मुख्य समाचार

भारतीय स्थलसेनाध्यक्ष नरवणेद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री प्रदान

काठमाडाैं, २० कात्तिक । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच आज औपचारिक रूपमा भेटवार्ता भएकाे छ । भेटकाे अवसरमा भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेद्वारा नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएकाे छ । दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदानसम्बन्धि तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले सैनिक मुख्यालयमा नेपाली सेनालाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन । पुरा पढौ

प्रधानसेनापति थापा र सेनाध्यक्ष नरवणेबीच द्विपक्षीय वार्ता शुरु

काठमाडौं, २० कात्तिक । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ । सैनिक मुख्यालय जङगीअड्डामा आयोजित समारोहमा सेनाध्यक्ष नरवणेले सो अवसरमा सैनिक टुुकडीबाट प्रस्तुत सम्मान गारत निरीक्षण गरे। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उनी बुधबार यहाँ आएका हुन्। यसैबीच, प्रधानसेनापति थापा र स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता शुरु भएको छ । यसअघि स्थलसेनाध्यक्षले बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गरे। दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदानसम्बन्धि तेह्रौँ… पुरा पढौ

प्राइम कमर्सियल बैंकको खुद नाफा अर्ब नाघ्याे, बेस रेटमा सुधार

काठमाडौं, २० कात्तिक । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब १ करोड ७६ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ करोड ७८ लाख ६७ हजार रुपैयाँ बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । पछिल्लो ३ महिनामा बैंकको निक्षेप १ खर्ब १९ अर्बबाट बढेर १ खर्ब २४ अर्ब पुगेको छ भने कर्जा… पुरा पढौ

आरम्भ चौतारीको नाफामा झिनो सुधार, खराब कर्जा घटाउन सकेन

काठमाडौं, २० कात्तिक । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २९ लाख ७६ हजार रुपैयाँ कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा झिनो वृद्धि हो । गत आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा यस संस्थाले १ करोड २३ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेपनि लघुवित्तको खर्च र निष्क्रिय कर्जा बढेका कारण खुद नाफामा केही दबाब पुगेको देखिएको छ। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ करोड… पुरा पढौ

सार्क फाइनान्सस्तरमा विद्युतीय मुद्रा अवलम्बनकाे अध्ययन गर्न नेपालको प्रस्ताव

काठमाडौं, २० कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्क फाइनान्स समूहको बैठकमा सार्क फाइनान्सअन्तर्गतका केन्द्रीय बैंकले समान रुपमा विद्युतीय मुद्राको अवलम्बन गर्न सार्क फाइनान्सस्तरमा एक अध्ययन गर्नुपर्ने प्रस्ताव राखेका छन् । सन् २०२० का लागि सार्क फाइनान्सका अध्यक्ष रहेको रिजर्ब बैंक अफ इण्डियाले सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरको सहभागिता भएकाे ४० औंँ श्रव्यदृश्य माध्यमबाट आयोजना गरेको बैठकमा उनले त्यस्ताे प्रस्ताव गरेका हुन । बैठकमा राष्ट्र बैंकलगायत सार्क राष्ट्रका अन्य केन्द्रीय बैंक दा अफगानिस्तान बैंक, बङ्गलादेश बैंक, रोयल मनिटरी… पुरा पढौ

जो बाइडन र ट्रम्पबीच कडा टक्कर, दुबैको जित्ने दावी, ट्रम्प विरुद्ध वाशिंगटनमा प्रदर्शन

काठमाडौं, २० कात्तिक । अमेरिकी निर्वाचनमा कडा टक्कर देखिएको छ । दुवै जनाले आआफ्नो जितको दावि गरेका छन् । योपालि जित पनि झिनो अन्तरले हुने आँकलन गरिएको छ । यो पटक धेरै संंख्यामा मतदाताहरु मतदानमा सहभागि भए । अहिलेसम्म ५० मध्ये ४१ वटा राज्यको मतपरिणाम प्राप्त भईसकेको छ । श्रोतहरुका अनुसार यो पटकको चुनावमा अमेरिकामा १० करोड मानिसले हुलाकबाट मत पठाएका छन् । मतदान सकिएपछिको सर्वेक्षणका अनुसार झण्डै प्रत्येक १० जनामा आधाजतिले ट्रम्प नेतृत्वको सरकारले कोरोना भाइरसको महामारी नियन्त्रण तथा… पुरा पढौ

