मुख्य समाचार

गरिमाले प्रविधिमैत्री वित्तीय सेवा दिइरहेकाे छ : सीईओ ढकाल

डेभलपमेन्ट बैंकर्स एशोसिएसनका बर्तमान अध्यक्ष समेत रहेका गोविन्दप्रसाद ढकाल बैंक तथा वित्तीय क्षेत्रमा परिचित नाम हो । हाल उनी गरिमा विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत छन् । बैंकिङ करियरमै उनको २५ वर्ष बितिसकेकाे छ । सुरुवातमा १३ वर्षसम्म ग्रामीण विकास बैंकमा काम गरेपछि त्यसयता उनी निरन्तर गरिमा विकास बैंकको नेतृत्व हाँकिरहेका छन् । क्षेत्रीय विकास बैंकको रुपमा स्याङ्जाकाे वालिङमा स्थापना भएको गरिमाको प्रधान कार्यालय पोखरा हुँदै ३ वर्षअघि केन्द्रीय राजधानी काठमाडौं सारेर देशकै अब्बल विकास बैंकको रुपमा गरिमालाई दर्ज गराउनुमा… पुरा पढौ

नेप्से परिसूचक ५.३६ अंकले बढ्यो

काठमाडौं, ३१ भदौं । साताको चौथो दिन नेप्से ५ .३६ अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ५ .३६ अंकले बढेर १ हजार ५४१ दशमलव ४० विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज १ अर्ब ८४ करोड बढीको कारोबार भएको छ । आज नेप्सेमा बैंकबाहेक अन्य सबै सूचकहरुमा हरियाली छाएकाे छ । पुरा पढौ

एक र दुई रुपैयाँका नयाँ नक्सा अंकित सिक्का आउने

काठमाडौं, ३१ भदौ । नेपाल सरकारले नयाँ नक्सा अंकित एक रुपैयाँ तथा दुई रुपैयाँको सिक्का निष्कासन गर्न केन्द्रीय बैंकलाई स्वीकृति प्रदान गरेपछि नयाँ नक्सा अंकित सिक्का आउने भएका छन । मन्त्रिपरिषद बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनका लागि सोमबार बैंकलाई स्वीकृति दिने निर्णय गरेको हो । यसअघि निस्कासन भएका नोट र सिक्कामा पुरानो नक्सा अंकित छ । राष्ट्र बैंकले सरकारको स्वीकृति पाएसंगै लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटिएको नयाँ नक्सा अंकित सिक्का निष्कासनको प्रक्रिया शुरु गर्न लागेको बताइएकाे छ । पुरा पढौ

प्राधिकरणमा कुलमानको पुन नियुक्तिकाे सम्भावना कम, कोइरालाले पाए निमित्त

काठमाडौं, ३१ भदौ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्ति हुने सुम्भावना कम देखिएको छ । दोस्रो कार्यकालका लागि घिसिङलाई नै नियुक्त गर्न प्रधानमन्त्री अनिच्छुक देखिएका छन् । प्रधानमन्त्रीले अनिच्छा देखाएपछि ऊर्जा जलश्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले खुला प्रतिष्पर्धाबाट कार्यकारी निर्देशक छनोटको तयारी शुरु गरेको मन्त्रालय निकट श्रोत बताउछ । उता कुलमानको कार्यकाल सकिएको दुई दिन पछि प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाइ तोकिएको छ । ऊर्जा मन्त्री वर्षमान पुनले बाह्रौं तहका उपकार्यकारी निर्देशक लेखनाथ… पुरा पढौ

भुकम्पपछि सिन्धुपाल्चोकमा थप खतरा

काठमाडौं, ३१ भदौं । बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ः१९ बजे आएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोक नै केन्द्र विन्दु बनाएर भूकम्प गए अहिले त्यस क्षेत्रमा त्रास सिर्जना भएको छ । पहिरोको कारण ठूलो क्षति भइरहेको जिल्लामा भूकम्प आएपछि थप खतरा महशुस भएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । त्यसैले जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्ट… पुरा पढौ

