मुख्य समाचार

नबिल बैंककाे २४ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, ३० भदाै । नबिल बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको २४ हजार १५५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो। बैंकद्वारा जारी सूचना अनुसार उक्त सेयर खरिदका लागि हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। सेयर बिक्री सम्बन्धी मुख्य विवरण: विवरणतथ्याङ्क / व्यवस्थाकम्पनीको नामनबिल बैंक लिमिटेडसेयर प्रकारसंस्थापक सेयर (Promoter Share)बिक्री कित्ता२४,१५५ कित्ताआवेदन दिने योग्यताविद्यमान संस्थापक सेयरधनीहरू मात्रआवेदन दिने म्यादसूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रआवेदन बुझाउने स्थाननबिल बैंकको केन्द्रीय कार्यालय सर्वसाधारणका लागि… पुरा पढौ

स्नो रिभर्स लिमिटेडद्वारा १०.५२६३ प्रतिशत लाभांश घोषणा

काठमाडौं, ३० भदाै । जलविद्युत् क्षेत्रको कम्पनी स्नो रिभर्स लिमिटेड (SNORL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। भदौ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश विवरण तथा स्वीकृतिको अवस्था विवरणदर / प्रतिशतबोनस शेयर१० %नगद लाभांश (कर प्रयोजनार्थ)०.५२६३ %कुल लाभांश१०.५२६३ %सञ्चालक समिति निर्णय मिति२०८३ भदौ १५ गतेविद्युत… पुरा पढौ

खराब कर्जा नियन्त्रण गर्न राष्ट्र बैंकको कडा कदम

काठमाडौं, ३० भदाै । बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दै गएको खराब कर्जा (NPL) को जोखिम न्यूनीकरण गर्न र ऋण प्रवाहमा हुने मनपरी रोक्न नेपाल राष्ट्र बैंकले कर्जा स्वीकृति, मूल्यांकन तथा असुली प्रक्रियालाई कडाइ गर्दै नयाँ 'जोखिम व्यवस्थापन मार्गदर्शन २०२६' जारी गरेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९९ बमोजिम बैंक तथा वित्तीय संस्था नियमन विभागले साढे सात वर्षअघि (सन् २०१८) को मार्गदर्शनलाई परिमार्जन गर्दै 'क', 'ख' र 'ग' वर्गका इजाजतपत्रप्राप्त संस्थाहरूका लागि यो व्यवस्था अनिवार्य लागू गरेको हो।… पुरा पढौ

कृष्णभीरमा नयाँ ट्याकमा असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ (चितवन), ३० भदौ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ । आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारीसाधन परीक्षणका रूपमा आवतजावत गराइएको थियो । परीक्षण सफल भएपछि नियमित सवारीसाधन सञ्चालनका गर्न तीव्रता दिइएको हो । नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँका अनुसार आज ११औँ दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको… पुरा पढौ

पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक

काठमाडौं, ३० भदाै । धितोपत्र बजारलाई सुदृढ, आधुनिक, पारदर्शी र लगानीमैत्री बनाउँदै बजारमा देखिएको शिथिलता हटाउन अर्थ मन्त्रालयले ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयका अनुसार पछिल्ला वर्षहरूमा अर्थतन्त्रमा देखिएको सुस्तता र हालै भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजना एवं भौतिक पूर्वाधारमा पुगेको क्षतिले परेको थप चापलाई सम्बोधन गर्न यो कार्ययोजना ल्याइएको हो। कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजार सुधार, नयाँ वित्तीय उपकरण, नेप्सेको पुनर्संरचना, गैरआवासीय नेपाली (NRN) को प्रवेश, कर प्रणाली सुधार र बैंक तथा वित्तीय… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, ३० भदौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ८० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५४ पैसा कायम… पुरा पढौ

मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

मुस्ताङ, ३० भदौ। मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ । सम्मेलनको आज कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्दै हुनुहुन्छ । सम्मेलनमा भाग लिन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि मुस्ताङ आइपुगेका छन् । सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजार बढी अतिथि मुस्ताङ आइपुगेको घरपझोङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो । अतिथिलाई स्थानीय होटलमा बसोबासको व्यवस्था मिलाइएको छ । सम्मेलनको व्यवस्थापनका लागि पालिकाअन्तर्गतका पाँचै वडाका गाउँ समाज,… पुरा पढौ

प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

म्याग्दी, ३० भदौ। म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका रणनीतिक महत्वका सडक स्तरोन्नतिको काम पूरा भएको छ । सङ्घीयताको वस्तुनिष्ट कार्यान्वय हुँदा स्थानीयवासीले सहज रूपमा सडक सुविधा पाएका छन् । गण्डकी प्रदेश सरकारले बहुवर्षीय योजनामा राखेका ती आयोजना सम्पन्न हुँदा स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८०/८१ देखि सुरु गरेका चार र २०८१/८२ मा ठेक्का सम्झौता भएको एक योजना सम्पन्न भएका हुन् । विभिन्न निर्माण कम्पनीसँग… पुरा पढौ

दूध उत्पादन बढाउन अनुदान

दमौली (तनहुँ), ३० भदौ। तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुदान उपलब्ध गराएको छ । केन्द्रले आर्थिक वर्ष २०८२÷८३ मा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत रु ८० लाख ११ हजार अनुदान वितरण गरेको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीका अनुसार जिल्लाका १३ वटा दुग्ध उत्पादक सहकारी संस्थामार्फत किसानलाई प्रोत्साहन रकम उपलब्ध गराइएको हो । कार्यक्रमअन्तर्गत सहकारी संस्थाबाट सङ्कलन भएको ३० लाख २० हजार… पुरा पढौ

एनपीएल नियन्त्रण र साइबर सुरक्षामा कडाइ गर्दै राष्ट्र बैंक: ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ लागू

काठमाडौं, २९ भदाै । बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दै गएको खराब कर्जा (एनपीएल) को जोखिम न्यूनीकरण गर्न र ऋण प्रवाहमा हुने मनपरी रोक्न नेपाल राष्ट्र बैंकले कडा कदम चालेको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले कर्जा स्वीकृति, मूल्यांकन र असुली प्रक्रियालाई थप व्यवस्थित र कडा बनाउँदै नयाँ ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ जारी गरेको हो। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९९ बमोजिम जारी गरिएको यो परिमार्जित व्यवस्था ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूका… पुरा पढौ