मुख्य समाचार

अलैँचीमा सकसः बजार मूल्यभन्दा भन्सार मूल्य दोब्बर

इलाम, २२ भदौ । स्वाभाविकरूपमा हामीलाई लाग्छ, वस्तुको मूल्यअनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने हो तर, नेपालबाट जाने अलैँचीको भारतीय भन्सार मूल्य मापन चाहिँ सधै एउटै दर कायम हुन्छ । अलैँचीको भन्सार मूल्य कुनै बेला नेपाली बजारमा रु एक लाख प्रति मन कोरोबार हुँदा र अहिले सरदर रु २० हजार प्रति मन हुँदा पनि एउटै छ । व्यवसायीका अनुसार अहिले नेपालबाट जाने अलैँचीको मूल्य… पुरा पढौ

कस्तो मास्क कसरी प्रयोग गर्ने ?

काठमाडौँ, २२ भदौ । उमेर समूह अनुसारका व्यक्तिलाई लक्षित गरी मास्कहरु उत्पादन र बजारिकरण गर्न सकेमा यसको प्रयोग वढ्ने स्वास्थ्य विज्ञहरुले बताएका छन् । “कार्टुन लगायतका चित्रहरु मास्कमा राख्दा चित्र मन पराएर बालबालिकाले मास्क लगाउन सक्छन्” स्वास्थ्य विशेषज्ञ डा.रबिन्द्र पाण्डेले भने, “किशोरकिशोरीमा फेन्सी खालको छुट्टै डिजाइनको मास्क रुचिकर हुनसक्छ ।” विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि मास्कको प्रयोग बढाउन व्यक्तिको उमेर, पेशा र रुचिअनुसारको मास्कको उत्पादनले सहयोग गर्ने डा.पाण्डेले बताए । खेलप्रेमीका लागि खेलाडीको फोटो भएको त अरुका… पुरा पढौ

डा. हरिहरदेव पन्तलाई सम्झदै गभर्नरले भने– लघुवित्तको योगदान भूल्न सकिन्न

काठमाडौं, २२ भदौ । डा. हरिहरदेव पन्तको ५ औँ स्मृति दिवशका अवसरमा ‘समृद्धिको मार्ग–२०७७’ विमोचन गरिएको छ । आइतबार आयोजना गरिएको भर्चुअल कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘समृद्धिको मार्ग–२०७७’ विमोचन गरे । बिमोचन पश्चात प्रमुख अतिथिको मन्तव्य राख्नु हुदै गभर्नर अधिकारीले पुस्तकमा समेटिका विषयहरु एकदमै राम्रा विषयहरु भएको बताए । स्वर्गीय हरिहरदेव पन्तका कारण ग्रामिण भेगका जनताको जीवनस्तर उकास्न निकै ठूलो मद्दत पुगेको बताए । लघुवित्तको सेवाका कारण आज धेरै मान्छेहरुले उद्यशीलताको बाटो रोजेको उनको… पुरा पढौ

मलको ठेक्का सरकारले तोड्यो, धरौटी रकम पनि जफत हुने

काठमाडौं, २१ भदौ । सरकारले मल आपूर्ति सम्बन्धी ठेक्का तोडेको छ । मलको ठेक्का लिएर समयमै उपलब्ध नगराएको भन्दै सरकारले ठेक्का तोडेको हो । प्रचण्डका घरबेटी सारदा प्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र काँग्रेस नेता होमनाथ अधिकारीको होबिको मल्टिपल कम्पनीले मल ल्याउने ठेक्का पाएको थियो । तर तोकिएको समयावधीमा दुबैले मल ल्याउन सकेनन् । धरौटी राखेको पाँच पाँच करोड रुपैयाँ पनि जफत गर्ने निर्णय सरकारले गरेको छ । सम्झौता अनुसार मल नल्याउने यी दुबै कम्पनीलाई कालोसूचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई… पुरा पढौ

शिक्षा र सामाजिक क्षेत्रका उदाहरणीय व्यक्तित्व

‘नचिताएको परिस्थिति कुनै पनि बेला आउन सक्छ, जुन स्वीकार्नुको विकल्प हुदैन । वश एउटा साहस र संकल्पले मनको डरलाई कवच लगाउन सकियो भने ठिक आफ्नै अगाडि उपायको ढोका खुल्छ ।’ शिक्षा क्षेत्रका स्थापित ब्यक्तित्व डीके ढुङ्गानाले बुधबार बिहानै सामाजिक सञ्जालमा यो सन्देश पोष्ट गरे । कोरोना संक्रमण फैलिन नदिन अहिले पनि काठमाडौंमा निषेधाज्ञा जारी छ । लकडाउनकै बीचमा ढुङ्गानाले एउटा नयाँ सोच बनाए - ‘सोच रुपान्तरण अभियान’ शुभारम्भ गर्ने । ढुङ्गानाले यो अभियानलाई लकडाउनकै बीचमा सुचारु गर्ने स्वघोषणा गरेका थिए… पुरा पढौ

