समाचार

कास्कीमा थप १० दिन थपियो निषेधाज्ञा, जेठ ३१ सम्म कायम

पोखरा, २० जेठ । कास्कीमा एकै पटक १० दिन निषेधाज्ञा अवधि थप भएको छ । प्रजिअ थानेश्वर गौतमल जेठ ३१ गते राति १२ बजेसम्मका लागि बिहीबार निषेधाज्ञा आदेश जारी गरेका हुन् । जिल्लामा कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि पहिलो पटक वैशाख १५ मा निषेधाज्ञा जारी गरिएको थियो । यस्तो छ आदेशः पुरा पढौ

रुपन्देहीमा निषेधाज्ञा थपियो, जेठ ३१ सम्म कायम

रुपन्देही, २० जेठ । रुपन्देहीमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ । जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्र (डीसीएमसी) को सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । प्रशासनले निषेधाज्ञा अवधिमा भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरेको छ । सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ मल,… पुरा पढौ

कोरोनाले लग्याे एकै घरका २ छोरा र आमा

उदयपुर, २० जेठ । कोरोना सङ्क्रमणका कारण रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छोराको मृत्यु भएको थियो । बिहीबार बिहान होमआइसोलेशनमा नै उपचार गराउँदै गरेकी ६५ वर्षीया आमाको पनि मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कान्छा छोरा भने कोरोना उपचारपछि तीन दिनअघि बाँचेर… पुरा पढौ

जनमोर्चाले सांसद कृष्ण थापालाई सांसदबाट हटायो

पोखरा, २० जेठ । राष्ट्रिय जनमोर्चाले आफ्ना गण्डकी प्रदेश सांसद कृष्ण थापालाई पार्टी ह्वीपविपरीत गएको भन्दै सांसद पदबाटै हटाएको छ । पार्टीको केन्द्रीय निर्णयबमोजिम सोको पत्र प्रदेशसभा सचिवालयमा बिहीबार पेस भएकोमा सभामुखले समेत संसद बैठकमा पढेर सुनाइसकेका छन्। यसैबीच, सांसद पद गएपछि राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले यो घटनाको इतिहासले अवश्य मूल्यांकन गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बागलुङ १ (ख) का सम्पूर्ण जनताको अभिमतविपरीत आफू जान नसकेको र उनीहरुको अभिमतलाई हार्दिक अभिवादन गरेका छन् । उनले पार्टीको… पुरा पढौ

चुरे संरक्षणमा संवेदनशील छौं : वातावरण मन्त्रालय

काठमाडौं, २० जेठ । वन तथा वातावरण मन्त्रालयले चुरे संरक्षणमा संवेदनशील रहेको स्पष्ट पारेको छ। व्यापार घाटा कम गर्न भन्दै चुरे दोहनको कार्यक्रम बजेटमार्फत ल्याएकोमा चौतर्फी विरोध हुन थालेपछि वातावरण मन्त्रालयले विज्ञप्ती निकालेर चुरे संरक्षणमा संवेदनशील रहेको स्पष्ट पारेको हो। आर्थिक वर्ष २०७८र७९ को बजेटको ११९ बुँदामा ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ। निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोप-वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुल छुट दिने… पुरा पढौ

हस्तकलामा सरकारले लिएको नीति सकारात्मक-महासंघ

काठमाडौं, २० जेठ । नेपाल हस्तकला महासंघले नेपालको हस्तकला क्षेत्रको विकास र विस्तारका लागि सरकारले लिएको नीति सकारात्मक रहेको बताएको छ । महासङ्घले आर्थिक वर्ष २०७८, ०७९ को बजेटको समीक्षा गर्दै कोभिड–१९ का कारण थलिएको नेपाली हस्तकला उद्योगको विकास र विस्तारमा सरकारले खेलेको भूमिका सकारात्मक भएको बताएको हो । महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोभिड–१९ बाट थलिएको हस्तकला उद्योग व्यवसायको पुनरुत्थानको निमित्त निकासी अभिवृद्धिको पञ्चवर्षीय लक्ष्यसहित महासंघले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको अवस्थामा सोहीअनुसार बजेट विनियोजन हुनु सराहनीय र स्वागतयोग्य भएको उल्लेख… पुरा पढौ

गाउँ नै सङ्क्रमणले प्रभावित भएपछि जुम्लाको रावतबाडा सिल

जुम्ला, २० जेठ । जुम्लाको तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना सङ्क्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही जेठ १९ गतेदेखि जेठ २८ गतेसम्म सो गाउँ एक साताको लागि सिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उनका अनुसार बाहिरबाट आएको कुनै पनि व्यक्ति गाउँमा प्रवेश पाउने छैन । रावतबाडा र खड्काबाडाबीच आवतजावत पनि बन्द गरिएको छ । यी दुबै… पुरा पढौ

माधव-नेपाल समूहकाे बैठकमा सहभागी नहुनू: एमाले

काठमाडौं, २० जेठ । नेकपा (एमाले) ले पार्टीका माधवकुमार नेपाल–झलनाथ खनाल समूह पक्षले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन दिएको छ । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरी पार्टी अध्यक्षको परामर्शमा महासचिवले मात्र बैठक बस्ने भएकोले पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी हुन निर्देशन दिएका हुन्। नेपाल–खनालसमूह पक्षले बिहिबार आफू निकट केन्द्रीय कमिटी बैठक बोलाएको छ । “अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने एमालेको वैधानिक व्यवस्था विपरीत पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको… पुरा पढौ

बिहीबार देशका थोरै ठाउँमा हल्का वर्षाको संभावना

काठमाडौं, २० जेठ । बिहीबार देशका थोरै ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावले बिहीबार देशका थोरै ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै प्रभावले लुम्बिनी प्रदेशका थोरै भू-भागका साथै देशका पहाडी भू-भागमा आंशिक रहेको छ। बाँकी भू-भागमा सामान्यतया सफा छ। बिहीबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा पानी पर्ने संभावना… पुरा पढौ

यी हुन हड्ताल निषेध गरिएका २५ वस्तु तथा क्षेत्र

काठमाडौं, २० जेठ । सरकारले विभिन्न २५ वटा वस्तु तथा क्षेत्रलाई बन्द, हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्रका रुपमा राखेकोे छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै उक्त क्षेत्रको नाम सार्वजनिक गरेको हो । राजपत्रको सूचनामा समावेश गरिएका उक्त अत्यावश्यक क्षेत्रका सेवामा समावेश भएका कुनै पनि सेवामा हड्ताल गर्न निषेध गरिएको छ । हड्ताल भएको अवस्थामा कारबाही हुनेछ । राजपत्रमा सूचना प्रकाशन भएका २५ वटा सेवालाई सरकारले अत्यावश्यक सेवा सञ्चार ऐन, २०१४ को दफा ३ को उपदफा (१) को अधिकार… पुरा पढौ