समाचार

कालोबजारी गर्ने ३७ जना पक्राउ

काठमाडौं, १९ जेठ । अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सोमिटर, मास्क, पञ्जा, रेम्डिसिभिर लगायतका स्वास्थ्य सामग्रीका साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने ३७ जनालाई प्रहरीले पक्राउ गरी कारवाही गरेको छ। पछिल्लो एक महिनामा उनीहरुलाई विभिन्न जिल्लाबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमणको समयमा त्यसको फाइदा उठाउँदै उनीहरुले कालोबजारी गरेकाले कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान मुद्धा चलाइएको प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। पक्राउ परेका मध्ये १२ अक्सोमिटर, ८ पिसिआर परीक्षणको… पुरा पढौ

प्रदेश आर्थिक कार्यविधि दोस्रो संशोधन, २०७८ अध्यादेश जारी

मोरङ, १९ जेठ । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश आर्थिक कार्यविधि (दोस्रो संशोधन) ,२०७८ अध्यादेश जारी गरेका छन् । नेपालको संविधान धारा २०२ को उपधारा ( १) बमोजिम प्रदेश मन्त्रिपरिषद्का सिफारिसमा अध्यादेश जारी गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी विमल पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। पुरा पढौ

नीति कार्यक्रम पारितमा एक ढिक्का: एमाले संसदीय दल

बुटवल, १९ जेठ । लुम्बिनी प्रदेशसभा नेकपा (एमाले) संसदीय दलले सरकारको नीति तथा कार्यक्रम एक ढिक्का भएर पारित गराउने निर्णय गरेको छ। प्रदेशसभाको बुधबारदेखि शुरु भएको आठौंँ अधिवेशनअघि दलको धारणा तय गर्न बसेको संसदीय दलको बैठकले विपक्षीको सामना गर्दै बजेट पारित गराउने निर्णय गरेको प्रमुख सचेतक भूमीश्वर ढकालले बताए । बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्य सतर्कता अपनाएर प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका थिए । बैठकमा सरकारविरुद्ध हुने असंवैधानिक क्रियाकलापविरुद्ध सबै सदस्य एकसाथ उभिन एकमत भएको प्रमुख सचेतक ढकालले… पुरा पढौ

कोभिड-१९ युनिफाइड अस्पताल (वीर अस्पताल) सञ्चालनमा

काठमाडौं, १९ जेठ । सरकारले–युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) सञ्चालनमा ल्याएको छ । अस्पतालमा अक्सिजन जडान गरी बिरामीको उपचार शुरु गरिएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले मङ्गलबारदेखि अस्पताल सञ्चालन गरिएको बताए । उनका अनुसार अहिले अस्पतालमा ५० जना सङ्क्रमितलाई भर्ना गरी उपचार गर्न थालिएको छ । “हामीले अहिले पूर्ण रुपमा सबै शय्यामा बिरामी राखेर उपचार गरेका छैनौ”, उनले भने, “पर्याप्त मात्रामा अक्सिजन जडान गरी अस्पताललाई पूर्ण रुपमा सञ्चालन गर्ने छौ ।” अस्पतालले केही दिनमा सय शय्या… पुरा पढौ

लक्जेमवर्गका लागि गैह्रआवासीय राजदूतमा राजभण्डारी नियुक्त

काठमाडौं, १९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि आवासीय नेपाली राजदूत गेहेन्द्र राजभण्डारीलाई लक्जेमवर्गका लागि समेत गैह्रआवासीय राजदूतमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उक्त नियुक्ति गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टरलाईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । पुरा पढौ

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ २१ गते

सुदूरपश्चिम, १९ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २१ गतेदेखि आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २१ गते अपराह्न ३ बजे बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको बैठकपछि आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिए । कोरोना भाइरस सङ्क्रमणको जोखिम सँगसँगै सत्तापक्षीय दलमा उत्पन्न आन्तरिक किचलोका कारण बजेट अधिवेशन ढिलो गरी शुरु हुन लागेको हो । सत्तापक्षीय दलमा उत्पन्न आन्तरिक विवादकै बीच… पुरा पढौ

