समाचार

तास खेलिरहेका ६ जना डेढ लाख रुपैयाँसहित पक्राउ

दाङ, २३ जेठ । दाङमा तास खेलिरहेका ६ जनालाई प्रहरीले झण्डै डेढ लाख रुपैयाँसहित पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १५ को एक होटलमा तास खेलिरहेका ६ जनालाई प्रहरीले एक लाख ३९ हजार रुपैयाँसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय घोराहीबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रक्राउ परेकाहरु बारे अनुन्धान थालिएको प्रहरीको भनाइ छ। पुरा पढौ

आइतबारको विनिमय दर, कुनको कति ?

काठमाडौं, २३ जेठ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी विनिमय दर तोकेको छ । आइतबार अमेरिकी डलर १ को खरिद दर ११६ रुपैयाँ ५० पैसा र बिक्री दर ११७ रुपैयाँ १० पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै यूरोपियन यूरो १ को खरिद दर १४१ रुपैयाँ १७ पैसा र बिक्री दर १४१ रुपैयाँ ९० पैसा, यूके पाउण्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ५९ पैसा र बिक्री दर १६५ रुपैयाँ ४४ पैसा तोकेको छ। यसैगरी बहराइन… पुरा पढौ

४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौंमा

काठमाडौं, २३ जेठ । गैरआवासीय नेपाली संघले शुरु गरेको नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौँमा आइपुगेको छ । विभिन्न राष्ट्रिय समन्वय परिषद्का समन्वयमा बेलायतबाट १ सय ५०, अष्ट्रेलियाबाट १ सय, क्यानडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट सात र अन्य संस्थाबाट ३६ अक्सिजन कन्सन्ट्रेटर खरीदका लागि आर्थिक सहायता प्राप्त भएको थियो । चीनस्थित नेपाली दूतावास र एनआरएनए राष्ट्रिय समन्वय परिषद् चीनले खरीद प्रक्रियामा सहयोग गरेको… पुरा पढौ

आइतबार थोरै ठाउँमा हल्का वर्षाको संभावना : मंगलबारसम्मको मौसम कस्तो ?

काठमाडौं, २३ जेठ । आइतबार पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन्। पश्चिमीसँगै स्थानीय वायुको प्रभावले आइतबार पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूको मौसम सामान्यतया सफा रहनेछ। आइतबार राति प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ भने पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। अन्य स्थानमा सामान्यतया… पुरा पढौ

गोरखनाथ मन्दिरमा सवा लाख रोट अर्पण

गोरखा, २३ जेठ । गोरखनाथ मन्दिरमा गुरु गोरखनाथलाई सवा लाख रोट अर्पण गरिएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रुपमा लिइने रोट चढाउने परम्परालाई निरन्तरता दिँदै निषेधाज्ञाका बीच स्वास्थ्य मापदण्डको पालना गरी गोरखनाथलाई रोट चढाइएको हो । मन्दिरमा दैनिक रोट चढाउने प्रचलन रहेपनि गएको १८ बर्षदेखि यसलाई महोत्सवकै रुपमा समेत अगाडि बढाइँदै आएको आयोजक सिद्धाश्रम शक्तिकेन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले जानकारी दिए । गोरखनाथ पृथ्वीमा पहिलो पटक गोरखाको पवित्रस्थल गोरखगुफामा प्रकट भएको धार्मिक मान्यता छ ।… पुरा पढौ

तीव्र विरोधपछि उपप्रधानमन्त्री महतोले संविधान विरोधी आफ्नो अभिव्यक्ति सच्याए

काठमाडौं, २३ जेठ । उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले विवादास्पद आफ्नो अभिव्यक्ति सच्याएका छन् । संविधान अनुसार पद तथा गोपनियताको शपथ लिएलगत्तै संविधानको धारा ३ विपरित बहुल राष्ट्रिय पक्षमा आफुहरु रहेको बताएका महतोले यसको चर्को आलोचना भएपछि विज्ञप्ति निकालेर अभिव्यक्ति सच्याएका हुन् । ‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकता प्रति पूर्ण प्रतिबद्ध रहेको छु’, उनले विज्ञप्तिमा भनेका छन्, ‘यस बारेमा कसैलाई अन्यथा भ्रम नपरोस भन्ने प्रष्ट पार्न चाहन्छु ।’ उनले संविधानको धारा ३ मा उल्लेख भएअनुसार आफ्नो… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं, २३ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले शनिबार रातिदेखि लागु हुनेगरी डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बढाएको हो। निगमका प्रवक्ता विनितमणि उपध्यायका अनुसार अब पेट्रोल प्रतिलिटर १२५ पुगेको छ भने डिजेल र मट्टीटेल १०८ रुपैयाँ पुगेको छ। यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ। यसअघि पेट्रोल १२३, डिजेल, मट्टीतेल १०६ र हवाई इन्धनको अन्तरिक तपर्फको मूल्य प्रतिलिटर ७८ रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको… पुरा पढौ

विपक्षी गठबन्धनद्वारा ढुंगा, बालुवा र गिटी निकासी गर्ने नीति फिर्ता गर्न माग

काठमाडौं, २३ जेठ । विपक्षी दलको गठबन्धनले नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत व्यापार घाटा कम गर्ने भनी खानीजन्य ढुंगा, बालुवा र गिटीको निकासी गर्न दिने नीति ल्याइएको जनाई त्यसलाई फिर्ता गर्न माग गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गरी सो माग गरे । उनीहरूले उक्त नीतिले नेपालको तराई क्षेत्रलाई मरुभूमीकरण… पुरा पढौ

गुर्जो लगायतका जडिबुटी मात्रा मिलाएर सेवन गराैं : आयुर्वेद चिकित्सक

काठमाडौं, २३ जेठ । गुर्जो, असुरो, वन हलेदो, सिमली, पारिजात, लसुन, प्याज, चिराइतो, पाँचऔले, निरमसी जस्ता जडिबुटीले शरीरमा भएको विषादी हटाउन मद्दत गर्ने भएकाले यसलाइ मात्रा मिलाएर सेवन गर्न आयुर्वेद चिकित्सकले जोड दिएका छन। गुर्जो र बेसारजस्ता जडिबुटीकै विषयमा ५०० भन्दा बढी अनुसन्धान गरी मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने प्रमाणित भएको ब्राह्मण समाज नेपालले जुम प्रविधिबाट आयोजना गरेको महामारी र आयुर्वेद विषयक प्रवचन कार्यक्रममा आयुर्वेद चिकित्सक डा ऋषिराम कोइरालाले बताएका हुन । भारतमा कोरोनाबाट बच्न जडिबुटीको औषधी… पुरा पढौ

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जवानको मृत्यु

धनुषा, २२ जेठ । पोर्ताहामा बिग्रेर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक नेपाली सेनाका जवानको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहा सडकखण्डमा बिग्रेर रोकिराखेको ना४त १६८२ नंको ट्र्याक्टरमा पूर्व दिशाबाट आएको रा६प २८६३ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार भीमदल गण सप्तरीमा कार्यरत नेपाली सेनाका जवान २४ वर्षीय नरेन्द्र गिरीको मृत्यु भएको बताइएको छ । मोटरसाइकलमा पछाडि सवार तनहुँ घर भई शेरगञ्ज गण सिरहामा कार्यरत २५ वर्षीय जीवन तामाङ सामान्य घाइते भएको… पुरा पढौ