समाचार

आगलागीमा किरियापुत्री दम्पतीको मृत्यु

संखुवासभा, २१ जेठ । सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दम्पतीको मृत्यु भएको छ । गए राति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिए। ७ दिनअघि बितेएका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि बसेका दम्पतीको गएराति आफ्नै घरमा आगलागीमा परेर मृत्यु भएको हो । आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि ओखरबोटे बजार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र उनकी… पुरा पढौ

२४ घण्टाभित्र तीनको मृत्यु

दमक,२१ जेठ । पछिल्लो २४ घण्टाभित्रैमा यहाँ तीन सङ्क्रमितको ज्यान गएको छ । गत २४ घण्टामा यहाँस्थित लाइफलाइन अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु भएको हो । अस्पातलका कोभिड फोकल पर्सन डम्बर मोतेका अनुसार आज बिहान साढे ४ः०० बजे मोरङको उर्लाबारी–१ का ५२ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए । यसअघि बिहीबार दिउँसो साढे ४ः०० बजे पथरीशनिश्चरे–१० का ७० वर्षीय पुरुष र बिहान साढे ८ः०० बजे दमक–८ की ७० वर्षीया एक वृद्धाको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो । सो अस्पतालमा… पुरा पढौ

संक्रमितलाई भत्ता र मृतकका परिवारलाई आर्थिक सहयोग

ताप्लेजुङ, २१ जेठ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कोभिड—१९ सङ्क्रमित प्रत्येक व्यक्ति ३ हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने भएको छ । यस्तै गाउँपालिकाले कोभिड सङ्क्रमणबाट मृत्यु हुने परिवारलाई २५ हजार उपलब्ध गराउने भएको छ । कोभिड—१९ सङ्क्रमित भएर लामो समयसम्म आइसोलेसनमा बस्ता आर्थिक समस्या आउने भएकाले सो रकम प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी दुम्वापोले बताइन् । उनले भनिन्,“कोभिड—१९ सङ्क्रमितलाई पौष्टिक आहार फलफूल, चना, अण्डा उपलब्ध गराउने निर्णय गरेका थियौँ । कसैको घरमा गुजारा चलाउनै समस्या भएको… पुरा पढौ

कोभिड सङ्क्रमितलाई भत्ता र मृतकका परिवारलाई आर्थिक सहयोग

फुङ्लिङ, २१ जेठ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कोभिड-१९ सङ्क्रमित प्रत्येक व्यक्ति तीन हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने भएको छ । यस्तै गाउँपालिकाले कोभिड सङ्क्रमणबाट मृत्यु हुने परिवारलाई रु २५ हजार उपलब्ध गराउने भएको छ । कोभिड-१९ सङ्क्रमित भएर लामो समयसम्म आइसोलेसनमा बस्ता आर्थिक समस्या आउने भएकाले सो रकम प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी दुम्वापोले बताए । उनले भने,“कोभिड-१९ सङ्क्रमितलाई पौष्टिक आहार फलफूल, चना, अण्डा उपलब्ध गराउने निर्णय गरेका थियौं। कसैको घरमा गुजारा चलाउनै समस्या भएको… पुरा पढौ

उपचारका क्रममा पाँच कोरोना सङ्क्रमितको मृत्यु

पर्सा, २१ जेठ । बितेका २४ घण्टाभित्र वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका पाँच कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या तथा कडा निमोनियाबाट ग्रसित रहेका चार पुरुष र एक महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका निवासी दुई र रौतहट निवासी तीन कोरोना सङ्क्रमित रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिए । उनले वीरगञ्ज–१६ नगवा निवासी ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो १२ः२० बजे र वीरगञ्ज–१७ अलों निवासी ८० वर्षीय पुरुषको… पुरा पढौ

