मुख्य समाचार

परिणाम दिन नसक्नेले जिम्मेवारी छाडाैं: उद्योगमन्त्री भण्डारी

काठमाडौं, २८ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई भरपर्दो र विश्वासिलो संस्थाका रुपमा विकास गरिनुपर्ने बताएका छन् । कम्पनीको आज आयोजित पाँचौ वार्षिकोत्सव समारोहमा मन्त्री भण्डारीले खाद्य व्यापार कम्पनीलाई जनउत्तरदायी संस्था बनाउन सबैको ध्यान जानुपर्ने बताए। सरकार र मातहतका निकायमाथि उठेका प्रश्नको जवाफ सकारात्मक नतिजाबाट दिनुपर्नेमा जोड दिँदै उनले परिणाम दिन नसक्नेले जिम्मेवारी छाड्नुपर्ने बताए। “खाद्य वस्तु उपलब्धताको अभाव भएका स्थानमा कम्पनीले प्राथमिकताका साथ सेवा दिनुपर्छ”, मन्त्री भण्डारीले प्रश्न गरे,… पुरा पढौ

सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं, २८ साउन । आज साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका भक्तजनले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन् । साउनको सोमबारलाई भगवान् शिवको प्रिय बार मानिने भएकाले यस दिन व्रत बसेर पूजापाठ र दान गर्दा सुख प्राप्त हुनाका साथै परिवारमा शान्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ । आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा… पुरा पढौ

के कुरा भयाे अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिवबीच ?

काठमाडौँ २८ साउनः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच आर्थिक तथा विकास सहायता, चालु आयोजनाको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो । भारतीय विदेश सचिव मिस्री दुईदिने भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेका हुन्। उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार नै शिष्टाचार भेटवार्ता गरिसकेका छन् । पुरा पढौ

आशा लघुवित्तकाे नाफामा आकर्षक सुधार

काठमाडौं, २८ साउन । आशा लघुवित्त वित्तीय संस्थाकाे नाफामा आकर्षक सुधार देखिएकाे छ । संस्थाकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरणका अनुसार संस्थाले गत आर्थिक वर्षको अन्त्यसम्ममा आउदा साे नाफा गरेकाे हाे। गत आर्थिक वर्षको असारसम्म रूपैयाँ ६ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएकाे । अघिल्लो वर्ष कम्पनीकाे साे नाफा रूपैयाँ १ लाख ४८ हजार मात्रै थियाे ।  खुद ब्याज आम्दानी ८९.९६ प्रतिशतले बढेकाे छ । सञ्चालन नाफा ३३९.०२ प्रतिशतले बढेको छ । इम्पेयरमेन्ट चार्ज सामान्य… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा १५.६४ अंककाे बृद्धि

काठमाडौ, २८ साउन । साताकाे सेयर काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली सेयर बजारकाे ओपनिङ सेसन सकारात्मक देखिएकाे छ । यसदिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १५.६४ अंकले बढेको छ । याेसँगै नेप्से परिसूचक २८७६.४८ विन्दुमा उक्लिएकाे छ । १ सय २१ कम्पनीको ६४ हजार २३४ कित्ता सेयर खरिदबिक्री हुँदा रूपैयाँ २ करोड ६५ लाख बढीको कारोबार भएको छ ।  यस सेसनमा कुल ८० कम्पनीको सेयरमूल्य बढेकाे छ । २१ वटा कम्पनीकाे सेयरमूल्य घटेको छ । बाँकी कम्पनीहरूकाे सेयरमूल्य स्थिर रहेकाे… पुरा पढौ

सोमबार सुनचाँदीको भाउमा सामान्य गिरावट

काठमाडौं, २८ साउन । साताको सुनचााँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । अघिल्लो दिन आईतबार छापावाल सुनमा रुपैयाँ ७ सयले बढेर कारोबार भएकोमा आज सोमबार रुपैयाँ १ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ १५… पुरा पढौ

विद्युतीय ‘ट्रान्सफर्मर’ चोर्ने गिरोहका १० जना पक्राउ

काभ्रेपलाञ्चोक, २८ साउन । काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानबाट विद्युतीय ट्रान्सफर्मर चोरी बिक्री गर्ने १० जनालाई पक्राउ गरिएको छ । सङ्गठित गिरोहले हालसम्म जिल्लाका विभिन्न स्थानमा जडान गरिएका छवटा ट्रान्सफर्मर निकाली त्यसभित्र रहेको तामाको तार चोरी बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेपछि विशेष टोली परिचालन गरी उक्त गिरोहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले अनुसार प्रहरी चौकी भकुण्डेबेँसी र इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको… पुरा पढौ

सोमबार अमेरिकी डलरको भाउ स्थिर, यूरो घट्यो

काठमाडौं, २८ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ भने घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३४ रुपैयाँ ४ पैसा र… पुरा पढौ

खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’ भरिभराउ

वीरगञ्ज (पर्सा), २८ साउन । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दगाह भन्सार कार्यालयको ‘यार्ड’ मा लामो समयसम्म खाली कन्टेनर नहटाइँदा व्यवस्थापनमा चुनौती थपिएको छ । कोभिड–१९ महामारीदेखिका खाली कन्टेनर रोटेसन नहुँदा भन्सार यार्डमा खाली कन्टेनरको चाङ देखिएको छ । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले बन्दगाहको भन्सार यार्डमा एक हजार पाँच सय ७६ खाली कन्टेनर हुँदा ठाउँ व्यवस्थापनमा समस्या भएको जानकारी दिए। “विशेष गरेर कोभिड महामारीको समयमा कार्गाे रेलले मालवाहक कन्टेनर छाडेर खाली र्याक रित्तै फर्किँदै गए । त्यही बेलादेखि थुप्रिएको… पुरा पढौ

प्रधानमन्त्री ओलीद्वारा भारतीय प्रधानमन्त्री माेदीलाई नेपाल भ्रमणको निमन्त्रणा

काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । शिष्टाचार भेटका लागि यहाँ आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पुरा पढौ