मुख्य समाचार

कोरोना बीमाको मापदण्ड शंसोधन, नयाँ मापदण्ड अनुसार संक्रमितले २५ हजार पाउने

काठमाडौं, २९ भदौ । बीमा समितिले काेराेना बीमाकाे मापदण्ड शंसोधन गरेको छ । नयाँ मापदण्ड अनुसार अब कोरोनाको बीमा गर्नेले एक लाख रुपैयाँ नपाउने भएका छन । यस अघि कोरोना बीमा गरेको व्यक्तिमा संक्रमण पुष्टि भएपछि एक लाख रुपैयाँ पाउने व्यवस्था रहेको थियो । समितिले उक्त मापदण्ड संशोधन गर्दै भदौ २८ गतेपछि एक लाख रुपैयाँको बीमा गरेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भए २५ हजार रुपैयाँ मात्रै पाउने व्यवस्था गरेको छ । तर बीमा गरेको व्यक्ति अस्पतालको आइसोलेसनमा बसेको अवस्थामा ७५… पुरा पढौ

नेपालमा संक्रमित संख्या ५५ हजार नाघ्यो

काठमाडौं, २९ भदौ । नेपालमा सोमबार १ हजार १ सय ७० जना थप संक्रमित भेटिएका छन् । यो सहित नेपालमा संक्रमित संख्या ५५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८ सय ७८ पीसीआर परीक्षणमा १ हजार १ सय ७० जना संक्रमित थप भएको जनाएका हुन् । योसहित नेपालमा कुल संक्रमितको संख्या ५५ हजार २ सय १९ पुगेको छ । तीमध्ये सक्रिय… पुरा पढौ

अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं, भदौ २९। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदले शिष्टाचार भेटवार्ता गरेका छन । आफ्नो कार्यकाल सकिएर स्वदेश फर्कनुअघि भएको अध्यक्ष तिमिल्सिनासँग भएको भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोग बारे कुराकानी भएको थियो। भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कार्यकाल सफलतापूर्वक सम्पन्नक गर्नुभएकोमा राजदूत जावेदलाई बधाई व्यक्त गर्दै आगामी दिनमा थप सफलताको कामना गरे । नेपाल र पाकिस्तानबीच कुटनीतिक सम्बन्ध स्थापना भएदेखि निकट र आत्मीय सम्बन्ध रहँदै आएको तिमिल्सिनाले बताए । उनले दक्षिण एसियाली क्षेत्रीय संगठन, संयुक्त… पुरा पढौ

नेप्से परिसूचक ३.२६ अंकले बढ्यो

काठमाडौं, २९ भदौं । साताको दोस्रो दिन नेप्से ३.२६ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ३ . २६ अंकले बढेर १ हजार ५४० दशमलव ५१ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज ३ अर्ब १३ करोड ४१ लाख बढीको कारोबार भएको छ । पुरा पढौ

एक वर्षका लागि ओम्नी समूह कालोसूचीमा

काठमाडौं, २९ भदौ । सार्बजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद प्रक्रियामा सहभागि हुन नपाउने गरी ओम्नी समूहलाई एक वर्षसम्म कालोसूचीमा राखेको छ । स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सामेल भएको ओम्नी समूह यसअघि विवादमा परेको थियो । अनुगमन कार्यालयले अब ओम्नीलाई एक वर्षका लागि अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो । नेपाल सरकार प्रधानमन्त्रीको कार्यालय, सार्बजनिक खरिद अनुगमन कार्यालयले आज एक कालोसूचीमा राखिएको सूचना प्रकाशित गर्दै ओम्नीलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा… पुरा पढौ

वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण

काठमाडौं, २९ भदौ । पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट लामालाई स्टार अस्पतालमा गरिएको परिक्षणमा संक्रमण नतिजा पोजेटिभ देखिएको हो । पाइलट लामाको स्वाब आइतबार परिक्षणका लागि पठाईएको थियो । आज बिहान परिक्षण नतिजा पोजेटिभ आएपछि लामा होटल सोल्टीको आइसोलेसनमा बसेका छन् । पाइलट लामासंगै निगमकै वाइडबडी जहाज उडाउने बेलायतका क्याप्टेन उदय कोल्हात्करलाई पनि संक्रमण पोजेटिभ देखिएको छ । निगमका अनुसार दुवैजनाले केहि दिनअघि शान्ति मिसनका लागि नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजमार्फत… पुरा पढौ

राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन–२०७७ जारी, यस्ता छन् नयाँ व्यवस्था

काठमाडौं, २९ भदौ । बैंक तथा वित्तीय संस्थाहरुका लागि नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन–२०७७ जारी गरेको छ । आइतबार तयार पारी सोमबार विहान राष्ट्र बैंकले एकीकृत निर्देशन २०७७ सार्वजनिक गरेको हो । एकीकृत निर्देशन, २०७६ र सो पश्चात २०७७ भदौ २३ सम्म जारी भएका परिपत्र÷निर्देशन समेतलाई समावेश गरी परिमार्जन गरेरे एकीकृत निर्देशन–२०७७ जारी गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए । निर्देशन अनुसार अब इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले जुनसुकै समयमा पनि तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्नु… पुरा पढौ

बालबालिकाको हक, हित र संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री

काठमाडौँ, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन । राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली बालबालिका तथा अभिभावकमा शुभकामना व्यक्त गर्दै नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको बताएका हुन। ‘बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानूनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरुलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्ने सरकारको प्रतिबद्धता रहेकाे उनकाे… पुरा पढौ

प्राधिकरणका निर्देशक घिसिङको ४ वर्षे कार्यकाल सकियो

काठमाडौ, २९ भदौ । आफ्नो कार्यकालमा नेपाललाई लोडसेडिङ मुक्त गराउन सफल भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आईतवार रातिबाट सकिएको छ । अब प्राधिकरण प्रमुखमा कुलमानलाई नै दोहोर्याइन्छ वा नयाँ अनुहार आउँछन् पर्खाइको विषय भएको छ । निर्देशक घिसिङलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उर्जामन्त्री जनार्दन शर्मा हुँदाको समयमा प्राधिकरणको कार्यकारी निर्देशकमा २०७३ साल भदौ २९ गते नियुक्त गरिएको थियो । घिसिङले आफ्नो कार्यकालमा १६, १७ घन्टासम्म लोडसेडिङको मार खाँदै आएका नेपालीलाई विद्युत व्यवस्थापनमा… पुरा पढौ

व्यवसायिक खेतीबाट राम्रो आम्दानी लिँदै कृषक

खाँदबारी, २९ भदौ । लकडाउनको अवधि बढेसँगै सङ्खुवासभामा कृषकले व्यवसायीक खेतीबाट आफ्नो आम्दानी बढाउन थालेका छन । कोरोना भाइरसको सङ्क्रमणले बजार क्षेत्र सुनसान र हिँडडुलमा समस्या भए पनि गाउँमा भने कोरोना सङ्क्रमणले कृषकलाई आफ्नो पेशामा समय दिन साथ दिएको सभापोखरी गाउँपालिका–२ का कृषक मानध्वज राईले बताए । स्कूल क्याम्पस सबै बिदा छ । छोराछोरी सबै गाउँमै हुँदा खेतीपातीमा धेरै सहजता आएको भन्दै अहिले आफूसहित सपरिवार खेतबारीमै व्यस्त हुने गरेको जानकारी राईले दिए । आँप, लिची, केरा, कागती, सुन्तला, मेवा, भुइँकटहर… पुरा पढौ