ओलीले झुक्याएको भन्दै चार नेताले नेपाल-खनाललाई लेखे १० बुँदे पत्र

काठमाडौं, २१ जेठ । नेकपा एमालेका चार नेताले वरिष्ठ नेता माधवकुमार नेपाल र झालनाथ खनाललाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पटक पटक झुक्क्याएको भन्दै पत्र लेखेका छन् । नेताहरू जगन्नाथ खतिवडा, विजय पौडेल, राजेन्द्र राई र प्रकाश ज्वालाले संयुक्त रूपमा ध्यानाकर्षण पत्र लेखेका हुन् । पत्रमा अध्यक्ष ओली एक्लौटी ढंगले अघि बढेको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्षको एक्लौटी शैलीविरुद्ध एक हुनुपर्नेमा उनीहरुको जोड छ। वरिष्ठ नेता क.झलनाथ खनाल,वरिष्ठ नेता क.माधव नेपालतथा स्थायी कमिटीका सदस्य कमरेडहरू, विषय… पुरा पढौ

उपत्यकामा जारी निषेधाज्ञा शुक्रबारदेखि केही खुकुलो : के खुल्छन्, के खुल्दैनन् ?

काठमाडौं, २१ जेठ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा शुक्रबारदेखि केही खुकुलो बनाइएको छ। जेठ १४ देखि एक हप्ता खाद्यान्न पसलसमेत खोल्न रोक लगाइएकोमा आजदेखि केही खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। आजदेखि औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको लागि मात्रै बाहिर निस्कन पाइनेछ। डिपार्टमेन्टल स्टोर पनि बिहानको समयमा खुल्ने छन्। बाहिर निस्कँदा पनि कम्तिमा दुई मिटरको दुरी कायम गर्नुपर्नेछ। यस्तै अनिवार्य मास्क लगाउने र पटक पटक साबुन पानीले हात धुने गर्नुपर्छ। काठमाडौंमा बैंक तथा… पुरा पढौ

निषेधाज्ञा अवधिभर ग्यास र खाद्यान्नमा छुट, कहाँ पाइन्छ ?

काठमाडौं, २१ जेठ । सरकारले निषेधाज्ञा अवधिभर खाना पकाउने ग्यास र खाद्यान्नमा छुट दिने भएको छ । साल्ट ट्रेडिङ् र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने ग्यास तथा खाद्यान्नमा २० प्रतिशत छुट दिने सरकारले घोषणा गरेको हो । साल्ट ट्रेडिङले पिठो, चिनी, नुन, भटमासको तेल र खाना पकाउने ग्यासमा छुट दिन लागेको हो । यस्तै खाद्य व्यवस्थाले विभिन्न प्रकारको चामलमा २० प्रतिशत छुट दिने छ । आर्थिक वर्ष २०७८ ७९ को आय व्ययको बजेट वक्तव्यको राहत सहुलियत र आर्थिक… पुरा पढौ

६,८२५ थपिए, झण्डै ६ हजार सङ्क्रमित डिस्चार्ज

काठमाडौं, २० जेठ । पछिल्लो २४ घण्टामा छ हजार ८२५ जनामा कोरोना सङ्क्रमण भएको छ । देशभर कूल २१ हजार ७७३ नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये पिसिरआर विधिबाट १८ हजार ५६२ र एन्टिजेन विधिबाट तीन हजार २११ परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पाँच हजार ९०४ जना निको भएका छन् । नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेको समेत गरी कूल ७५ जनाको दुःखद् निधन भएको मन्त्रालयले जनाएको छ । योसहित कूल मृत्यु हुनेको सङ्ख्यामा… पुरा पढौ

हवाई इन्धनको मूल्य घटाउन मन्त्री ढकालको निर्देशन

काठमाडौं, २० जेठ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका छन् । मन्त्री ढकालले आज मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललगायतसँग छलफल गरेर मूल्य घटाउन निर्देशन दिएका हुन् । अन्तर्राष्ट्रिय विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाउन विभिन्न संस्थाहरूले माग पनि गर्दै आएका… पुरा पढौ