सरकारी सञ्चारमाध्यमलाई नयाँ सोचका साथ अघि बढाउँछाैं :सञ्चारमन्त्री

काठमाडौं, २० कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी सञ्चारमाध्यमलाई नयाँ सोचका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन । सरकारका प्रवक्ता गुरुङले राष्ट्रिय समाचार समिति, गोरखापत्र संस्थान, नेपाल टेलिभिजन र रेडियो नेपाललाई प्रभावकारी बनाउनका लागि आवश्यक ऐनकानूनको निर्माण गर्न आफू लागिपर्ने स्पष्ट गरे । गोरखापत्र संस्थानको अनुगमनका क्रममा मन्त्री गुरुङले बदलिँदो परिवेशअनुसार अघि बढाउनका लागि संस्थालाई सञ्चार केन्द्रका रुपमा स्थापित गराउने गरी कार्ययोजना बनाउन विभागीय प्रमुखहरुलाई आग्रह गरे । “सबैलाई सुखी र खुशी बनाउने उद्देश्यका साथ ११८… पुरा पढौ

स्वीकृत मस्यौदा अनुसार विदेशस्थित स्थानीय तहसँग भगिनी सम्झौता गर्न निर्देशन

काठमाडौं, २० कात्तिक । सरकारले स्थानीय तहलाई विदेशस्थित स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापना गर्दा स्वीकृत मस्यौदाको ढाँचा अनुसार मात्र सम्झौता गर्न निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत नमिता रेग्मीले परिपत्र गर्दै कतिपय स्थानीय तहले सरकारबाट स्वीकृत भएको भन्दा फरक सम्झौतापत्रमा हस्ताक्षर गर्ने भएकोले अनिवार्य रुपमा पूर्व स्वीकृत लिँदाको मस्यौदाको ढाँचा अनुसारनै सम्झौता गर्न निर्देशन दिएकी हुन । “कतिपय स्थानीय तहले सरकारको पूर्व स्वीकृत विना नै भगिनी सम्बन्ध स्थापना सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने र सरकारबाट… पुरा पढौ

नेप्से २.३९ अंकले घट्यो, १ अर्ब ७५ करोड बढीकाे कारोबार

काठमाडौं, १९ कात्तिक । नेप्से परिसूचक आज घटेको छ । नेप्से २.३९ अंकले घटेर १६४०.६४ विन्दुमा रोकिएको छ । जम्मा २०१ कम्पनीको १ अर्ब ७५ करोड रुपैयाँ बढीको कारोेबार भएको छ । आज १२ समूहको कारोबार भएको छ । उनिहरुमध्ये ५ समूहको सूचक बढेको छ । बाँकि तल झरेका छन् । सबैभन्दा बढी व्यापारिक समूह २५.३१ अंकले बृद्धि भएको छ । आज वाणिज्य बैंक समूहमा ३.०४ अंकले बृद्धि देखिएको छ । विशाल बजार र सानिमा जनरल इन्स्योरेन्सको शेयर मूल्य बढेको… पुरा पढौ

महासङ्घको निर्वाचनका लागि ढकाल र प्रधान समूहको मनोनयन दर्ता, वरिष्ठ उपाध्यक्ष सर्बसम्मत गराउने प्रयास जारी

काठमाडौं, १९ कात्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनका लागि किशोरकुमार प्रधान र चन्द्र ढकाल प्यानलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । महासङ्घको केन्द्रीय कार्यालय टेकुमा दुवै प्यानलका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । महासङ्घको वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता गराएका प्रधान प्यानलमा वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति रहेका छन् । यसैगरी ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसिएट उपाध्यक्षमा रामचन्द्र सङ्घाईले उम्मेदवारी दर्ता गराएका… पुरा पढौ