मुख्य समाचार

सर्लाहीमा ‘ड्रागन फ्रुट’को व्यावसायिक खेती बढ्दै

बरहथवा (सर्लाही), २७ साउन । सर्लाहीमा ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादन बढ्दै गएको छ । स्वास्थ्यका हिसाबले समेत बहुगुणी मानिने सिउँडी प्रजातिको ड्रागन फ्रुटबाट मनग्य आयआर्जन गर्न सकिने भएपछि स्थानीय किसान यसको व्यावसायिक उत्पादनमा आकर्षित हुन थालेका हुन् । सर्लाहीको हरिवन नगरपालिका–६ घुर्कौलीका चन्द्रमणि मैनालीले अन्य पेसा व्यवसाय छाडेर ड्रागन फ्रुटको व्यावसायिक खेतीमा लाग्ने क्रम बढ्दै गएको बताए। यस फलको राम्रो भविष्य देखेर आफू पनि व्यावसायिक खेतीमा लागेको उनले जानकारी दिए। “पहिलो चरणमा आफ्नै ३३ कठ्ठा खेतमा ड्रागन फ्रुटको व्यावसायिक खेती… पुरा पढौ

राजनीतिक र नीतिगत स्थायित्वले अर्थतन्त्रमा सुधार आउछ : अध्यक्ष ढकाल

गोदावरी (कैलाली), २६ साउन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का ठूला दलहरू मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्वले अर्थतन्त्रमा सुधार आउने विश्वास व्यक्त गरेका छन् । धनगढीमा आज आयोजित कैलाली उद्योग वाणिज्य सङ्घको ५०औँ स्वर्णिम वर्ष तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले नीतिगत अस्थिरताका कारण अर्थतन्त्रमा ठूलो समस्या देखिएकाले नेपाल राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताए । सेयर बजारले गति लिन थालेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले बजारमा माग सृजना गर्न र… पुरा पढौ

बर्दघाट सुस्तापूर्व रु ३० करोड ३५ लाख बढी राजस्व सङ्कलन

मध्यविन्दु (नवलपरासी), २६ साउन । यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले गत आर्थिक वर्षमा रु ३० करोड ३५ लाख ५३ हजार नौ सय ५३ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा नयाँ सवारी दर्ता हुने सङ्ख्या केही घटेको बताउँदै राजस्व सङ्कलन आव २०७९/८० को हाराहारीमा भएको जिल्लास्थित यातायात व्यवस्था कार्यालयका प्रमुख मिलनबहादुर केसीले बताए। “गत आवमा सवारीसाधन करवापत रु २३ करोड ८६ लाख पाँच हजार तीन सय १३, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबवापत रु पाँच करोड… पुरा पढौ

कृषि सहकारीद्वारा ६७ लाख बढीकाे सागसब्जी बिक्री

वालिङ (स्याङ्जा), २६ साउन । जिल्लाको वालिङमा रहेको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीले एक वर्षमा रु ६७ लाख बढीको सागसब्जी बिक्री गरेको छ । वालिङ नगरपालिका–१ त्रियासीमा रहेको सहकारीले गत आर्थिक वर्ष २०८०/८१ मा रु ६७ लाख २५ हजार दुई सय ९९ सागसब्जी बिक्री गरेको हो । सहकारीमा आबद्ध भएका कृषक शेयर सदस्यहरुले आ–आफ्नो खेतबारीमा उत्पादन भएका सागसब्जी सहकारीले सङ्कलन गरी बिक्री गर्दै आएको सहकारीका अध्यक्ष अर्जुनप्रकाश अर्यालले बताए। “यहाँका कृषकले ठूलो परिमाणमा विभिन्न प्रजातिका सागसब्जी र फलफूल… पुरा पढौ

समृद्धिका लागि देश गरिबीबाट मुक्त हुनुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौं, २६ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई गरिबीबाट मुक्त नगरेसम्म समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताएका छन। ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकलाई अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्न रोजगारी, उत्पादन र उद्यमशीलतामा विशेष जोड दिन आवश्यक भएको बताए। उनले त्यसतर्फ नै सरकारको ध्यान केन्द्रित रहेको बताएउनुभयो । “ अझै पनि २० प्रतिशत नेपाली गरिबीको रेखामुनि छन् । भोका बालबालिकका र मानिसलाई खान लाउने वातावरण दिन सकिएन… पुरा पढौ

मल कारखाना स्थापनामा चीनले सघाउने, लगानी स्वीकृत हुनेबित्तिकै काम थालिने-राजदूत छन् सङ

काठमाडौं, २६ साउन । मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ । आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताएका छन् सन्चारकर्मिसंग भएकाे छलफलमा चिनियाँ राजदूतले लगानी बोर्डले कारखाना स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत गर्नेबित्तिकै काम थालिने बताए । “नेपालमा प्रचुर मात्रामा उपलब्ध बिजुली र पानीको भरपूर उपयोग गरेर मल कारखाना सञ्चालन गर्ने हाम्रो लक्ष्य छ । नेपालसँगको सम्बन्ध र यसको उन्नयन हाम्रो प्राथमिकता हो”, चीन सरकारले सधैँ नेपालको… पुरा पढौ

प्युठानको बिजुवारमा प्रभु बैंकको ३१५औं शाखा सञ्चालनमा

काठमाडाैं, २६ साउन । प्रभु बैङ्क लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा प्युठान जिल्लाकाे प्युठान नगरपालिका, वडा नं.४ प्युठानस्थित बिजुवारमा आफ्नो ३१५ औँ शाखा सञ्चालनमा ल्याएको छ । साे शाखाकाे जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जिसीले उद्घाटन गरेका हुन् । बैङ्कको बिजुवार शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा सङ्घ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास बैङ्कले लिएको छ । पुरा पढौ

यी हुन् विद्युत प्राधिकरणका उपलव्धि र चुनाैती (पूर्णपाठ)

काठमाडाैं, २६ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नाे दाेश्राे कार्यकालकाे ३ वर्षमा गरेका कामहरूकाे विवरण सार्वजनिक गरेका छन् । घिसिङकाे दाेश्राे कार्यकाल पूरा हुन अब १ वर्ष बाँकी रहेकाे छ । उनले तीन वर्षकाे कामकाे विवरणकासाथ बाँकी कार्यकालमा गर्नुपर्ने काम र चुनाैतीहरू पनि प्रस्तुत गरेका छन् । अहिले संसदसम्म बहसकाे विषय बनेकाे डेडिकेटेड र ट्रंकलाइनको महसुलब विवादका लगायतका विषयमा उनले आफ्नाे धारणा बाहिर ल्याएका छन् । बिहीबार घिसिङले लेखा समितिले मागेगरे बमाेजिम डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग… पुरा पढौ

आज अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यको कति ?

काठमाडौं, २६ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ घटेको छ । साथै यूरोको भाउ पनि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३४ रुपैयाँ ४ पैसा र… पुरा पढौ

तनहुँ-७५४ जनामा डेङ्गी सङ्क्रमण, सतर्कता अपनाउन आग्रह

दमौली (तनहुँ), २६ साउन । तनहुँ जिल्लामा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । हालसम्म जिल्लाका पाँच स्थानीय तहका सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा कुँवरका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने सङ्क्रमित फेला परेका छैनन् । व्यासमा ५७, शुक्लागण्डकीमा एक सय पाँच, भिमादमा दुई,… पुरा पढौ