मुख्य समाचार

बन्द उद्योगबाट खुलेकाे गोल्यानकाे व्यावसायिक यात्रा

नेपाल एक कृषिप्रधान देश । खेतीयोग्य जमिन पनि पर्याप्त छ। तर कृषिप्रधान मुलुक भएर पनि कृषिजन्य उत्पादनहरु आयात गरेरै खानुपर्ने बाध्यता । सरकारीस्तरबाट बेलाबखत कृषि प्रवर्धन गर्नुपर्ने विषय उठान भइरहन्छ । व्यावसायिक कृषिको नाममा धेरै योजना बनेका पनि छन् । तर कृषि व्यवसायीकरण हुन सकिरहेको छैन । मुलुकको चर्चित व्यावसायिक घराना गोल्यान ग्रुपले भने नेपालमै नमूना काम गरेको छ । जुन कृषिमा लाग्न चाहनेहरुका लागि प्रेरणाको श्रोत बनेको छ । गोल्यान ग्रुप स्वदेशमा उत्पादित बस्तु विदेश निर्यात गर्ने एक चर्चित… पुरा पढौ

भक्तपुर अस्पतालमा पहिलोपटक भित्रियो दूरबिन प्रविधि, शल्यक्रिया पनि सफल

भक्तपुर, २९ असोज । देशकै दोस्रो जेठो अस्पताल भक्तपुर अस्पतालमा दूरबिन भित्रिएकाे छ । दूरबिन अर्थात् ल्याप्रोस्कोपी प्रविधि भित्रिएपछि सहजरूपमा शल्यक्रिया सेवा शुरु भएको छ । वीर अस्पतालपछि स्थापना भएको यस अस्पतालमा पहिलोपटक स्थानीय एक पुरुषको दूरबिन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन। राणा प्रधानमन्त्री चन्द्रशम्शेरले विसं १९६१ असार १७ गते १५ शैय्याको ‘चन्द्रलोक डिस्पेन्सरी’ को नाममा स्थापना भएको यस अस्पतालले पहिलोपटक दूरबिन प्रविधि भित्र्याएर शल्यक्रिया शुरु भएकाे हो । डा गौतमले भने,… पुरा पढौ

विदेशी विनिमय अपचलन गर्नेविरुद्ध मुद्दा

काठमाडौँ, २९ असाेज । भन्सार चोरी पैठारी गरेका मालवस्तुको भूक्तानीका लागि गैर कानूनी रुपमा मुद्रा पठाइ विदेशी विनिमय अपचलन गर्ने व्यवसायीविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज प्रालि र श्री श्याम इम्पेक्स सञ्चालक मोहन वंशल र गोविन्द वंशललाई रु ८५ करोड ९५ लाख २२ हजार बिगो बराबरको विदेशी विनिमय अपचलन गरेको विभागको आरोप छ । उक्त बिगो असुलउपर गरी तीन गुणासम्म जरिवाना र तीन वर्षसम्म कैद साजयको मागदावी लिई बुधबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा… पुरा पढौ

युरोपेली सङ्घलाई हवाई प्रतिबन्ध हटाउन गृहमन्त्री थापाको आग्रह

काठमाडाै‌‌‌, असाेज २९ ।गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना देप्रेजलाइ हवाई प्रतिबन्ध हटाउन आग्रह गरेका छन । पछिल्लो समय नेपालले हवाई सेवामा पर्याप्त सुरक्षा बढाएकाले यस क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाउन गृहमन्त्री थापाले आग्रह गरेका हुन । मन्त्रालयमा वुधबार भएको भेटमा मन्त्री थापाले नेपालको विकास, लोकतन्त्र, मानवाधिकार, विपद् व्यवस्थापनलगायत क्षेत्रमा इयुले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा राखेकाे बताए । भेटमा राजदूत देप्रेजले नेपालको हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध प्राविधिक विषय भएको बताउँदै… पुरा पढौ

