मुख्य समाचार

राष्ट्र बैंकले आज १७ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं, २४ कात्तिक । नेपाल राष्ट्र बैंकले आज रु १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकको निकालेकाे सूचनाअनुसार उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाकाेे माध्यमबाट बिक्री गर्न लागिएको हो । बैंकले सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागेको बताएकाे छ । त्यसमध्ये रु पाँच अर्ब बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि बिक्री गरिनेछ । उक्त बिल आगामी मंसिर २३ गते परिपक्व हुनेछ । यस्तै रु १० करोड बराबरको ट्रेजरी बिल ९१ दिनका… पुरा पढौ

विशाल ग्रुपका संचालकलाई १ बर्ष कैंद र २४ लाख ७२ हजार जरीवाना

काठमाडौं, २४ कात्तिक । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले म्याद गुज्रिएका खाद्य सामग्रीमा पुनःम्याद राख्दै गरेको अवस्थामा पक्राउ परेका विशाल ग्रुपका संचालकलाई १ बर्ष कैंद र २४ लाख ७२ हजार रुपैयाँ जरीवाना तोकिएको जनाएको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले आज बिज्ञप्ति जाारी गरी २०७७ असोज महिनामा विभागका महानिर्देशकको इजलासमा पेश गरिएका मुद्धामाथि भएका निर्णयहरुमा भारतको राजस्थानका हाल काठमाडौं बस्ने रोनक बोथरा र धादिङ्ग गल्छी गाउँपालिका वडा नं ३ घर भएका काठमाडौं कुलेश्वर बस्ने शंकर बयलकोटीलाई १… पुरा पढौ

भाइटीकाको उत्तम साइत ११ः३७ बजे

काठमाडौं, २३ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको भाइटीकाको उत्तम साइत मंसिर १ गते बिहान ११ः३७ बजे रहेको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै… पुरा पढौ

अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सीसीएमसीकाे सिफारिस

काठमाडौं, २३ कात्तिक । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सिफारिस गरेको छ । सीसीएमसीकाे आइतबार बसेको बैठकले दक्षिण एसियालगायतका उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्तावलाइ मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो । केबलकार सञ्चालन, जंगल सफारी, साहसिक पर्यटन लगायतका पर्यटन गतिविधि खुला गर्ने पनि सीसीएमसीको प्रस्ताव रहेकाे बताइएकाे छ । संक्रमणको पछिल्लो अवस्था हेरेर शैक्षिक संस्थाहरु खुला गर्ने वा नगर्ने  बिषयमा समेत छिटै निर्णय गरिने जानकारी दिइएकाे… पुरा पढौ

जति संक्रमित, त्यति निको

काठमाडौं, २३ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १७ जनामा कोरोना भाइरस संक्रमित थप भएका छन् । यस्तै सोही संख्यामा निको पनि भएका छन् । स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १२ हजार ३ सय ११ परीक्षणमा थप २ हजार ८ सय १७ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । यसैगरी हाल देशभर ३५ हजार ४ सय १९ सक्रिय संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा मात्र आइतबार… पुरा पढौ

देशकै ठूलो पार्टीमा सामान्य अन्तर्विरोध र मतभेद आउनु स्वाभाविक: मन्त्री भट्टराई

ताप्लेजुङ, २३ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले देशकै ठूलो पार्टीमा सामान्य अन्तर्विरोध र मतभेद आउनु स्वाभाविक भएकाे बताएका छन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टराईले हाल सञ्चारमाध्यममा आएजस्तो अवस्था पार्टीभित्र नरहेको र शीर्ष नेतृत्वबीच केही मतभेदमात्र भएको बताएका छन । गृह जिल्ला ताप्लेजुङको विभिन्न स्थानीय तहको भ्रमणमा रहेका मन्त्री भट्टराईले आज मिक्वाखोला गाउँपालिकामा स्थानीय पार्टीका कार्यकर्ता तथा समर्थकसँग भेटघाट गर्दै हुँदै शीर्ष नेतृत्वबीच केही मतभेद र टकराव रहे पनि पार्टी… पुरा पढौ

महानगरले सहकारीलाई भन्याे- पुससम्म साधारण सभा गर

काठमाडौं, २३ कात्तिक । काठमाडौं महानगरपालिकाले मातहतका सबै सहकारीलाई आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न आग्रह गरेको छ । कामपा सहकारी विभागले उक्त मितिसम्ममा साधारणसभा सम्पन्न गरी त्यसको १५ दिनभित्र प्रतिवेदन ल्याउन आग्रह गरेको हो। कोरोना भाइरसका कारण धेरै सहकारीले साधारणसभा गर्न बाँकी रहेको अवस्थामा सहकारीहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्दै साधारणसभा सम्पन्न गर्न आग्रह गरिएको विभागका उपनिर्देशक सुमन अधिकारीको भनाइ छ । सहकारीहरुले साधारणसभा (कार्यव्यवस्था निर्देशिका, २०७६) बमोजिम गणपूरक सङ्ख्या पुर्‍याएरमात्र साधारणसभा गर्नुपर्नेछ । हाल कामपामा सञ्चालनमा रहेको एक हजार… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो,बैंकका लगानीकर्ताले गुमाए

काठमाडौं, २३ कात्तिक । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । १२ दशमलव ४९ अंकले बढेर १ हजार ६ ४८ दशमलव ५८ अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापवन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५७ अंकले बढेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार साढे ३ अर्ब बढी रकमको कारोबार भएको छ । दिनभर भएका ४१ हजार ७ सय ६७ कारोबारबाट… पुरा पढौ

यो साता विदेशमा ५४४ नेपाली सङ्क्रमित, एकको निधन

काठमाडौं, २३ कात्तिक । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएयता थप दुई देशका नेपालीमा सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण देखिएको हो । सङ्घका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार, यो साता विदेशमा रहेका थप एक हजार १६३ जना नेपालीलाई कोरोनामुक्त भएका छन् भने थप ५४४ जनामा सङ्क्रमण देखिएको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार,… पुरा पढौ

राष्ट्रपति भण्डारी र प्रम ओलीद्बारा बाइडेन र ह्यारिसलाई बधाई

काठमाडौं, २३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई ज्ञापन गरेकी छन् । आज बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उनीहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ट्वीट गरी निर्वाचनमा प्रभावशाली र ऐतिहासिक विजय प्राप्त गरेकाेमा बाइडेन र ह्यारिसलाई बधाई ज्ञापन गरेका छन् । नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ गर्न नयाँ… पुरा पढौ