समाचार

तत्काल खोप व्यवस्था गर्न कास्कीका ५ दलकाे माग

पोखरा, २८ जेठ । कास्कीका ५ राजनीतिक दलले जनताका लागि खोप व्यवस्था गर्न माग गरेका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारी गरी कास्कीमा ल्याइएको खोप अत्यन्त कम हुँदा यहाँका जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने खोपको व्यवस्था गर्न माग गरेका हुन् । कांग्रेस कास्कीका सभापति कृष्ण केसी, नेकपा (माओवादी केन्द्र) कास्कीका सचिव बखानसिंह गुरुङ, नेकपा (एमाले) कास्कीका अध्यक्ष धनराज आचार्य, जनता समाजवादी पार्टीका कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङ र राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकालद्वारा जारी विज्ञप्तिमा मुलुकमा कोरोना… पुरा पढौ

तमु समाज बेलायतकाे ११ लाख २५ हजार सहयोग

काठमाडौं, २८ जेठ । तमु समाज युकेले नेपालमा कोरोनापीडितका लागि हालै ११ लाख २५ हजार सहयोग गरेको छ । समाजले कोरोना महामारीमा स्वास्थ्य सामग्री सहयोग साथै उपचारमा सघाउँदै आएका महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख २५ हजार, सञ्चारकर्मी रवि लामिछानेको फाउण्डेशनलाई ३ लाख र लेखिका एवं जुम्लामा स्वास्थकर्मीका रूपमा काम गर्दै आउनुभएकी राधा पौडेलको फाउण्डेशनलाई ३ लाख सहयोग गरेको संस्थाका संस्थापक अध्यक्ष चित्र गुरुङले बताए । तमु समाज युकेले चन्दामार्फत रकम सङ्कलन गरेको हो । जसको प्रचार–प्रसार… पुरा पढौ

जीप दुर्घटनामा १ जनाको मृत्यु, १ घाइते

डोटी, २८ जेठ । डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सुप्रप००१००१च २६१५ नंको महेन्द्रा बोलोरो जीप आज बिहान करिब ४.४५ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ५० वर्षीय जीपचालक हुकुम शाहको मृत्यु भएको छ । यसैगरी बाजुरा जिल्ला बूढीगङ्गा नगरपालिका–८ बस्ने २६… पुरा पढौ

संसद् विघटनपछि सभामुखको सक्रियता : पूर्वप्रधानमन्त्रीसहित प्रमुख दलका नेतासँग छलफल गर्दै

काठमाडौं, २८ जेठ। संसद् विघटनपछि सभामुख अग्निप्रसाद सापकोटाको सक्रियता बढेको छ। उनले आज संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख र पूर्वप्रधानमन्त्रीसँग छलफल गर्ने भएका छन्। दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सभामुख सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख र पूर्वप्रधानमन्त्रीसँग छलफल गर्न लागेका हुन्। सभामुख सापकोटाले पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न लागेको उनका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए। प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि सभामुख सापकोटाले छलफललाई तिब्रता दिएका… पुरा पढौ

काठमाडौंमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौं, २८ जेठ । काठमाडौँ महानगरपालिकाले कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित गरेको छ। गत मंगलबारदेखि सुरु खोप कार्यक्रम स्थगित भएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाको शहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप खोप उपलब्ध गराउन नसक्ने बताएपछि कार्यक्रम स्थगित गर्नुपरेको बताए। महानगरपालिकाले तीन दिनमा २८ हजारलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाएको उनले जानकारी दिए। स्वास्थ्य मन्त्रालयले महानगरलाई ६५ हजार डोज खोप उपलब्ध गराउने भनेपनि २८ हजारमात्र उपलब्ध गराउँदा समस्या भएको उनको भनाइ छ। महानगरपालिकाले पाँच दिन खोप लगाउने भन्दै… पुरा पढौ

तीन दिनको मौसम पूर्वानुमान : धेरै ठाउँमा वर्षा हुने

काठमाडौं, २८ जेठ। अबको तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्। पूर्वी, पश्चिमी र स्थानीय वायु सक्रिय भएकाले अबको तीन दिन देशभरीकै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार एकदुई ठाउँमा भने ठूलो पानी पर्ने देखिएको छ। जसअनुसार शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, लुम्विनी र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी बर्षाको समेत सम्भावना छ।… पुरा पढौ

मनाङ्गेले दिए युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा

पोखरा, २७ जेठ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार रातिदेखि लागु हुने गरी पदबाट राजीनामा दिएको विज्ञप्तिमार्फत जनाएका हुन् ।विहीबार मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिँदा उनी अनुपस्थित थिए । उनले आफू अनुपस्थित हुनुपरेको कारण खुलाएका छन् ।मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको प्रष्ट पारेका छन् ।संसदबाट मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेपछि बिहीबारदेखि नै पदमुक्त भएका छन् ।गण्डकीमा अब संविधानको… पुरा पढौ

मुख्यमन्त्री गुरुङले गुमाए विश्वासको मत, ढल्यो प्रदेश सरकार

पोखरा, २७ जेठ । संसदको विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले स्वतः पदमुक्त भएका छन् । मुख्यमन्त्री गुरुङले बिहीबार प्रदेशसभासमक्ष राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावको पक्षमा २७ मत मात्रै परेकाले उनी पदमुक्त भएका हुन् । दोस्रो कार्यकालका लागि मुख्यमन्त्रीका रूपमा निरन्तरताका लागि उनलाई प्रदेशसभामा कायम कुल ६० सांसदको बहुमत अर्थात ३१ मत आवश्यक थियो । ५८ जना सांसद उपस्थित प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २७ मत प¥यो भने ३० जना सांसदले विपक्षमा मतदान गरेको… पुरा पढौ

“मैनाचरी जस्तो नबनौं, सत्य बोलौं” : मुख्यमन्त्री गुरुङ

पोखरा, २७ जेठ । हँसिलो मुहारका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ आज भने अलि भावुक बनेका थिए । तर आफ्नो कुरा, सरकारको कार्यदिशा र योजनाको फेहरिस्त बताउँदा भने स्पष्ट अडान र दृष्टिकोणकासाथ उपस्थित भएका थिए । विश्वासको मत लिदैं गर्दा उनले कर्याकालभरी सहयात्री पार्टीका साथीहरुसंग खण्डीत भएर जानुपर्ने स्थिति आउनु स्वभनिय नभएको बताए । उनले भने, तर अहिले सबै पार्टीहरु खण्डित भईरहेका छन्, कमजोर भईरहेका छन् र एउटाले अर्कोको विरोध गरिरहेको अवस्था छ । यतातिर कसैको ध्यान नै गएको छैन… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले संसदमा विश्वासको मत लिँदै (लाइभ)

पोखरा, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले संसदमा आज विश्वासको मत लिँदै छन्। विश्वासको मतका लागि प्रस्तुत गरेको प्रस्तावमाथि दलका नेताले छलफलमा भाग लिएपछि पुनः बैठक सुरु भएको छ। गण्डकीमा कुल ६० सांसद छन् । उनले विश्वासको मत पाउन ३१ सदस्यको समर्थन आवश्यक पर्छ। हेर्नुहोस् लाइभ । https://www.youtube.com/watch?v=08oG0SKXYLQ पुरा पढौ