मुख्य समाचार

अपि पावरको खुद नाफा १० करोड ६४ लाख

काठमाडौं, २६ कात्तिक । अपि पावर कम्पनीले चालु आर्थिक वर्षको त्रैमासमा १० करोड ६४ लाख १ हजार खुद नाफा कमाएको छ । गएको वर्षको भन्दा १९५.९६ प्रतिशतले कम्पनीको खुद नाफा बढेको हो । कम्पनीको गएको वर्षको खुद नाफा ३ करोड ५९ लाख ५१ हजार रहेको थियो । अपि पावरको विद्युत बिक्री र आम्दानीमा राम्रो सुधार भएपछि नाफामा वृद्धि भएको हो । विद्युत आम्दानी ६ करोड ३८ लाख ५७ रुपैयाँबाट बढेर १४ करोड १२ लाख ५७ हजार पुगेको छ । अपि… पुरा पढौ

जेठो लघुवित्तको हालत बेहाल, करिब २८ करोड घाटामा

काठमाडौं, २६ कात्तिक । नेपालको सबैभन्दा जेठो लघुवित्त निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको हालत खराब देखिएको छ । अन्य सूचकहरुको आधारमा पनि पहिलो नम्बरमा रहेको यस संस्थाको वित्तीय अवस्था खराब देखिएको छ । लघुवित्तले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा २७ करोड ९२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २१ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। लघुवित्तको खुद ब्याज आम्दानी घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा उल्लेख्य रकम छुट्याएका कारण खुद नाफा ऋणात्मक हुन पुगेको… पुरा पढौ

माउण्टेन इनर्जीको आईपीओमा आजबाट आवेदन दिन सकिने

काठमाडौं, २६ कात्तिक । माउण्टेन इनर्जी नेपालले कात्तिक खुला हुँदैछ । कम्पनीले १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गर्न लागेको हो । एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको आइपीओ जारी हुनेछ । यसअघि यसले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ बिक्री गरेको थियो । यस आइपीओमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआइएल क्यापिटलले बिक्री प्रबन्धकको काम गरेका छन् । यसमध्ये… पुरा पढौ

मिति सरेकाे युनाईटेड इदी-मर्दी हाइड्रोपावरको आइपीओ निष्काशन मंसिर ३ देखि

काठमाडौं, २६ कात्तिक । युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको आइपिओ निष्काशन मिति पछाडी सरेको छ । अब कम्पनीको आईपीओ मंसिर ३ गतेदेखि निष्काशन खुला हुने भएकाे छ । यसअघि कात्तिक २७ गतेबाट सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको थियो । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार कम्पनीले निष्काशन मिति पछाडी सारेको हो । दोस्रो चरणमा कम्पनीले ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । यसअघि कम्पनीले आयोजना प्रभावितहरुको लागि ४ लाख २० हजार… पुरा पढौ

राणा दोस्रो पटक सिइडिएडब्ल्युमा निर्वाचित

टेक्सस, २६ कात्तिक । संयुक्त राष्ट्रसंघीय महिलाविरुद्धको विभेद निरुपण समिति(सिइडिएडब्ल्यु)मा महिला अधिकारकर्मी वन्दना राणा पुनः निर्वाचित भएकी छन । सिइडिएडब्ल्यको अन्तरराष्ट्रिय समितिको वर्तमान कार्यकाल ( सन् २०१७– २०२० )मा राणा उपाध्यक्षका रुपमा कार्यरत रहेकी छन । समितिमा निर्वाचित सदस्यमध्येबाट एकएक अध्यक्ष र उपाध्यक्ष चयन गरिने प्रावधान छ । नेपालका तर्फबाट दोस्रो कार्यकालका लागि उम्मेदवारी दिइएकाेमा १३७ मत उनलाई परेको थियो । तेइस सदस्यीय समितिका ११ पदमा यस पटक निर्वाचन भएको हो जसमा १९ देशका प्रतिनिधिको उम्मेदवारी परेको थियो । एक… पुरा पढौ

जोशी अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्डद्वारा सम्मानित

काठमाडौं, २६ कात्तिक । वल्ड टुरिजम नेटवर्कले नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा टुरिजम रिकभरी टास्कफोर्स नेपालका संयोजक दीपकराज जोशीलाई अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्डद्वारा सम्मानीत गरिएको छ । पर्यटन क्षेत्रको दिगो विकास र प्रवद्र्धनका लागि जोशीले निर्वाह गरेको उल्लेखनीय भूमिका, निरन्तर क्रियाशीलता, सकारात्मक योगदान र कोरना महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानमा देखाएको सक्रियताका लागि सो अवार्ड प्रदान गरिएको हो । दक्षिण एसियाबाट सो अवार्ड प्राप्त गर्ने प्रथम व्यक्तिका रुपमा जोशी ‘इन्टरनेशनल हल अफ टुरिज्म हिरोज’… पुरा पढौ