२२० दिन विद्यालय खुल्नुपर्ने मान्यता तोडियो

काठमाडौँ, ३१ भदौ । वर्षमा २२० दिन विद्यालय खुल्नुपर्ने र १९२ दिन पढाइ हुनुपर्ने मान्यताकाे परिबर्तन भएकाे छ । कुनै वर्ष नेपाल बन्द वा हड्तालका कारण लामो समय विद्यालय बन्द हुने स्थिति भएमा शैक्षिक क्षति हुने विश्लेषण गरिएकाेमा कोरोना महामारीको बढ्दो जोखिमले सो मान्यतामा नीतिगतरुपमै परिवर्तन ल्याइदिएको छ ।अब वर्षमा २२० दिन विद्यालय खुल्नुपर्ने र १९२ दिन पढाइ हुनुपर्ने प्रचलित शिक्षा ऐन र नियमका कानूनी मान्यता परिवर्तन भई वैकल्पिक प्रणालीको सिकाइले मान्यता पाई पाठ्यवस्तुमा समायोजन भएको छ । शिक्षण सिकाइ… पुरा पढौ

जागिरसँगै परोपकारी काममा जुटे युवाहरु

चितवन, ३१ भदौ । भरतपुर–९ की अञ्जना जोशी उमेरले २१ वर्ष पुगिन । उनि भरतपुर सामुदायिक अस्पतालको इर्मेजेन्सी वार्डमा ‘हेल्थ असिस्टेन्ट’ का रुपमा काम गर्छिन । अस्पतालको ड्युटीसँगै सेवाग्राहीको सेवामा जुट्ने उनको दैनिकी नै बनेको छ । विसं २०७२ मा गएको भूकम्पको बेला उनका अङ्कलले अमेरिकाबाट पीडितलाई सहयोग पठाए । अङ्कलको यो कर्मसँगै उनमा समाजसेवाको भावना विकास भयो । बजारको सडकमा कोही पल्टिएको देख्यो भने मन अमिलो हुन्छ । सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्छ, उनले भनिन । सामाजिक कार्यमा… पुरा पढौ

खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

काठमाडौँ, ३० भदौ । पुर्व अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका बिश्वासपात्र मानिएका डा खतिवडा आर्थिक सल्लाहकारका रुपमा पुन अर्थ मन्त्रालय छिर्ने भएका हुन । हिजाे भदौ २९ गते बसेको मन्त्रिपरिषद बैठककाे निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्री सरहकाे सुविधा पाउने गरी पूर्वअर्थमन्त्री डा खतिवडालाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिएका थिए । संवैधानिक व्यवस्थाअनुसार उनको अर्थमन्त्रीकाे… पुरा पढौ

असोज १ गतेबाट लामो दूरीका सार्वजनिक यातायात र हवाई उडान सञ्चालन हुने

काठमाडौं, ३० भदौ । असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात र हवाई उडान खुल्ने भएका छन् । सरकारले असोज ५ बाट खुलाउने सूचना जारी गरे लगत्तै आफ्नो निर्णयलाई परिवर्तन गरी असोज १ बाटै यातायात तथा अवाई सेवा सुचारु गर्ने निर्णय गरेको छ । बिगत केहि दिनदेखि यातायात व्यवसायीले सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर असोज १ बाट यातायातका साधन सञ्चालन गर्ने बताउँदै आएका थिए । लकडाउन र निषेधाज्ञाको कारण व्यवसाय चौपट भएको भन्दै व्यवसायीले सरकारले निषेधाज्ञा लागु गरेमा त्यसलाई अवज्ञा गरेर… पुरा पढौ

सेलवेज टावरले व्यवसायीलाई दियो भाडामा ५० प्रतिशत छुट

पाेखरा, ३० भदाै । पोखरा चिप्लेढुङ्गाको सेलवेज टावरले आफना व्यवसायीहरुलाई भाडामा ५० प्रतिशतसम्मको छुट दिने भएको छ । सेलवेज इन्भेष्टमेन्ट एण्ड लिजिङ प्रालिद्धारा संचालित उक्त भवनमा व्यवसाय गर्ने व्यवसायीहरुलाई कंपनीले यो घरभाडा छुटको घोषणा गरेको हो । कम्पनीका अध्यक्ष सुशीलमान प्रधानाङ्गका अनुसार ब्यवसायीले २०७६ चैत्रदेखि २०७७असोजसम्म ७ महिनाको भाडामा ५० प्रतिशत छुट पाउने छन् । त्यस्तै कातिकदेखि फागुन २०७७ सम्म ५ महिनाको भाडामा ४० प्रतिशत छुट प्रदान गरिने अध्यक्ष प्राधानाङ्गले घोषणा गरेका हुन् । कोभिड १९ कारण विभिन्न चरणमा भएको… पुरा पढौ