनले आर्थिक, सामाजिक, पर्यटन क्षेत्रलगायत समग्र क्षेत्र धरासयी… पुरा पढौ

कहाँ छैन तनाव ? युरोपमा झन् धेरै

केहिसाता अघि अष्ट्रियाको राजधानी भियनामा नेपाली समाजका लागि मुटु ढक्क फुलाउने घटना घट्यो। एक नेपाली महिलाले आफ्नै कोखका तीन सन्तानको ज्यान लिइन् र आफैँले प्रहरीलाई फोन गरेर घटना बताइन्। प्रहरीले अनुसन्धान गरिरहेको सो घटनामा पारिवारिक झमेला र आरोपित महिलामा व्याप्त तनावले त्यत्रो वियोगको घटना घटाएको प्रारम्भिक अनुमान गरेको छ। यो घटनाले अहिले पुरै युरोप स्तब्ध छ र संसारभरका नेपाली शोकाकुल छन्। घटना यस्तै नभएपनि बिभिन्न समयमा तनाव र डिप्रेसनका कारण युरोपका विभिन्न ठाउँमा नेपालीहरूबाट दुखदायी व्यवहार भएका समाचार बेला बेलामा… पुरा पढौ

नविल बैंकको नाफामा झिनो गिरावट, ३ महिनामा कमायो १ अर्ब ३ करोड

काठमाडौं, २९ कात्तिक । मुनाफा आर्जनमा निकै अव्वल बैंक मानिने नविल बैंकको मूनाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्ट अनुसार मूनाफा ७ प्रतिशत भन्दा धेरै घटेको हो । रिपोर्टमा उल्लेख भए अनुसार नबिलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ७।८२५ ले थोरै हो । अघिल्लो वर्ष यस बैंकले १ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज… पुरा पढौ

मुक्तिनाथ विकास बैंकले ३ महिनामै कमायो २९ करोड भन्दा धेरै नाफा

काठमाडौं, २९ कात्तिक । मुक्तिनाथ विकास बैंकले खुद मूनाफामा राम्रो वृद्धि गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममात्रै २९ करोड रुपैयाँ भन्दा बढी कमाएको छ । बैंकको खुद नाफा पनि २८.५८ प्रतिशतले बढेर २९ करोड ४१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले २२ करोड ८७ लाख ६४ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । यसअवधिमा बैंकको वितरण योग्य नाफा ३३.११ प्रतिशतले बढेर १५ करोड २१ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।… पुरा पढौ

आज विश्व मधुमेह दिवस मनाइँदै

काठमाडौ, २९ कात्तिक । विश्व मधुमेह दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने गरिन्छ । तर यसपालि काेराेना महामारीका कारण विगतमा जस्ताे भव्य कार्यक्रम नभइ सिमित रूपमा स्वास्थ्य सचेतना अपनाउँदै ठाउँ ठाउँमा केही कार्यक्रम हुँदैछन् । मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाउन थालिएको हो… पुरा पढौ