मुख्य समाचार

पेट्रोलियम पदार्थको खरिद मूल्य बढे पनि बिक्री मूल्य यथावत्

काठमाडौं, ३१ भदाै। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले उपभोक्ताका लागि खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भोटेकोशी नदीमा आएको असाधारण बाढीका कारण सिर्जित कठिन परिस्थितिलाई मध्यनजर गर्दै भदौ ३१ गतेदेखि लागू हुने गरी साविककै मूल्य कायम गरिएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव भइरहँदा भदौ ३० गते आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १२ रुपैयाँ ४० पैसा र डिजेलमा प्रति लिटर ४ रुपैयाँ ६८ पैसा… पुरा पढौ

पोखरा फाइनान्सको १ करोड ९० लाख बढी कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, ३१ भदाै। पोखरा फाइनान्स लिमिटेडको करिब २ करोड कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको मर्जर प्रक्रियाका कारण रोक्का रहेको कुल १ करोड ९० लाख १४ हजार ६८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। साबिकको पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड आपसमा १ः१ को सेयर स्वाप अनुपातमा गाभिएका (मर्जर) हुन्। मर्जर पश्चात् पोखरा फाइनान्स लिमिटेड (PFL) को नाममा कायम भएको प्रतिसेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँ दरका उक्त सेयरहरू धितोपत्र सूचीकरण… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, ३१ भदौ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०७ रुपैयाँ ३६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८८ रुपैयाँ १० पैसा कायम… पुरा पढौ

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी, ३१ भदौ। म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीका कमला बानियाँ थापाले जलजला गाउँपालिका–३ पर्वत बेनीमा सञ्चालन गरेको ‘थापा लोकल मार्ट’मा दुई वर्षअघि सम्म स्थानीय ग्राहक मात्रै आउँथे । म्याग्दी, मुस्ताङ र पर्वतका हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन हुने विभिन्न रैथाने वस्तु पाइने थापाको पसलका सामान अहिले विदेशसम्म पुग्न थालेको छ । “सामाजिक सञ्जाल ‘टिकटक’ र ‘फेसबुक’मा लाइभ बसेर सामान देखाउन थालेपछि ग्राहकको पहुँच बढेको मात्र छैन, कारोबार र आम्दानी पनि उल्लेख्य वृद्धि भएको छ,” उहाँले भन्नुभयो, “यसअघि बेनी र मल्लाज क्षेत्रका… पुरा पढौ

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ, ३१ भदौ। मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ । हिमताल विस्फोटबाट अचानक ठूलो बाढी आएमा त्यसको प्रभाव मर्स्याङ्दी नदी हुँदै तल्लो तटीय क्षेत्रमा पर्न सक्ने भएकाले जोखिमको अध्ययन, नियमित अनुगमन, पूर्वसूचना र विपद् प्रतिकार्यको तयारी आवश्यक देखिएको हो । मनाङको नासो गाउँपालिका–२ मा रहेको डोना ९थुलागी० हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त हिमतालका रूपमा पहिचान गरिएको छ । विभिन्न अध्ययनले तालको क्षेत्रफल करिब ०।९ वर्गकिलोमिटर आसपास रहेको देखाएका छन् । सन् २०१७… पुरा पढौ

गरिमा विकास बैंकद्धारा भोटेकोशी बाढी प्रभावितका लागि १ करोड १ लाख ११ हजार सहयोग घाेषणा

काठमाडाैं, ३० भदाै । गत भदाै १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि गरिमा विकास बैंक र बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तर्फबाट १ करोड १ लाख ११ हजार १ सय ११ सहयोग गर्ने भएको छ । बाढी पश्चात उत्पन्न कठिन परिस्थितिबाट प्रभावितका लागि कर्मचारीहरुको तर्फबाट १ दिनको तलब तथा भत्ता बराबरको रकम १६,२०,५५० र बैंकको तर्फबाट नगद ३४,९०,५६१ समेत गरी रु ५१,११,१११ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको छ ।… पुरा पढौ

