मुख्य समाचार

नेप्सेमा १०.१४ अंकको गिरावट, ५ अर्ब ४० करोडको कारोबार

काठमाडौं, ४ चैत्र । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.१४ अंकले घटेर २७०४.७० विन्दुमा झरेको छ । नेप्सेमा ०.३७ प्रशितसतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.९५ अंकले घटेर ४५३.९५ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ८ वटामा रातो लागेको छ । बाँकी रहेका ५ वटामा हरियो लागेको छ । यसदिन ३३१ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको ९९ लाख ३५ हजार ८७२ कित्ता शेयरको… पुरा पढौ

हिमताल संरक्षण र मौसम पूर्वानुमान प्रणाली सुदृढ बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री खड्का

काठमाडौं, ४ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । जल तथा ऊर्जा आयोगको सचिवालयको आयोजनामा आजदेखि सुरु भएको ‘नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह–२०८१’को शुभारम्भ गर्दै मन्त्री खड्काले हिमतालको संरक्षण गर्न आगामी दिनमा सरकारले बजेटको व्यवस्था गर्ने बताए । “हिमताल फुट्दाको जोखिमबाट उत्पन्न हुने अवस्था भयावह छ, यो फुटेपछि मानवीय क्षतिसँगै आयोजनाको समेत ठूलो क्षति हुने भएकाले यसलाई समयमै जोगाउनतफृ लाग्नुपर्छ,” मन्त्री खड्काले भने।… पुरा पढौ

प्रधानमन्त्रीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण

काठमाडौं, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैह्रसरकारी संस्था महासङ्घ नेपालको नवनिर्वाचित नेतृत्वले ११औँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज महासङ्घका अध्यक्ष अर्जुनकुमार भट्टराईसहितको टोलीले सामाजिक संस्थामैत्री नीति र कानुनको बन्नुपर्ने, नेपाल विकास सम्मेलनको आयोजना गरिनुपर्नेलगायत विषय समेटिएको घोषणापत्र बुझाएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले नयाँ नेतृत्वलाई बधाई दिँदै सामाजिक रुपान्तरण र विकासका काममा सफलता हासिल गर्न शुभकामना दिए। महासङ्घको गत फागुन २५ गतेदेखि २७ गतेसम्म काठमाडौँमा… पुरा पढौ

राष्ट्र बैंककाे आव्हानमा आजदेखि चैत १० गतेसम्म ग्लोबल मनि विक २०२५ शुरू

काठमाडाैं, ४ चैत्र । नेपाल राष्ट्र बैंकले आजदेखि चैत १० गतेसम्म ग्लोबल मनि विक २०२५ मनाउदैछ । बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यले विश्वभर मनाउने गरिएको छ। आर्थिक सहयोग र विकास संगठन (ओइसिडि) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको हाे । ग्लोबल मनि विककाे सन्दर्भमा राष्ट्र बैंकले आजदेखि चैत १० गतेसम्म ‘थिङ्क बिफर यु फलो, वाइज मनि टुमरो’ भन्ने नाराका साथ ग्लोबल मनी… पुरा पढौ

स्थानीयको माग पूरा गर्न ५ जलविद्युत् आयोजना सहमत

म्याग्दी, ४ चैत । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्वअन्तर्गतका काम पूरा गर्ने सहमति जनाएका छन्। स्थानीयवासीको चर्को दबाबपछि रघुगङ्गामा निर्माणाधीन पाँच जलविद्युत् आयोजनाले विभिन्न मागमा लिखित सहमति जनाएका हुन् । विगत लामो समयदेखि समुदायका मागलाई बेवास्ता गर्दै आएका जलविद्युत् आयोजनालाई राजनीतिक दल, जनप्रतिनिधि र स्थानीयवासीसँगको विभिन्न समयमा भएको छलफलपछि गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित जनप्रतिनिधि, सरोकारवाला र जलविद्युत् आयोजनाका प्रमुखहरूको छलफलमा जीर्ण सडकको स्तरोन्नतिसहित मुख्य मागमा लिखित सहमति जनाएका हुन् । आयोजनाहरूले प्रभावित क्षेत्रको सडकलाई स्तरोन्नतिका लागि विगतका… पुरा पढौ

सुशासनका निम्ति भ्रष्टाचारीलाई संरक्षण गर्नु हुँदैन-सांसद शर्मा

काठमाडौं, ४ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य जगप्रसाद शर्मा विगत पाँच वर्षदेखि राष्ट्रियसभाको सदस्य हुन्। रूकुम जिल्लाबाट २०४३ सालदेखि विद्यार्थी सङ्गठनमा आबद्ध भएर राजनीति सुरू गरेका श्री शर्माले २०४६ सालको लोकतन्त्र प्राप्तिका लागि भएको जनआन्दोलनमा सक्रियतापूर्वक भाग लिएका थिए । त्यसपछि तत्कालीन एकता केन्द्रमा समाहित भएसँगै उहाँले २०५० सालदेखि भूमिगत रहेर राजनीति गरेका थिए। उनी २०५७ सालमा तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य भएका थिए। राष्ट्रियसभा सदस्य श्री शर्मासँग राससका समाचारदाता सुशील दर्नालले गरेको कुराकानीको सम्पादित अंश… पुरा पढौ

यस्तो छ आज निर्धारित विदेशी मुद्राको भाउ

काठमाडौं, ४ चैत । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १३ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १८० रूपैयाँ ४२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रूपैयाँ ९० पैसा र बिक्रीदर १५७ रूपैयाँ ५८… पुरा पढौ

चैत ७ गतेदेखि हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर, ४ चैत । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ । परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५… पुरा पढौ

उच्च पहाडी र हिमाली भागमा हल्का हिमपातको सम्भावना

काठमाडौं, ४ चैत । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ । आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यी दुई… पुरा पढौ

पोखरा फाईनान्सको २८ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

पोखरा ३, चैत । पोखरा फाईनान्स लिमिटेड आजबाट २९ औं वर्षमा प्रवेश गरेकाे छ । वार्षिकोत्सवको अवसरमा वित्तीय संस्थाले केन्द्रिय कार्यालयको प्राङ्गण न्यूराेडमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । वित्तीय संस्थाका अध्यक्ष राजकुमार गुरुङले संस्थाका सञ्चालक प्रतिक गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको उक्त रक्तदान कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारणले रक्तदान गरेका थिए । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले स्थापनाकालदेखि २८ औं वर्षसम्म आईपुग्दा संस्थाले ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सुविधा सहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वको… पुरा पढौ