निजी ल्याबको कोरोना बीमा रिपोर्टको दाबी भुक्तानी विवाद टुङ्ग्याउन समिति गठन

काठमाडौं, २१ भदौ । निजी अस्पतालका ल्याबबाट कोरोना परीक्षण गराएर बीमा रकम दाबी गर्दा भुक्तानी नपाएपछि यसका सम्बन्धमा छानविन गर्न बीमा समितिले आज छानविन समिति गठन गरेको छ । नेपालका नीर्जिवन बीमा कम्पनीहरुले कोरोना बीमा गर्दा सरकारी वा निजी ल्यावबाट परीक्षण गर्ने भन्ने स्पष्ट नखुलाएको र हाल सरकारी परीक्षण रिपोर्टलाई मात्र आधिकारीक मान्ने निर्णय गरेपछि निजी क्षेत्रबाट चौतर्फि विरोध भएको थियो । निजी ल्याबलाई पनि सरकारले नै आधिकारीकता दिएकोले नीजि ल्यावको रिपोर्टलाई पनि मान्यता दिनुपर्ने माग गरिएको छ । यसै… पुरा पढौ

दोहोरो अंकले घट्यो नेप्से, कारोबार भने २ अर्ब ७८ करोड माथि

काठमाडौ, २१ भदौ । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार १०.४५ अंकले घटेर नेप्से परिसूचक १ हजार ४ सय ९९ दशमलव ९७ अंकमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि २.५४ अंकले ओरालो लागेको छ । दिनभर भएका १९१ कम्पनीको ३४ हजार ८ सय ७३ कारोबारबाट ७० लाख ३८ हजार ९ सय ९० कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ७८ करोड २३ लाख ७७ हजार ८ सय… पुरा पढौ

गण्डकी प्रहरी प्रमुख डीआईजी अर्याललाई कोरोना

पोखरा, २१ भदौ । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) घनश्याम अर्याललाई कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले कन्ट्याक ट्रेसिङ आधारमा नमुना परीक्षण गर्दा डीआईजी अर्यालमा कोरोना पुष्टि भएको बताए । डा. शर्माले सफल आवाजसँग भने, ‘डीआईजी सावलाई कोरोना पुष्टि भएको हो । उहाँ अहिले होम आइसोलेसनमै हुनुहुन्छ । स्वास्थ्य अवस्था राम्रो छ । हेल्दी एण्ड फिट हुनुहुन्छ । नेपाल प्रहरीको पोखरास्थित सशस्त्र गणमा कार्यरत प्रहरीहरुमा कोरोना देखिएसँगै पोखराका विभिन्न कार्यालयमा… पुरा पढौ

विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था हुदैछ :मन्त्री भुसाल

टेक्सस, २१ भदौ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागेको बताएका छन् । उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी सरकारले काम गरिरहेको बताए । गैरआवासीय नेपाली संघ, अमेरिका क्षेत्रको जारी क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको अवसरमा आयोजित ‘नागरिकताको निरन्तरता तथा गैरआवासीय नेपालीको सम्पत्ति र राजनीतिक अधिकार’ विषयक अन्तरक्रियामा मन्त्री भुसालले आउँदो चुनावअघि नै… पुरा पढौ

कोरोना कहरः चिया बुझ्न आएनन् विदेशी

इलाम, २१ भदौ । विगतका वर्षमा चियाको ‘फस्ट फ्लस’ सिजन (चैत–वैशाख) देखि नै चिया हेर्न र बुझ्न विदेशी आउँथे । उद्योग- कारखानाको अनुगमन गर्दै किसानसँग भलाकुसारी गरेर चिया बोकेर फर्कन्थे । कतिपयले त बगान र उद्योगमा पुगेर चियाको काम पनि गर्थे । प्रायः चैतदेखि दसैँअघिको समयसम्म चियाका लागि बढी विदेशी आउने सिजन हो तर यसपटक कोरोना महामारीले चियाका लागि आउने विदेशी (खरिदकर्ता)को सङ्ख्या शून्य छ । यसले चिया उद्योग र बगानमा चिया खरिदकर्ताको चाप कम भएको भने चिया बिक्री पनि… पुरा पढौ