लक्ष्मीलाई जलाउन खोज्नेलाई कारबाहीको माग, उपचारका लागि प्रदेश सरकारले रु दुई लाख दिने

काठमाडौ, १९ जेठ । डोटीको आदर्श गाउँपालिका–४ मा मट्टीतेल खन्याएर आगो लगाइँदा घाइते भएकी लक्ष्मी भाटको स्वास्थ्यस्थिति र दोषीलाई कारबाहीबारे राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले चासो दिएकी छन् । अध्यक्ष पराजुलीले आज भाट उपचारत कीर्र्तिपुरस्थित वर्न अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइन । गत साता रोडिङ्गे गाउँस्थित घरमै भएको घटनामा घाइते २८ वर्षीया भाट र उनकी छोेरीको हाल उपचार भइरहेको छ । उनलाई वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा मङ्गलबार हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको हो । आयोगका अध्यक्ष पराुजलीसँगको… पुरा पढौ

चीनकाे अज एस्किलपियसले दिएकाे १०० थान हाइड्रोजन अक्सिजन जेनेरेटर नेपाल भित्रियो

काठमाडाैं, १९ जेठ । चिनको शंघाइमा रहेको प्रशिद्ध स्वास्थ्य कम्पनी अज एस्किलपियसले उपलब्ध गराएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर चिनियाँ कम्युनिष्ट पार्टीमार्फत नेपाल भित्रिएको छ ।  कोरोना महामारीको नियन्त्रणका लागि चिनियाँ कम्युनिष्ट पार्टीको आग्रहमा अज एस्किलपियस कम्पनीले उल्लेखित अत्याधुनिक प्रविधिका उपकरणहरु नेपाल पठाएको हो । कम्पनीका प्रमुख लिन हसिन्याङ्गले सिपिसी मार्फत सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर नेपाल पठाइ सकिएको जनाएका छन् । गत जेठ १२ गते (मे २६) का दिन चिनियाँ कम्युनिष्ट पाटीले आयोजना गरेको नेपालका सबै राजनीतिक पार्टीका मुख्य नेता… पुरा पढौ

सिजी ब्रुअरीमा लागेकाे आगाे ५ घण्टापछि नियन्त्रण

नवलपरासी, १९ जेठ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकास्थित चौधरी उद्योग परिसरमा लागेका आगो नियन्त्रणमा आएको छ । मंगलबार बिहान उद्योग परिसरभित्रको सिजी ब्रुअरीमा लागेको आगो करीब ५ घण्टामा पूर्णरुपमा नियन्त्रणमा आएको हो । नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । सिजी ब्रुअरीकाे गोदाम घरमा लागेको आगो नियन्त्रका लागि गोदाम घरका भित्तासमेत भत्काइएको थियो । आगो नियन्त्रणमा लिन र… पुरा पढौ

आफूमाथि नैतिकताको प्रश्न उठाएपछि रेकर्डबाटै भनाइ हटाउन सभामुखको आदेश

पोखरा, १९ जेठ । गण्डकी प्रदेश सभाका सदस्य मनबहादुर गुरुङले आफूमाथि नैतिकताको प्रश्न उठाएको भन्दै सभामुख नेत्रनाथ अधिकारीले उनको भनाइ रेडर्कबाटै हटाउन आदेश दिएका छन् । गण्डकी प्रदेशसभाको बुधबारको बैठकमा सांसद गुरुङले गत १५ वैशाखमा मुख्यमन्त्री विरुद्ध मतविभाजन हुने दिन आकस्मिक रुपमा कसले बैठक स्थगित गरेको थियो ? भनी प्रश्न गरेका थिए । उनको सो भनाइपछि सभामुख अधिकारी तुरुन्त उनको भनाइ हटाउन कर्मचारीलाई आदेश दिएका हुन् । नेपाली काँग्रेससहितका दलहरुले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याएकोमा १५ वैशाखमा मत विभाजन हुने… पुरा पढौ