मुख्य समाचार

अवकाशप्राप्त इञ्जिनियर चौधरी कृषि कर्ममा रमाउदै

सिरहा, ११ भदौ । जल तथा ऊर्जा आयोगबाट प्राविधिक उपसचिव (इलेक्ट्रोनिक इञ्जिनियर)बाट दुई वर्षअघि अवकाश भएयता लहान–१६ का सुकदेव चौधरी कृषि कर्ममा रमाइरहेका छन् । अध्ययन र अनुभवको क्षेत्र फरक भए पनि कृषि कर्म मनमा शान्ति दिने अस्त्र भएको उनले सुनाए। उमेरले छ दशक पूरा गरेका उनको लोभलाग्दो व्यावसायिक फलफूल खेती देख्दा धेरैले प्रशंसा गर्ने गरेका छन् । उनले लहान बजारबाट १० किलोमितर उत्तरतर्फ चुरेको काखमा अवस्थित करिब चार बिघा आफ्नै जमिनमा ‘कालिका कृषि फर्म’ दर्ता गरी ड्रागन फ्रुट, आँप,… पुरा पढौ

आईपीओ प्रस्ताव पारित गर्न गोरक्ष हाइड्रोले डाक्याे एजिएम

काठमाडाैं, १० भदाै । गोरक्ष हाइड्रोपावरले सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेकाे छ । यसैकाे प्रयाेजनका लागि कम्पनीले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक बोलाएको छ । सञ्चालक समितिको भदौ ४ गते बसेको बैठकले सेयर निष्कासनकाे प्रस्ताव पारित गर्न असोज ३ गते दुई आर्थिक वर्षको वार्षिक साधारणसभा डाकेकाे हो । कम्पनीकाे सभा काठमाडौं बत्तिसपुतलीमा रहेकाे होटल इम्पेरियलमा पूर्वान्ह ११ बजे डाकिएकाे छ । सभामा आर्थिक वर्ष २०७९र८० र २०८०र८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र वित्तीय विषयहरूमाथि छलफल गरी पारित… पुरा पढौ

सरकारले निर्दोष फसाउने र दोषीलाई छाड्ने काम गर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्तिसुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वअनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्न निर्देशन दिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको काठमाडौं महानगरपालिका–११ भद्रकालीस्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढताका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिए। उनले भने, “वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाउ भन्दैन, निर्दोषलाई फसाउ… पुरा पढौ

सार्वजनिक यातायातकाे दुर्बलता घटाउन ‘पोडवे सेवा’

काठमाडाैं, १० भदौ । सहर सहरजस्तो हुन सहज रूपमा सार्वजनिक यातायात उपलब्ध हुनुपर्छ। आम मानिसको विश्वास र भरोसा दुवै हुनुपर्छ । तर, काठमाडौँ उपत्यकामा सहज रूपमा सार्वजनिक यातायात सेवा पाउन आम मानिसलाई मुस्किल छ । बढ्दो सहरीकरणले सृजना गरेको जनघनत्वमा भएको वृद्धिका कारण निजी सवारीसाधन प्रयोग गर्नेको सङ्ख्यामा पनि उत्तिकै बढोत्तरी भएको छ । तर, सङ्घीय राजधानीमा सर्वसूलभ रूपमा सार्वजनिक सवारीसाधन प्रयोग गर्न नागरिकलाई मुस्किल छ । सडक विस्तार भए पनि निजी सवारीसाधन त्यसमा पनि दुईपाङ्ग्रे सवारीमा भएको बढोत्तरीका कारण… पुरा पढौ

आज अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो

काठमाडौं, १० भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । साथै यूरोको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ९३ पैसा र… पुरा पढौ

यसकारण सुक्खाबन्दरगाह भन्सारको राजस्व लक्ष्य घटाइयो

वीरगञ्ज (पर्सा), १० भदौ । पर्सास्थित सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि आव २०८१÷८२ मा पाँच अर्ब लक्ष्य घटाइएको छ । कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यानुसारको राजस्व सङ्कलन गर्न नसकेपछि भन्सार विभागले गत आवको तुलनामा चालु आवमा पाँच अर्बले लक्ष्य घटाएको हो । भन्सार विभागले सुक्खाबन्दरगाह भन्सार कार्यालयलाई चालु आवमा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनवहादुर बरुवालले भन्सार विभागले… पुरा पढौ

प्रधानमन्त्रीलाई एमाले काठमाडौंद्वारा ध्यानाकर्षण

काठमाडौं, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं जिल्ला कमिटीले काठमाडौंको स्वास्थ्य, खानेपानी, ढल, सडक, खाद्यान्न, वातावरण लगायत अन्य सुधार गरिनुपर्ने क्षेत्रका सन्दर्भमा ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले बाग्मती प्रदेशका इन्चार्ज डा राजन भट्टराई, जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, पूर्वप्रमुख विद्यासुन्दर शाक्यसहितको प्रतिनिधि मण्डलले ध्यानाकर्षण गराएको हाे। मेलम्ची खानेपानी आयोजनाको सहज आपूर्ति नभएको अवस्थामा काठमाडाैं क्षेत्र नं ३ स्थित सुन्दरीजलको नागमती ड्याम परियोजनाको बाँकी कामलाई तत्काल अगाडि… पुरा पढौ

भाद्रकृष्ण अष्टमीः श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौं, १० भदौ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको… पुरा पढौ

देशभर बदली, भारी वर्षाको सम्भावना

काठमाडौं, १० भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी मौसम बुलेटिनका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सातै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित… पुरा पढौ

आज सार्वजनिक विदा: सेयर बजार, बैंक-वित्तीय संस्था बन्द

काठमाडौं, १० भदाै । सार्बजनिक बिदाकाे कारण आज सेयर बजार तथा बैंक–वित्तीय संस्थाकाे काराेबार बन्द हुने भएकाे छ । श्री कृष्ण जन्माष्टमीको अवसरमा सरकारले सार्वजनिक विदा दिएको कारण सरकारी कार्यालय र सेयर बजार, बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने भएका हुन्। बिदापछि अब सेयर बजारकाे काराेबार भाेलि मंगलबार बिहान ११ बजे खुल्नेछ । बैंक–वित्तीय संस्थाहरु पनि मंगलबार नै नियमितरुपमा सन्चालनमा आउनेछन् । पुरा पढौ