मुख्य समाचार

घर गाडीको कर्जा लिनेलाई ब्याजदर नबढाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं, २३ भदाै । घर गाडीको कर्जा लिन चाहनेलाई ब्याजदर नबढाउन राष्ट्र बैंकले निर्देशन दिएकाे छ । नेपाल राष्ट्र बैंकले घर र गाडी खरिदका लागि बैंकबाट लिएको ऋणको ब्याजदर स्थिर राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै घर र गाडी खरिदका लागि दिएको कर्जामा ब्याजदर घटबढ नगर्न निर्देशन दिएको हो । बैंकहरुले हालसम्म आधारदर (बेस रेट) घटबढ हुनेवित्तिकै ऋणको व्याजदर पनि घटाउने र बढाउने गर्दै आएका थिए । बैंकको खर्च… पुरा पढौ

मनोसामाजिक समस्या समाधान गर्न परामर्शको खाँचाेः प्रधानमन्त्री

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको कारण समाजमा देखिएको मनोसामाजिक समस्यालाई समाधान गर्न मनाेचिकित्सककाे परामर्श र याेगदानकाे खाँचाे भएकाे बताएका छन । मनोसामाजिक समस्या रहिरह्यो भने समस्या झन् वढेर जान्छ, त्यसैले अहिलेनै योजना बनाएर तदारुकतासाथ कामलाई अघि बढाउन उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्वद्ध अधिकारीहरु र सराेकारवाला निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजना गरिएको मनोचिकित्सकसँगको छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले समाजमा व्याप्त नैराश्यता, डर, त्रास र भयलाई हटाउन… पुरा पढौ

भदौ २५ देखि अटो व्यवसाय सुचारु गर्ने नाडाको निर्णय

काठमाडौं, २३ भदौ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले भदौ २५ देखि अटो व्यवसाय सुचारु गर्ने निर्णय गरेको छ । बिगत ६ महिनादेखि सरकारले लगाएको लकडाउन र निषेधाज्ञाले अटो व्यवसाय अत्यन्त मारमा परेकोले वाध्य भएर निषेधाज्ञा अवज्ञा गर्दै व्यवसाय सुचारु गर्नुको बिकल्प नभएको व्यवसायीहरुको भनाई छ । यदि सरकारले भदौ २५ गतेपछि पनि निषेधाज्ञालाई निरन्तरता दिएमा त्यसको अवज्ञा गर्दै व्यवसाय संचालन गर्ने नाडाले निर्णय गरेको हो । सरकारले लकडाउन र निषेधाज्ञा लागु गरेको झण्डै ६ महिना भईसकेको छ । हामी… पुरा पढौ

मेलम्चीको पानी ल्याउन अझै तीन महिना लाग्ने

काठमाडौं, २३ भदौं । बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ । आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी आउने सम्भावना नभएको बताइएको छ । खानेपानी मन्त्रालयले गत आर्थिक वर्षमा असार मसान्तसम्म उपत्यकामा पानी झार्ने र पाइपको परीक्षण गर्ने लक्ष्य लिएको थियो । अगामी दशैँसम्ममा उपत्यकावासीको घरघरमा पानी पु¥याउने लक्ष्य लिइएको भए पनि… पुरा पढौ

औषधीय गुण भएको जडीवुटी गुर्जोका फाइदा

काठमाडौं, २३ भदौ । गुर्जो एक प्रकारको औषधीय गुण भएको लहरे वनस्पति हो । यसलाई संस्कृतमा अमृता, नेपालीमा गुर्जो, मधेशमा गिलोय र हिन्दीमा गुडुची भन्ने गरिन्छ । यसको वैज्ञानिक नाम टिनोस्पोरा कोर्डिफोलिया हो । गुर्जो ‘मेनिस्परमासिया’ वनस्पति परिवार अन्तर्गत ‘टिनोस्पोरा’ वंशमा पर्ने ‘टी कोर्डिफोलिया’ प्रजातिको महत्वपूर्ण जडीबुटी भएको बनस्पतिबिज्ञहरु बताउछन । यो लहरे तथा पतझर प्रकृतिको वनस्पति हो । यसको लहरा मोटो र गुदिदार हन्छ । यसको लहरामा आँख्लै आँख्लाहरु हुन्छन् । गुर्जोको बाहिरी बोक्रा पातलो कागजको जत्तिकै हुन्छ ।… पुरा पढौ