कोरला नाका सञ्चालनका लागि नेपाल सरकारले पहल गर्ने

मुस्ताङ, २९ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपल्लो मुस्ताङमा पर्नेे कोरला नाकाको स्थलगत निरीक्षण गरेका छन । सीमानाका स्तम्भ र त्यहाँको पूर्वाधारको अवस्था निरीक्षणका लागि पुगेका मन्त्रीद्वयले नाका सञ्चालनसम्बन्धी छलफललाई अघि बढाइने बताए । कोरला नाका सञ्चालनमा आउँदा नेपालको व्यापार प्रवर्धनमा सहयोग पुग्ने गरी लाग्न आग्रह गर्दै मन्त्रीहरुले एकद्वार प्रणालीबाट नाका सञ्चालनका लागि तत्काल नेपाल सरकारले पहल थाल्ने बताए । परराष्ट्रमन्त्री ज्ञवालीले नाका सञ्चालनका लागि आवश्यक छलफल शुरु गरिने पनि जानकारी दिए ।… पुरा पढौ

भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नेपाल आउने

काठमाडौं, २८ असोज । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपाल भ्रमणमा आउने भएका छन । उनी आगामी कात्तिकमा नेपाल भ्रमणमा आउन लागेका हुन । दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित भएको भारतका स्थलसेनाध्यक्षको नेपाल भ्रमण आगामी कात्तिकमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरावणेलाई सोही क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका सम्वन्धमा मन्त्रिपरिषदले गत माघ २० गते नै निर्णय गरेको थियाे । पुरा पढौ

मन्त्रिपरिषद् हेरफेर, अर्थ मन्त्रीमा विष्णु पौडेल नियुक्त

काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीपरिषद् हेरफेर गरेका छन्।  राष्ट्रपति कार्यालयका अनुसार ओलीले नेकपा सचिवालय सदस्य बिष्णु पौडेललाई अर्थ मन्त्री नियुक्त गरेका हुन्।  राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४-११-३ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम सम्माननीय प्रधानमन्त्रीकाे सिफारिसमा देहायबमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन गरी देहायबमोजिम मन्त्रिपरिषद् गठन गरेकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ । प्रधानमन्त्रीले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई रक्षाबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेका छन्। रक्षा मन्त्रालय ओली आफैंले… पुरा पढौ

नेपालमा थपिए २६३८ कोरोना संक्रमित, २१७४ निको

काठमाडौं, २८ असोज । नेपालमा आइतबार २ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार देशभरमा १३ हजार ९ सय ४७ परीक्षणमा थप २ हजार ६ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ पुगेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ७४ जना निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना… पुरा पढौ

नेपाली केराले बजार पाएपछि किसानलाई राहत

टीकापुर, २८ असोज । लकडाउनमा उत्पादित केरा बिक्री नभएर घाटा व्यहाेरिरहेका कैलालीका किसान सहजै बजार पाएपछि खुशी भएका छन् । लामो समय बजार बन्द हुँदा घाटामा परेका किसान बजार खुलेपछि अहिले धमाधम केरा बजार पठाउन थालेका हुन् । टीकापुरबाट दैनिक १० ट्रकसम्म केरा अन्य जिल्लामा जाने गरेको छ । भारतीय केरा नेपाली बजारमा आउन नपाएपछि नेपाली केराले राम्रो बजार पाएको केरा व्यवसायी बताउँछन् । यो समय राम्रो केरा उत्पादन हुने समय हो । यतिखेर केराले बजार पाएमा किसानले राम्रो आम्दानी… पुरा पढौ

७ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम १ अर्ब ४९ करोडमा सिमित

काठमाडौं, २८ असोज । शेयर बजारको ओरालाे लाग्ने क्रम बुधबार पनि जारी भएको छ । यस अघि मंगलबार ९ अंकले ओरालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ७ अंकले घटेको हो ।नेप्से परिसूच्क ७ दशमलव ४९ अंकले घटेर १ हजार ५ सय ६१ दशमलव १७ अंकमा झरेको छ । अघिल्लो कारोबारको तुलनामा सेयर कारोबार रकममा समेत गिरावट आएको छ । मंगलबार करिब २ अर्बको कारोबार भएकोमा बुधबार डेढ अर्बको पनि कारोबार भएन । दिनभर भएका २४ हजार ८ सय… पुरा पढौ