समाचार

गण्डकीमा नयाँ सरकार छिनोफानो आज

पोखरा, २९ जेठ । विपक्षी गठबन्धनले ३१ सांसदको हस्ताक्षरसहित दावी प्रस्तुत गरेपछि गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनको छिनोफानो हुँदैछ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतको सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरेकोमा विपक्षी गठबन्धनले ३१ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरिसकेका छन् । जसमा नेपाली काँग्रेसका १५, माओवादी केन्द्रका ११, जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सदस्य राजीव गुरुङसहित ३१ जना प्रदेशसभा सदस्यले काँग्रेस संसदीय दलका नेता कृष्ष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका… पुरा पढौ

उदयपुरमा घट्दै कोरोना सङ्क्रमण

उदयपुर, २९ जेठ । वैशाखको तेस्रो हप्तादेखि तीव्र रुपमा वृद्धि हुँदै गएको कोरोना सङ्क्रमण जेठको अन्तिम हप्तामा आएर उदयपुर जिल्लामा सुधार हुँदै गएको छ । स्वास्थ्य कार्यलय उदयपुरका अनुसार जेठको अन्तिम हप्तादेखि जिल्लामा कोरोना सङ्क्रमणमा निकै कमी आएको छ । बढी सङ्क्रमित भएको त्रियुगा नगरपालिकामा जेठको अन्तिम हप्तामा आएर ५ सय ३५ बाट सङ्क्रमितहरु घटेर २ सय ९० मा झरेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । कटारी नगरपालिकामा १ सय १७ जना पुगेकोमा सङ्क्रमित घटेर ४५ जनामा झरेकोे छ ।… पुरा पढौ

कालिकोटमा कोरोना परीक्षणको दायरा बढाइने

मान्म, २९ जेठ । कालिकोटका नौ वटा स्थानीय तहमा कोरोना (कोभिड–१९) को परीक्षणको दायरा बढाइने भएको छ । जिल्ला कोरोना कोरोना(कोभिड–१९) महामारी विपद् व्यवस्थापन समितिको बैठकले शुक्रबार परीक्षण दायरा बढाउने निर्णय गरेको हो । कोरोना सङ्क्रमित बढ्दै गएकाले सबै स्थानीय तहमा कोरोना परीक्षण बढाउने निर्णय भएको हो । खाँडाचक्र र रास्कोट नगरपालिका, पचालझरना र शुभकालिका गाउँपालिकामा ५÷५ सय एन्टिजेन किट पठाइएको र अन्य स्थानीय तहमा पनि ५÷५ सयका दरले एन्टिजेन किट पठाउने तयारी भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख कटकबहादुर… पुरा पढौ

मनसुन नेपाल भित्रियो : धेरै ठाउँमा पानी पर्ने

काठमाडौं, २९ जेठ । यो वर्षको मनसुन नेपाल भित्रिएको छ । नेपालको पूर्वी भूभागबाट यो वर्षको मनसुन नेपाल प्रवेश गरेको मौसमविद्ले बताएका छन् । सामान्यतया नेपालमा जुन १० तारिखमा प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ । तर यो वर्ष एक दिन ढिला गरि मनसुन नेपाल प्रवेश गरेको हो । प्रदेश १, २ र बागमती प्रदेशमा प्रवेश गरेको मनसुन एकदुई दिनमै अरु प्रदेशमा फैलने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलले आउँदो हप्ता मनसुन सक्रिय भई देशभरी… पुरा पढौ

राष्ट्रिय कार्यसूचीमा साझा धारणा बनाउन सभामुखको आग्रह

काठमाडौं, २९ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले दलहरुलाई राष्ट्रिय कार्यसूचीमा साझा धारणा बनाएर सहमति, सहकार्यका साथ अगाडि बढ्न आग्रह गरेका छन् । विघटित प्रतिनिसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजित छलफलमा सभामुख सापकोटाले संविधानले नै अर्को निर्वाचन नभएसम्म सभामुख रहने व्यवस्था गरेकाले आफू संविधानको परिधिमा रहेर काम गर्ने बताए । उनले संसारभरको मान्यता, सिद्धान्तअनुसार अर्को निर्वाचन नहुँदासम्म सभामुख रहने तथा जनताका प्रतिनिधिका आवाज संसद्मा आउने र सभामुखमा केन्द्रित रहने तथ्यलाई सभामुखले उल्लेख गरेकाे… पुरा पढौ

