मुख्य समाचार

कर्मचारीमा कोरोना देखिएपछि आन्तरिक राजश्व कार्यालय बन्द

पोखरा, २५ कात्तिक । आन्तरिक राजश्व कार्यालय पाेखरा ३ दिनसम्म बन्द हुने भएको छ । कार्यालयका केही कर्मचारीहरुमा पीसीआर रिपोर्टमा पोजेटिभ देखिएपछि कर्मचारी तथा करदाताको स्वास्थ्य सुरक्षालाई ध्यान दिई कात्तिक २६ देखि २८ सम्म कार्यालयका सम्पूर्ण सेवा बन्द रहने भएको हो । कार्यालयका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले मंगलबार सूचना जारी गर्दै सो जानकारी दिएका हुन् । कार्यालय बन्द हुने भएपछि यसबाट करदाताहरुमा पर्न गएको असुविधाप्रति कार्यालयले दुःख व्यक्त गर्दछ, सूचनामा भनिएको छ । पुरा पढौ

लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट

काठमाडौं, २५ कात्तिक । चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो । अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र वन्यजन्तुलाई नजिकबाट नियाल्न सकिने विशेषता उल्लेख गरेको छ । अन्नपूर्णको साहसिक र रोमाञ्चक यात्रा उत्प्रेरक हुने भन्दै पदयात्रापछि थाकेको शरीरलाई स्वादिष्ट परिकार र चियाले भरपुर आनन्द दिलाउन सकिने संस्थाले साइटमा बयान गरेकाे छ… पुरा पढौ

निःशुल्क परीक्षण र उपचार सरकारले गर्ने : मन्त्री ढकाल

काठमाडौं, २५ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले काेराेनाभाइरस संक्रमणकाे निःशुल्क परीक्षण र उपचार गर्ने दायित्व सरकारकाे भएकाे बताएका छन् । मन्त्री ढकालले सरकारले जिम्मेवारी बहन गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचार निःशुल्क गराउने बताएका हुन् । उनले भने, सबैको पिसिआर परीक्षण र उपचार निःशुल्क हुन्छ, मन्त्रिपरिषद्काे सोमबारेको बैठकले यही निर्णय गरेकाे हाे । मन्त्री ढकालले आज सञ्चारमाध्यमकाे प्रश्नकाे जवाफ दिदैं सरकारले विगतमा पनि उपचार निःशुल्क गर्दै आएको र स्वास्थ्यसेवा विस्तार… पुरा पढौ

शेयर बजारमा नयाँ रेकर्डः जीबन बीमा ४७६ अंकले बढ्यो

काठमाडौं, २५ कात्तिक । नेपालको शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । नेप्सेमा कारोबार हुने उपसमूहहरु मध्ये जीवन बीमा ४७६ दशमलव ३६ अंकले बढेर १० हजार २ सय ५१ दशमलव २२ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । साताको तेस्रो दिन मंगलबार शेयर बजार उचालिएको छ । मंगलबार कारोबार शुरु भएसँगै उकालो लाग्न थालेको शेयर कारोबार नेप्से परिसूचक २५ दशमलव ९८ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव ७९ अंकमा पुगेर बन्द भएको छ । नेप्से परिसूचकसँगै… पुरा पढौ

तिहारमा ३ दिन बैंक बन्द हुने

काठमाडौं, २५ कात्तिक । नेपाल बैंकर्स संघले नेपालीको दोश्रो ठूलो चाड तिहारमा ३ दिन बैंक र सबै शाखा कार्यालयहरु बन्द हुने जानकारी दिएको छ । संघका अनुसार कात्तिक २९ देखि मंसिर १ गतेसम्म बिदा दिईएको हाे। बैंक तथा वित्तिय संस्थाका कर्मचरीहरुमा कोरोनाको संंक्रमण बढिरहेको अवस्थालाई मध्येनजर गर्दै तिहारको समयमा ३ दिन बैंक तथा शाखा कार्यालयहरु बन्द गर्ने निर्णय गरेको संघले आज जारी गरेकाे बिज्ञप्तिमा जनाएको छ । संघका अनुसार एटिएम, माेबाइल बैंकिङ्ग लगायतका डिजिटल बैंकिङ्ग सेवा भने सञ्चालनमा रहने भएका… पुरा पढौ