भदाै २५ गतेसम्म बैंकका सबै शाखा तथा काउन्टर खुला हुने

काठमाडौं, २३ भदौ । नेपाल राष्ट्र बैंकले भदाै २५ गतेसम्मका लागि सबै शाखा तथा काउन्टर खोल्न बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले राजश्व तिर्न करदाताहरुलाई सहज होस भनेर यस्तो निर्देशन दिएको जानकारी दिएको छ । अहिले काठमाडौं उपत्यकासहितका देशभरका धेरै ठाउँमा बन्दाबन्दी कायमै छ । बन्दाबन्दी कायम भए पनि सरकारले राजश्व तिर्नका लागि भदौं २५ गतेसम्म समयसीमा दिएका कारण करदाताहरु कर तिर्न जाने भएकाले यस्तो निर्देशन गरिएको हो । तर सधैका लागि भने होइन । राष्ट्र बैंकका अनुसार यो… पुरा पढौ

दोहोरो अंकले घट्यो नेप्से, कारोबार भने २ अर्ब १६ करोड माथि

काठमाडौं, २२ भदौं । साताको दोश्रो दिन नेप्से १२. १७ अंकले घटेको छ । सोमबार नेप्से परिसूचक १२. १७ अंकले घटेर १ हजार ४८७ दशमलव ८१ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज २ अर्ब १६ करोड बढीको कारोबार भएको छ । कारोबारमा अन्तिम समयसम्म आएका १९२ कम्पनीको ५५ लाख ९० हजार ६६५ कित्ता शेयर २८ हजार ३३ पटक खरिद विक्री हुदाँ २ अर्ब १६ करोड २२ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । पुरा पढौ

नेपालमा कुल संक्रमित ४७ हजार नाघ्यो,मृत्यु हुने ३ सय पुगे

काठमाडौं, २२ भदौ । नेपालमा सोमबार ९ सय ७९ जना थप संक्रमित भेटिएका छन् । गएको २४ घण्टामा थप ९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यो सहित हाल नेपालमा संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ । उनका अनुसार सक्रिय संक्रमितको संख्या भने १६ हजार २ सय ५९ मात्र छ । गएको २४ घण्टामा ९ हजार २ सय १८… पुरा पढौ

अब जग्गाको कित्ताकाट गर्न पाईने, घरजग्गा व्यवसायीलाई राहत

काठमाडौं, २२ भदौ । नेपाल सरकारले जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्धलाई हटाएको छ । सरकारको यो निर्णयपछि घरजग्गा व्यवसायीले राहत महसुस गरेका छन् । लामो समय जग्गा कित्ताकाट नहुँदा घरजग्गा व्यवसायमा मन्दी आई व्यवसायी पलायन हुने क्रम वढेको थियो । जसको असरले बैंक तथा वित्तिय संस्थाहरुको खराब कर्जा दर वढेको बैंकरहरुले बताउँदै आएका थिए । अबको यो निर्णयले घरजग्गा व्यवसायीलाई सकारात्मक प्रभाव पार्ने र ओरालो लागिसकेको रियलस्टेट क्षेत्रमा सुधारको संकेत देखिने आशा गरिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री… पुरा पढौ

जनताको सेवामा समर्पित हुन निजामती कर्मचारीलाई प्रम ओलीको आग्रह

काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीहरुलाई देश विकास र जनताको सेवामा निष्ठापूर्वक लागिरहन आग्रह गरेका छन् । निजामती सेवा दिवसका अवसरमा कर्मचारीलाई शुभकामना सन्देश दिदैं ओलीले यो बिचार व्यक्त गरेका हुन । प्रधानमन्त्री ओलीले आज दिएको शुभकामना सन्देशमा स्वच्छ आचरण र उच्च नैतिक मनोबल बनाएर काम गर्न कर्मचारीलाई आग्रह गरेका छन । उनले आफ्नो कार्य क्षेत्रमा दक्षता वृद्धि गरेर जनताको सेवामा लागिरहन पनि आग्रह गरेका छन् । तत्कालीन टङ्कप्रसाद आचार्यको सरकारले विसं २०१३ सालमा पहिलो पटक… पुरा पढौ