मुख्य समाचार

मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण गरिने

काठमाडौं, २७ कात्तिक । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिनाभित्रमा गरिने भएको छ । गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको छ । सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । त्रुटि सच्याउने काम मङ्सिरको दोस्रो सातासम्म सकिने भारतीय कम्पनीले बताएको छ । केही महिना यता सुरुङमा पुनरावलोकनको काम भइरहेको उनले बताए । उनले भने, “सम्भावित… पुरा पढौ

पोखरामा १ करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह बन्ने

पोखरा, २७ कात्तिक । पर्याप्त भण्डारण क्षमताको अभावमा पेट्रोलियम पदार्थको वितरणमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने भएको छ । तीन महिनाको माग धान्ने गरी पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण गर्ने नेपाल सरकारको नीति अनुसार पोखरा भण्डारण गृह निर्माण तथा पुनरुत्थान गर्न लागिएको निगमले जनाएको छ । पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडास्थित निगमको गण्डकी प्रादेशिक कार्यालय मातहत पाँच हजार/पाँच हजार किलोलिटर क्षमताका दुई… पुरा पढौ

पर्यटन प्रर्वद्धनका लागि योजनावद्ध काम हुनेःमन्त्री भट्टराई

ताप्लेजुङ, २७ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन प्रर्वद्धनका लागि योजनावद्ध तवरले काम हुने बताएका छन् । प्लेजुङसहित पूर्वी पहाडी जिल्लाको पर्यटन प्रर्वद्धनका लागि गुरु योजनाका साथ अघि बढ्ने बताए । पर्यटन प्रर्वद्धनका हिसाबले अथाह सम्भावना बोकेका ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा पर्यटनका गतिविधि न्यून रहेको भन्दै उनले यस क्षेत्रमा पर्यटन विकासका लागि योजनावद्ध रुपले अघि बढ्ने बताए । गृह जिल्लाको भ्रमणमा रहेका मन्त्री भट्टराईले आज बिहान भानुजन माद्यामिक विद्यालयमा पर्यटन र पर्वतारोहण विषय अध्ययनको शुभारम्भ गर्दै… पुरा पढौ

ग्लोबल आइएमईको नाफा अर्ब नाघ्यो, वितरण योग्य मुनाफा २२ करोड

काठमाडौं, २७ कात्तिक । ग्लोबल आइएमई बैंक ले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनाम ३० करोड ५६ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले ७५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको निक्षेप २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँबाट बढेर २ खर्ब २४ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा लगानी १ खर्ब… पुरा पढौ

प्रभु बैंकको नाफा ३५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं, २७ कात्तिक । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा ८५ करोड १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५।२५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी, फि, कमिशन तथा डिस्काउण्ट आय बढेसँगै अन्य सञ्चालन आम्दानीहरु पनि बढेका कारण खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १७ करोड ५६ लाख… पुरा पढौ

कोरोना कहरकाबीच नेपाल एग्रोले गर्यो प्रगति, खुद नाफा ४ गुणाले बढ्यो

काठमाडौं, २७ कात्तिक । कोरोना कहरकाबीच नेपाल एग्रोले राम्रै प्रगति गरेको छ ।कास्कीको पोखरा केन्द्रीय कार्यालय रहेको यस संस्थाले खुद नाफामात्रै ६१ लाख ५८ हजार रुपैयाँ भन्दा धेरै कमाएको छ । यो संस्था नयाँ संस्था हो । अन्य पुराना संस्थाहरुको समेत नाफा प्रभावित भइरहेका बेला यस संस्थाको प्रगति राम्रै देखिएको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा यस संस्थाले १५ लाख ४२ हजार रुपैयाँ मात्रै कमाएको थियो । गत वर्षको तुलनामा यस संस्थाले नाफा चार गुणाले बढाएको हो । पुरा पढौ

स्वस्थ जीवनका लागि योग

नेपाली जनजिब्रोमा रहेको एउटा भनाई छ, 'स्वास्थ्य नै धन हो ।' यदी स्वास्थ्य ठीक भएको खण्डमा धन भन्ने चीज कुनैपनि बेला कमाउन सकिन्छ । तर जमाना फेरिएको छ । नयाँ-नयाँ परिवर्तन, आविस्कार र विपदहरु पनि निम्तिरहेका छन् । मानिसलाई समयले लखेटिरहेको छ । कतिले समयलाई पछ्याईरहेका छन् भने कतिले प्रयत्न गरिरहेका छन् । कतिले बाल मतलव भनेर पन्छिरहेका छन् । तर यसो गर्नु बिल्कुलै गलत हो । आजको जमानामा मानिस स्वास्थ्यको बेवास्ता गर्दै मात्र पैसा-पैसा भनिरहेका छन् । हो पैसा… पुरा पढौ

मौसमले साथ दिँदा बढ्यो चिया उत्पादन

इलाम, २७ कात्तिक । विगत वर्षको तुलनामा यस वर्ष चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ । गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज भएकाले अपेक्षाकृत उत्पादन बढेको हो । उत्पादनसँगै चियाको मूल्यसमेत केही हदसम्म उच्च पाउन थालेपछि किसानको चियाप्रतिको वितृष्णासमेत घटेको छ । प्राय अन्य ‘सिजन’मा हरियोपत्ती चियाको प्रतिकिलो रु ३० देखि ४० मूल्य दिने उद्योगीले मूल्य बढाएर रु ५० पुर्याएपछि किसान हर्षित देखिएका छन् ।… पुरा पढौ

नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु

काठमाडौं, २७ कात्तिक । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएकाे छ । बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जाननकारी दिए । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धन्वन्तरिजयन्ती र धनतेरस पर्व पनि शुक्रबार नै परेको छ । “सायंकालमा त्रयोदशी… पुरा पढौ

राष्ट्रिय प्रकृति संरक्षण कोषलाई ‘हरित जलवायु कोष’को मान्यता

काठमाडौं, २७ कात्तिक । राष्ट्रिय प्रकृति संरक्षण कोषले हरित जलवायु कोष (जिसिएफ) बाट ‘मान्यता प्राप्त निकाय’ (डाइरेक्ट एक्सेस एन्टिटी) को स्वीकृति प्राप्त गरेको छ । जिसिएफको २७औँ बोर्ड बैठकले कोषलाई मान्यता प्रदान गरेको हो । यो मान्यतापछि अब कोष व्यक्तिगत रुपमा जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा १० मिलियन अमेरिकी डलरसम्म अनुदानका परियोजना नेपालमा सिधै ल्याउन योग्य भएको छ । कोषले यो मान्यता प्राप्त गर्नका लागि सन् २०१७ अप्रिलबाट औपचारिक प्रक्रिया शुरु गरेको कोषका वरिष्ठ संरक्षण अधिकृत तथा जिसिएफका सम्पर्क व्यक्ति डा.मनिषराज… पुरा पढौ