समाजसेवामा रमाउने गोविन्दबहादुर क्षेत्री अस्ताए

समाजसेवा भनेपछि हुरुक्कै हुने गोविन्दबहादुर खत्री क्षेत्री आज हामी माँझ हुनुहुन्न । उहाँको भौतिक शरीर यस धर्तीमा नरहेता पनि उहाँका सेवाभाव, निश्वार्थ सेवा तथा मिलनसार व्यक्तित्वका कारण उहाँ सबैका स्मृतिका चीरकालसम्म बाँच्नुहुनेछ । उहाँ अरुलाई हरतरहले सेवा गर्न खोज्नुहुन्थ्यो । अरुलाई सेवा गर्न पाउँदा आफूलाई खुसी मिलेको अनुभूति गर्ने समाजसेवी लायन खत्री क्षेत्री सधैँ हाँसीराख्ने मिठो स्वभाव, कसैसँग नरिसाउने, मिठो बोली बचनले सबैलाई आफूतिर खिच्दथे । खत्री क्षेत्री कहिल्यै पैसाको पछि दौडेनन् । पैसालाई, सत्तालाई जीवनको लक्ष्य बनाएनन् । उहाँले… पुरा पढौ

लक्ष्य अनुरूप राजस्व उठेन, करिव पाैने २अर्ब मात्र सङ्कलन

विराटनगर, २५ कात्तिक । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कूल रु एक अर्ब ६३ करोड ६८ लाख २५ हजार सङ्कलन गरेको बताएकाे छ । उक्त अवधिमा कार्यालयले रु एक अर्ब ९४ करोड ५२ लाख एक हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकाे थियो । लक्ष्य अनुसार रु ३० करोड ८३ लाख ७६ हजार कम सङ्कलन हुनुमा औद्योगिक उत्पादनमा गिरावट आउनु र मदिराजन्य पदार्थको कारोवारमा कमी आएकाेले लक्ष्यमा पुग्न नसकिएकाे कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिएका छन्… पुरा पढौ

एनएमबि लघुवित्तले १०४ प्रतिशतले नाफा बढायो,सूर्योदयको भने नाफा घट्याे

काठमाडौं, २५ कात्तिक । सोमबार वित्तीय विवरण सार्वजनिक गरेका दुई लघुवित्तको अवस्था विपरित देखिएको छ । वित्तीय विवरण सार्वजनिक गरेको पाेखरा हेम्जामा केन्द्रीय कार्यालय रहेकाे एमएबि लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो त्रैमासमा निकै राम्रो प्रगति गर्दै १०४ प्रतिशतले नाफा बढाएकाे छ भने सुर्योदय लघुवित्तको नाफा घटेको छ । एमएबि लघुवित्तले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ३ करोड १२ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १०४.४१ प्रतिशत बढी हो । गत… पुरा पढौ

कामना सेवा देखियो अव्वल, नाफा १० गुणाले बढ्दा ब्याज आम्दानी ३८ करोड नाघ्यो

काठमाडौं, २५ कात्तिक । कामना सेवा विकास बैंक लिमिटेड निकै अव्वल देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले बैंकलाई अव्वल देखाएको हो । बैंकले नाफामात्रै १० गुणाले बढाउन सफल भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मा १ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २० करोड १ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१७ गुणा बढी हो। बैंकको खुद… पुरा पढौ

अलैंची प्रशोधन केन्द्र स्थापना गर्न केन्द्र सरकारले पहल गर्ने

ताप्लेजुङ, २५ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङमा प्रशस्त उत्पादन हुने अलैंचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्ने बताएका छन । अन्य जिल्लाको तुलनामा बढी अलैँची उत्पादन हुने भएकाले स्थानीयस्तरमा नै प्रशोधन केन्द्रको स्थापना गर्न सके जिल्लाबासीलाई फाइदा पुग्न सक्ने बताए । गृह ताप्लेजुङका विभिन्न गाउँपालिकाको भ्रमणका क्रममा रहेका मन्त्री भट्टराईले त्यहाँ आयोजित कार्यक्रमहरुमा अलैँचीका प्रशोधित सामग्रीले राम्रो बजार पाउने र रोजगारीको समेत सिर्जना हुने भएकाले यसतर्फ सरकारले विशेषरूपमा ध्यान दिने स्पष्ट… पुरा पढौ