राष्ट्रपति भण्डारीद्वारा शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह

काठमाडौं, २६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले भएको पूर्वाधार र जनशक्तिको भरपूर प्रयोग गर्दै अमुल्य मानव जीवनको रक्षा गर्नु आजको पहिलो आवश्यकता भएको बताएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी गरेका कामको विवरणबारे राष्ट्रपति भवन शीतलनिवासमा जानकारी लिँदै राष्ट्रपति भण्डारीले अहिलेको पहिलो काम जीवन जोगाउनु भएकाेमा जोड दिइन । आफूलाई जोखिममा राखेर पनि कोभिड नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्यकर्मीले गरिरहेको प्रयासको प्रशंसा गर्दै उनले अहिलेकाे अवस्थामा बालबालिका, वृद्धवृद्धा र शारीरिक अशक्तता भएका नागरिकको विशेष ख्याल… पुरा पढौ

तौल घटाउन र स्वस्थ रहन के गर्ने ? (हेल्थ टिप्स)

काठमाडौं, २६ कात्तिक । जो कसैले पनि हेर्दा मोटो मानिसलाई देखे भने ओहो ! कति मोटो मान्छे भन्ने गर्छन् । पेट ठूलो देखेपछि असहज महशुस गर्छन् भने स्वयं मोटाएका मान्छेलाई असहज नहुने कुरै भएन । यसको पनि समाधानका उपाय छन् । स्वस्थ खाना, प्राकृतिक घरेलु उपचार विधिबाट मोटोपनलाई घटाएर स्वस्थ हुन सकिन्छ र शरीरलाई अरुको नजरमा वाह ! कस्तो राम्रो जिउँडालको मान्छे भन्न लायकको बनाउन सकिन्छ । प्राकृतिक तवरले, आयुर्वेदका माध्यमले राम्रो उपचार विधि अवलम्बन गर्न सकिन्छ । घरमै बसेर… पुरा पढौ

पोखरामा ८ महिनापछि अल्ट्रालाइट उड्दै

पोखरा, २५ कात्तिक । लामो समयदेखि बन्द रहेको पोखराको अल्ट्रालाइट सेवा ८ महिनापछि संचालनमा आउने भएको छ । प्याराग्लाइडिङले पोखराको आकाश ढाकिरहँदा अर्को साहसिक खेल अल्ट्रालाइट पनि बुधबारदेखि संचालनमा आउन लागेको हो । पोखरा अल्ट्रालाइट प्रालिका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठका अनुसार आफ्नो कम्पनीले पोखरा एयरपोर्टबाट बुधबार बिहान पहिलो उडान भर्दैछ । पोखरामा हाल ४ वटा अल्ट्रालाइट कम्पनी संचालनमा छन् । अन्य ३ कम्पनीहरुले भने हाल उडानका लागि तयारी गरिसकेका छैनन् । फिस्टेलले अल्ट्रालाइट प्रालिका प्रबन्ध निर्देशक पारसराज गौतमले आफूहरुले पनि… पुरा पढौ

विज्ञान क्षेत्र नाजुक, युवा वैज्ञानिकको क्षमता बढाउन आग्रह

ललितपुर, २५ कात्तिक । दक्षिण एसियाली मुलुकमा विज्ञान क्षेत्रको अवस्था नाजुक रहेकाले युवा वैज्ञानिकको क्षमता बढाउन आग्रह गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले आज विश्व विज्ञान दिवस–२०२० का अवसरमा आयाेजना गरीएकाे कार्यक्रममा यस्ताे बताइएकाे हाे । डिजिटल प्रविधिमार्फत आयोजना गरेको ‘समाजका लागि विज्ञान र विज्ञानसँग समाज’ कार्यक्रममा विज्ञानलाई मुलुकमा थप बढवा दिन विज्ञान कूटनीति, स्याटेलाइटमा आधारित सूचना र प्रविधि, विज्ञान पत्रकारिता, विज्ञान क्षेत्रमा महिलाको सहभागिता, विज्ञान शिक्षा र राष्ट्रिय नवप्रवर्तन डिजिटल नेटवर्कको भूमिकामा जोड दिनुपर्ने… पुरा पढौ