मुख्य समाचार

नेप्सेमा ६.९० अंकको बृद्धि, साढे १३ अर्बको कारोबार

काठमाडौं, १८ भदौ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्सेमा सामान्य अंकले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.१६ विन्दुमा रहेको छ । नेप्सेमा ०.२४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.०६ अंकले बढेर ५०४.८९ विन्दुमा रहेको छ । यसदिन ५ वटा उपसमूहहरुमा हरियो लागेको छ । बाँकी रहेका ८ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३२८ कम्पनीहरुको सेयर कारोबार भएको छ ।… पुरा पढौ

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री ओली

काठमाडौं, १८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज आयोजित लैङ्गिक समावेशीकरणसम्बन्धी एसिया प्रशान्त क्षेत्रका मानव अधिकार संस्थाहरुको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानले मौलिक अधिकारका धेरै सवाललाई लिपिबद्ध गरेको बताए । अधिकारहरूकाे अक्षरशः पालनाका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै जातिप्रथालाई कानुनीरुपमै अन्त्य गरिएको स्पष्ट पारे । संविधान बन्नुअघि संसद्बाट राज्यका… पुरा पढौ

सुपरमाई हाइड्रोपावरद्वारा १२.६३ प्रतिशत लाभांश घोषणा

काठमाडौं, १८ भदाै । सुपरमाई हाइड्रोपावरले आज १२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूका लागि १२.६३ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको हाे । यस कम्पनीको भदौ १७ गते साँझ बसेको सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०८० २०८१ काे खुद नाफाबाट ७ प्रतिशत बोनस सेयर तथा ५.६३ प्रतिशत नगद लाभांशसहित साे लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  कम्पनीकाे साे प्रस्ताव विद्युत नियमन आयोगले स्वीकृत गरेपछि तथा आगामी दशाैं साधारण सभाबाट… पुरा पढौ

सुनचाँदी खरिद गर्दै हुनुहुन्छ ? यस्तो छ मंगलबारको भाउ

काठमाडौं, १८ भदौ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेर काराेबार हुँदैछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारकै भाउ कायम भई साेहि भाउमा कारोबार भईरहेको छ । छापावाल सुन तोलाको १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावााल सुन तोलाको १ लाख ५२ हजार रुपैयाँमा नै कारोबार भएको थियो । आज चाँदीको भाउ पनि स्थिर रहेर तोलाको १ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ… पुरा पढौ

यी दुई म्युचुअल फण्डकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडाैं, १८ भदौ । आज दुई म्युचुअल फण्डहरुको प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेको छ। कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले प्रतिफल वितरणकाे प्रयोजनका लागि भोली भदौ १९ गते बुकक्लोज गर्ने बताएकाले आजसम्म प्रतिफल सुरक्षित गरिसक्नु पर्नेछ । लगानीकर्ताले आज मंगलबार नेपाला स्टक एक्सचेन्ज नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका इकाईधनीहरुले दुई फण्डहरुले वितरण गर्ने प्रतिफल पाउन सक्नेछन्। कुमारी इक्विटी फण्डका अनुसार गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई ९.५ प्रतिशत लाभांश वितरणकाे घोषणा गरिकेा… पुरा पढौ

बालबालिकालाई काममा लगाउने उद्योगमाथि कारबाही

बागमती, १८ भदौ । बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा ९५ उद्योग प्रतिष्ठान गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरेको हो । कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठका अनुसार ती प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी रु ६१ हजार एक सय जरिवाना तथा रु तीन लाख ९१ हजार दुई सय ५६ जरिवाना गराइएको छ । सो अवधिमा विभिन्न उद्योग… पुरा पढौ

सानिमा म्युचुअल फण्डको बुक क्लोज मिति ताेकियाे

काठमाडाैं, १८ भदाै । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डको बुक क्लोज मिति ताेकिएको छ। सानिमा बैंक कोष प्रवर्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत संञ्चालित सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको बताइएकाे छ। क्यापिटलले यी ३ वटै योजनाका  लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ आगामी भदौ २६ गते १ दिनका लागि… पुरा पढौ

नेपाल एसबिआई बैंकका ग्राहकले बुद्ध एयरमा छुट पाउने

काठमाडौं, १८ भदौ । नेपाल एसबिआई बैंक र बुद्ध एयर बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी एयर टिकटमा ८. ५ सम्म छुट दिने सम्झौता भएको छ। उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा र बुद्ध एयरका संचालक रुपेश जोशीले हस्ताक्षर गरे । उक्त कार्यक्रममा बैंकका सल्लाहकार, छपिराज पंत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल, दरबारमार्ग मुख्य… पुरा पढौ

ठमेलको रात्रिकालीन आचारसंहिता पालना नहुँदा सास्ती

काठमाडौं, १८ भदौ । रात छिप्पिँदै जाँदा ठमेलका महेन्द्र महर्जन आनन्दले सुत्न सक्दैनन् । छाँया सेन्टरको नजिकै बस्ने उनी निदाउँन नसक्नुको एउटै कारण चर्को ध्वनि प्रदूषण हो । कोभिड महामारी पछि बन्द गरिएको ठमेलको रात्रिकालीन व्यवसाय गत वैशाखदेखि पुनःसञ्चालनमा आएको छ । सरकारले ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुला गर्ने भनेपछि ठमेलको रात्रिकालीन व्यवसाय चलायमान हुन थालेको हो । रात्रिकालीन पर्यटन व्यवसायलाई मर्यादित र अनुशासित बनाउने उद्दश्यले व्यवसायीले आचारसंहिता बनाएर लागू गरेका छन् । बनेका आचारसंहिता व्यवसायीले लागू गरे… पुरा पढौ

आज अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो

काठमाडौं, १८ भदौ । सोमबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५८ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४९ पैसा रहेको थियो । हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि बढेको छ । सोमबार एक… पुरा पढौ