गत आवमा ७ खर्ब २० अर्ब बराबरको घरजग्गा कारोबार

काठमाडौं, ३० भदौ। नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागकाे तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा नेपालमा ७ खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गाको कारोबार भएको छ । विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कारोबारमा बढोत्तरी भएको देखिएकाे छ । राष्ट्र बैंकका अनुसार आव २०८१/८२ मा भने ३ खर्ब ८६ अर्ब १५ करोड अर्ब बराबरको मात्र घरजग्गा कारोबार भएको थियो । आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबारको सङ्ख्या आव २०८१/८२ को तुलनामा ४ दशमलव ७४ प्रतिशतले… पुरा पढौ

अर्थ मन्त्रालयको २१ बुँदे कार्ययोजनाको प्रभाव: नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार ८ अर्ब नाघ्यो

काठमाडौं, ३० भदाै। नेपाल सरकार अर्थ मन्त्रालयले ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ घोषणा गरेसँगै शेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। बाढी पहिरोका कारण अर्थतन्त्र र जलविद्युत क्षेत्रमा परेको असरलाई सम्बोधन गर्दै बजारमा तरलता र लगानी बढाउने उद्देश्यले ल्याइएको २१ बुँदे कार्ययोजनाले लगानीकर्ताको मनोबल बढाएको हो। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा बन्द भएको छ। परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स ९.१९ अंक, फ्लोट इण्डेक्स ३.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१३ अंकले उकालो लागेका छन्।… पुरा पढौ

नेपाल राष्ट्र बैंकद्वारा ‘फिनटेक रणनीति’ को ढाँचा सार्वजनिक

काठमाडौं, ३० भदाै। । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले नेपालमा भरपर्दो, नवप्रवर्द्धनात्मक र समावेशी डिजिटल वित्तीय प्रणालीको विकास गर्न ‘डिजिटल वित्तीय सेवाका लागि फिनटेक रणनीति (२०२६/२७-२०३०/३१)’ को रणनीतिक ढाँचा सार्वजनिक गरेको छ। समग्र अर्थतन्त्रमा वित्तीय पहुँच अभिवृद्धि, दिगो आर्थिक विकास र प्रविधिमैत्री वित्तीय सेवाको सुनिश्चितताका लागि केन्द्रीय बैंकले ५ वर्षे रणनीति ल्याएको हो। फिनटेक रणनीति (२०२६/२७-२०३०/३१) का मुख्य स्तम्भ तथा क्षेत्रहरू मुख्य स्तम्भ (Strategic Pillars)उप-स्तम्भहरू (Sub-Pillars)स्तम्भ १: पूर्वाधार विकास (Infrastructure Development)१.१ डिजिटल पूर्वाधारको आधुनिकीकरण१.२ नियामकीय तथा सुपरिवेक्षकीय प्रविधि (RegTech/SupTech)… पुरा पढौ

ग्रीन डेभलपमेन्ट बैंककाे डेपुटी सीईओमा विकास ढुंगाना नियुक्त

काठमाडौं, ३० भदाै। पाेखरामा केन्द्रीय कार्यालय रहेकाे ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडकाे नायब प्रमुख कार्यकारी अधिकृत पदमा युवा बैकर विकास ढुंगाना नियुक्त भएका छन।
 
बैंकको सञ्चालक समितिको हालै बसेकाे बैठकले ढुंगानालाइ डेपुटी सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। डेढ दशक लामाे बैंकिङ अनुभव भएका ढुंगाना यसअघि कामना सेवा विकास बैंकमा नायब महाप्रबन्धकका रूपमा कार्यरत थिए । चार्टड एकाउन्टेन्ट समेत रहेका

ढुंगानाको नियुक्तिसँगै बैंकले बित्तिय सेवा प्रवाह तथा कार्यसम्पादनमा उच्च जाेड दिदैं संस्थागत विकासलाई थप गति दिने बैंकले विश्वास लिएकाे बताइएकाे छ । पुरा पढौ