गण्डकीमा विपक्षी गठबन्धनद्वारा सरकारको दाबी

पोखरा, २८ जेठ । गण्डकी प्रदेशमा काँग्रेसहित विपक्षी गठबन्धनले नयाँ सरकारमा बहुमतसहित दाबी पेस गरेको छ । काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा अघि सार्दै विपक्षी गठबन्धनले बहुमत ३१ सदस्यको हस्ताक्षर जुटाएको शुक्रबार साँझ प्रदेश प्रमुख समक्ष बुझाएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनको लागि २४ घण्टाको समयसीमा दिएपछि नेपाली काँग्रेससहितका दलहरु त्यसको २ घण्टा नबित्दै प्रदेश प्रमुख निवास पुगेका थिए । पोखरा–८, रत्नचोकस्थित प्रदेश प्रमुख निवासमा साँझ ५ बजे आवश्यक ३१ जना सांसदहरु… पुरा पढौ

३१ सांसदको हस्ताक्षर बोकेर दलहरु प्रदेश प्रमुख निवासमा

पोखरा, २८ जेठ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनको लागि २४ घण्टाको समयसीमा दिएपछि नेपाली काँग्रेससहितका दलहरु बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख निवास पुगेका छन् । उनीहरु पोखरा–८, रत्नचोकस्थित प्रदेश प्रमुख निवासमा साँझ ५ बजे पुगेका हुन् । बहुमत आवश्यक ३१ जना सांसद नै निवासभित्र प्रवेशका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा अघि सार्दै विपक्षी गठबन्धनले बहुमत ३१ सदस्यको हस्ताक्षर जुटाएको दाबी गरेका छन् । प्रदेशका कुल ६० सदस्यमध्ये सरकार बनाउन कांग्रेससहितको गठबन्धनमा… पुरा पढौ

पक्राउको भोलिपल्टै गणेश लामा रिहा

पोखरा, २८ जेठ । पोखराको एक रेष्टुरेन्टबाट बिहीबार पक्राउ परेका डन छविका काँग्रेट निकट गणेश लामा रिहा भएका छन् । निषेधाज्ञा तोडेर पोखरा आएको आरोपमा प्रहरीले उनीसहित ३ जनालाई समाएको थियो । नियन्त्रणमा लिई हिजोदेखि बैदाम प्रहरी चौकीमा राखेकोमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट आदेश आएपछि शुक्रबार दिउँसो ३ बजेतिर रिहा गरिएको हो । राजनीतिक चलखेलका लागि पोखरा आएको आशंका उनीमाथि गरिएको भए पनि अन्ततः निषेधाज्ञा उल्लंघन आरोपमा जनही २ हजार जरिवानासहित रिहा गरिएको बताइएको छ ।लामालाई तत्काल रिहा नगरे सडक… पुरा पढौ

गण्डकी प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको आह्वान

पोखरा, २८ जेठ । गण्डकी प्रदेश प्रमुखद्वारा २४ घण्टाभित्र प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार दिउँसो ३ बजे संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनको लागि प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा संविधानको धारा १६८ (२) बमोजिमको प्रदेशसभाका सदस्यहरुलाई आह्वान गरेकी हुन् । साथै अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले नै कार्य गर्ने उल्लेख छ । पुरा पढौ

बालुवाटारबाट खगेन्द्र संग्रौला, नारायण वाग्लेसहित नागरिक अगुवा पक्राउ

काठमाडौं, २८ जेठ। बालुवाटारबाट खगेन्द्र संग्रौला, नारायण वाग्लेसहित नागरिक अगुवा पक्राउ परेका छन्। चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै बालुवाटार पुगेका खगेन्द्र संग्रौला, नारायण वाग्लेसहित नागरिक अगुवा पक्राउ परेका हुन्। प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा चिकित्सा शिक्षा आयोगको बैठक बाेलाएपछि उनीहरु त्यहाँ पुगेका हुन् । बैठकले बिएण्डसी प्रस्तावित मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउने तयारी गरेकाे स्राेतले बताएकाे ५। सर्वोच्च अदालतको समेत निर्णय विपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै नागरिक अगुवाहरुले विरोध गर्दै आएका… पुरा पढौ