मुख्य समाचार

ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ‘ग्लोबल जुनियर एप’ सार्वजनिक

काठमाडाैं, १७ भदाै। ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो एप सार्वजनिक गरेको हो ।  बैंकले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आफै डिजिटल बैंकिङ्गको अनुभव लिने गरी ल्याएको यस ग्लोबल जुनियर एप मार्फत तोकिएको उमेर समुहका बालबालिकाहरुले बचत गर्ने बानीको विकासका गर्नुका साथै अभिभावकको निगरानीमा आफ्नो बचत रकमलाई खर्च गर्न सक्नेछन् ।  यो एप मार्फत बालबालिकाहरुले बचत… पुरा पढौ

२४ घण्टा समाचार सेवा शुभारम्भ गरेर राससले फड्को मार्‍योः सञ्चार मन्त्री गुरुङ

काठमाडौं, १७ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय समाचार समितिले नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ गरेर महत्वपूर्ण फड्को मारेको बताएका छन् । रासस केन्द्रीय कार्यालयमा आज ‘नेपाली भाषामा २४ घण्टा समाचार सेवा’ शुभारम्भ गर्दै उनले भने, “काम सानो भए पनि यसले ठूलो अभियानको सुरुआत गरेको छ । चौबिसै घण्टा गतिशील हुनुले ठूलो अर्थ राख्छ, हामीले फड्को हानेका छौँ ।” राससले दूरदराजका नागरिकका आवाज समेट्नुपर्नेमा जोड दिँदै मन्त्री गुरुङले सामाजिक न्यायका विषयलाई उच्च प्राथमिकता दिन… पुरा पढौ

नेप्सेमा १२७.३२ अंकको बृद्धि, १३ अर्ब बढीकाे कारोबार

काठमाडौं, १७ भदौ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । सबै सूचकहरु बढेका छन् तर कारोबार अपेक्षाकृत बढ्न सकेकाे छैन। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ विन्दुमा रहेको छ । नेप्सेमा ४.७२ प्रतिशतले बृद्धि भएको छ। यसदिन सेन्सेटिभ इन्डेक्स २२.९४ अंकले बढेर ५०३.८३ विन्दुमा रहेको छ। नेप्सेमा रहेका १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ। यसदिन कुल ३३५ कम्पनीहरुको ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयरको खरिदबिक्रीबाट… पुरा पढौ

ट्राफिक प्रहरीद्वारा डेढ महिनामै साढे ४४ लाख राजस्व संकलन

बागमती, १७ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१÷८२ पहिलो डेढमहिनाको अवधिमा रु ४४ लाख ६९ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । पूर्व–पश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा चेकजाँचमा कडाइ गरेसँगै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६० प्रतिशतभन्दा बढीले राजस्व सङ्कलनमा वृद्धि भएको हो । चालु आव २०८१÷८२ को पहिलो महिना साउनमा चार हजार एक सय सात सवारी साधनमाथि गरिएको कारबाहीबाट रु ३० लाख ८७ हजार पाँच सय एक र भदौ १५ गतेसम्म… पुरा पढौ

सन्दर्भ वाणिज्य दिवस : वाणिज्यशास्त्र शिक्षाका सारथीहरूको सम्झनामा

काठमाडौ, १७ भदौ । महाभारतको शान्ति पर्वमा भनिएको छ, ‘धननाश भएमा केही छैन, पुनः प्राप्ति हुन सक्छ । यस्तै अरू कतिपय चीज नाश भएमा पनि फेरि पाउन सकिन्छ तर इतिहास नाश भएमा सर्वनाश हुन्छ, अपूरणीय क्षति हुन्छ ।’ त्यसैले इतिहासलाई हामी सबैले सम्मान गर्नै पर्छ । हिजोले आज देखायो, आजले भोलिको मार्गप्रशस्त गर्छ । हिजोलाई सम्झनु भनेको पितृलाई सम्मान गर्नु हो । यस पृष्ठभूमिमा नेपालको वाणिज्यशास्त्र शिक्षाको थालनी, विकास र आजको स्थितिमा ल्याउन अनवरत अथकित परिश्रम गर्ने केही सारथिहरूलाई श्रद्धासुमन… पुरा पढौ

३ अर्ब लागतमा भैरहवामा पेट्रोलियम भण्डारणका लागि जग्गा व्यवस्थापन हुँदै

भैरहवा, १७ भदौ । रुपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा करिब १४ बिघा जग्गामा लुम्बिनी प्रदेशस्तरीय इन्धन भण्डारण डिपो निर्माणको तयारी गरिरहेको छ । पहिलो चरणमा जग्गा व्यवस्थापन र दोस्रो चरणमा भण्डारण ट्याङ्क निर्माण गरिने परियोजना संयोजक इन्जिनियर प्रदीप यादवले जानकारी दिए। पहिलो चरणअन्तर्गत जग्गाको पश्चिमी र उत्तरी क्षेत्रमा रोहिणी खोलामा आउने बाढीबाट हुनसक्ने क्षति रोक्न ‘ग्याबिन’… पुरा पढौ

अगष्टमा ८.३ प्रतिशतले बढे विदेशी पर्यटक

काठमाडौं, १७ भदौ । सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ पर्यटक बढी नेपाल भित्रिएका हुन् । सन् २०२३ को अगष्टमा कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ जना पर्यटक नेपाल भित्रिएका छन् । अगष्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट… पुरा पढौ

सुनचाँदीको भाउ घट्याे, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १७ भदौ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ २० ले घटेको जनाएकाे छ । छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले बढेर तोलाको १ हजार… पुरा पढौ

मौसम परिवर्तनको असर: मुस्ताङको स्याउ भदौमै पाक्यो

म्याग्दी, १७ भदौ । विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ । “पहिले असोज नलागी स्याउमा स्वाद आउँदैनथ्यो”, ७९ वर्षीय हिराचनले भने, “यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ । स्याउ पनि १५–२० दिनअघि नै पाक्न थालेको छ ।” घरपझोङ गाउँपालिका–३ स्याङका किसान कर्मा गुरुङको पनि हिराचनको जस्तै अनुभव छ । व्यावसायिक स्याउखेती गर्दै आएका हिराचन र कर्मामात्र नभएर मुस्ताङका सबैजसो किसान यसपालि विगतको… पुरा पढौ

आईपीओ निष्कासन गर्दै विकास हाईड्रोपावर कम्पनी

काठमाडाैं, १७ भदाै । विकास हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । भदौ १३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले आईपीओ निष्कासन गर्ने लगायतका बिबिध प्रस्ताव पारित गर्न सभा बाेलाएको हो ।   कम्पनीकाे उक्त साधारण सभा आगामी असोज २२ गते काठमाण्डौमा बिहान ११ बजे हुनेछ। सभाबाट सर्वसाधारणलाई आईपीओ जारी गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, आव २०८०/८१ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गर्ने लगायतका प्रस्ताव पारित गरिने बताइएकाे छ ।   पुरा पढौ